धरानका मेयर रित्तो गाग्री सहित भानुचौकमा

  • माघ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट चुनाव जितेका हर्कराज राई धरानमा खानेपानी समस्या हुन थालेपछि प्रदेश र संघीय सरकारले धरानको खानेपानी समस्या समाधानमा यथेष्ट बजेट नदिएको भन्दै भानुचौकमा एक्लै रित्तो गाग्री बोकेर प्रदर्शनमा उत्रिए ।

खानेपानी समस्या हुन थालेपछि सर्वसाधारणको गुनासोलाई डाइभर्ट गर्न उनले केही न केही तिक्डम निकाल्ने गरेका छन् ।

दीर्घकालीन समस्या समाधान गर्न नसकी जनश्रमदानको नाममा अल्पकालीन समस्या समाधानमा अल्झिएर समय व्यथित गर्दै आएका मेयर राईले सर्वसाधारणको ध्यान डाइभर्ट गर्नकै लागि यस्ता तिक्डम गर्ने गरेका छन् ।

धरानको भानुचौकमा रित्तो गाग्री प्रदर्शन गर्दै उनले स्वतन्त्र मेयर भएकै कारण प्रदेश र संघीय सरकारले धरानको खानेपानीको समस्या समाधानमा सहयोग नगरेको आरोप लगाए । उनले धरानमा बर्षौदेखि धरानमा खानेपानी समस्या हुदा आफूले अल्पकालीन समस्या समाधान गरे पनि भावी पुस्ताका लागि दीर्घकालीन समस्या समाधानमा सरकारलाई झक्झकाउनकै लागि विरोध स्वरुप रित्तो गाग्री प्रदर्शन गरेको बताए ।

साम्पाङ २०७९ वैशाख ३० मा भएको चुनाव जितेर नगर प्रमुख भएका हुन । नगरप्रमुख भएको दुई बर्षमै चारैतिर विवादमा ताँनिदै आएका छन् । उनले श्रमदानबाट ल्याएको भनिएको कोकाको पानी समेत डिपिआर विना प्लाष्टिकको पाइपबाट ल्याएका थिए ।

जनश्रमदान भनिए पनि ७ करोड खर्च लागेको जनाइएको सो खानेपानी योजना खासै प्रभावकारी बन्न नसकेको धरान १७ का स्थानीयहरुले बताउददै आएका छन् ।

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved