राजनीति

    Showing 1,731-1,740 of 1,922 items.
  • एमाले धरानको नगर कमिटी विस्तार

    धरान÷नेकपा एमाले धरान उपमहानगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले नगर कमिटी तथा सचिवालय विस्तार गरेको छ । धरान–१ स्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नगर कमिटीमा १ सय ९९ सदस्य थप गरेको छ । त्यस्तै बैठकले नगर सचिवालयलाई ५९ सदस्यीय बनाएको छ । बैठकले चैत्र १४ गते नगर कमिटीको विस्तारित बैठक गर्ने भएको छ । एमाले नगर कमिटीका सचिब राजमणि निरौलाका अनुसार पार्टीलाई एकिकृत गरि क्रियासिल बनाउन वडा भेला लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय सचिबालय बैठकले गरेको छ । सर्बोच्च अदालतको फैसलापछि पार्टी भित्र देखिएका अन्योलता र समस्याहरु हटाउने तथा कार्यकर्ताहरुलाई गुटगत कार्य तथा गत

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 1,248 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

    मोरङ/  सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फर्किएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।उनले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने पनि बताएका छन् । सभामुख सहित तत्कालिन एमालेबाट प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादीसँग एकता भएपछि नेकपासँग ६७ सदस्य रहेको थियो । ति मध्ये ३७ सदस्यले गत पुस १२ गते मुख्यमन्त्

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 933 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकार ढाल्ने र बचाउने खेल : सूचना टाँसेर बारम्बार बैठक स्थगन

    विराटनगर / सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश नं १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ । विधेयक अधिवेशन भएपनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भएपनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नभएको बताउँदै भनिन्, “यो विधेयक अधिवेशन हो, तर सरकारद्वारा कृषि अनुदान सम्बन्धी जम्मा एउटा विधेयकमात्र दर्ता भएको छ ।” प्रतिनिधिसभा विघटनसंगै प्रदेशसभामा समेत सरकार गिराउने र बचाउने खेल शुरु भएसंगै प्रदे

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 834 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेशसभा बैठक फेरि अनिश्चित : अब के हुन्छ मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव ?

    विराटनगर/ प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना टाँस गरेर स्थगित गरेको हो । मुख्यमन्त्री शेरधन राईविरुद्ध सदनमा अविश्वास प्रस्ताव पेस भएको छ तर यस विषयमा छलफल हुने कि नहुने भन्ने प्रक्रियागत अन्योलबीच प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले सूचना टाँस गरी बैठक स्थगित गरिदिएका छन् । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले अर्को बैठक कहिले बस्ने भन्ने टुङ्गो नभएको जानकारी दिइन । भनिन्, ‘फेरि छलफल भई अर्को बैठकको मिति तोकिनेछ ।’ प्रमुख विपक्षी काङ्ग्रेसले सरकार संसद्प्रति गैरजिम्मेव

    • प्रकाशित मितिः चैत २, २०७७
    • 808 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

    धरान / सर्वाेच्चले संसद पुनस्थापना गरेपछि बुधबार बसेको प्रतिनिधिसभा को दोस्रो बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबार दिउँसो १ः३० बजे बसेको बैठक निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ३ गते बस्ने गरि स्थगित भएको हो ।

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 1,371 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चको फैसलाको प्रभाव : पार्टी कार्यालयमा एमालेको बोर्ड राख्ने लहर

    धरान/  सर्वोच्च अदालतको आइतबारको फैसलाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेर एकीकरणअगिको नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) लाई नै ब्युँताइदिएपछि राजनीतिले फरक मोड लिएको छ । यो फैसलाले पूर्वएमालेका ओलीपक्षीय नेता–कार्यकर्ता उत्साहित देखिएका छन् । उनीहरूले देशका विभिन्न स्थानमा पार्टी कार्यालयबाट पुरानो बोर्ड हटाउँदै एमालेको बोर्ड राख्न थालेका छन् । विराटनगरमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको विराटनगर समाचारदाताले जनाएका छन् । एमालेको साबिक जिल्ला पार्टी कार्याल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 919 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा हटाएर विराटनगरमा पार्टीको कार्यालयमा एमालेको बोर्ड टांगियो

    विराटनगर । विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नामबाट पार्टीको गतिविधि शुरु गरिएको छ । एक कार्यक्रमबीच सोमबार एमालेको साबिक जिल्ला पार्टी कार्यालय पांचाली विराटनगरमा अवस्थित भवनमा संघीय मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा नेकपा एमालेको बोर्ड टांगिएको हो । ढकालले त्यस अवसरमा कार्यकर्तालाई अभिवादन गरेका थिए । उनले यो ऐतिहासिक अवसर भएको बताए । भने,“सर्वोच्चको निर्णय स्वागतयोग्य छ । अब पार्टी अझ गतिशील भएर अघि बढ्नु पर्छ ।” एमाले र माओवादीको एकीकरण भएपछि मदन स्मृति भवनमा पार्टीको कार्यालय संचालनमा आएको थियो । तर, सोमबार मध्यान्नदेखि भने नेकपा एमालेको बोर्ड टांगिएको छ ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 1,342 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सर्वोच्चद्वारा ओली–प्रचण्डको नेकपा बदर

    सुनसरी– सर्वोच्च अदालतद्वारा केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अधिकारिकता बदर गरेको छ । न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा बदर भएको हो ।नेकपा आफ्नो पार्टीको नाम भएकाले अर्को पार्टीलाई यो नाम दिन नपाइने भन्दै ऋषि कट्टेलले दायर गरेको रिट झण्डै २ वर्षदेखि विचाराधीन रहेको थियो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै निर्वाचन आयोगमा समेत निवेदन दिएका थिए । तर, निर्वाचन आयो

    • प्रकाशित मितिः फागुन २३, २०७७
    • 1,076 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्रमा युवा सङ्घको वडा कमिटी विस्तार

    वराहक्षेत्र/  नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ । चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । नगर संयोजक भण्डारीको अध्यक्ष

    • प्रकाशित मितिः फागुन २२, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठक छल्दै, सरकारको आयु लम्ब्याउँदै

    विराटनगर । नेकपामा उत्पन्न विवादसंगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस भए पछि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनितिमा रहेको छ । प्रदेशसभा बैठक डाकिएको डेड महिना बितिसक्दा पनि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनीति अख्तियार गरेपछि प्रदेशसभा समेत बन्धक बन्न पुगेको छ । सरकार अनुकूल हुने गरी बारम्बार प्रदेशसभाको बैठकको मिति तोक्ने र बैठक सारिदिने गर्नाले पेस भएको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदा प्रदेश १ सरकारको आयु १२ दिन थपिएको छ । विहीबार २ बजेको लागि बैठक तय भएको थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना

    • प्रकाशित मितिः फागुन २१, २०७७
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved