विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो । जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक
काठमाडौँ/तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज सोमबार नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ को औपचारिक घोषणा गर्न तयार छन्। उनी निकट स्रोतका अनुसार यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पार्टीको शीर्ष नेतृत्वमा को रहने भन्नेबारे अन्तिम निर्णय आज बिहान टुङ्गो लाग्नेछ। कुलमान स्वयं अध्यक्ष बन्ने कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्यायलाई नेतृत्व जिम्मा दिने भन्ने विषयमा छलफल तीव्र रहेको बताइएको छ। नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ नीति कठोर रूपमा लागू गर्ने तय
इनरुवा/जेनजी घटनापछि आधारभूत तह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ । जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ । वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्यो
धरान/ शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्। शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको
काठमाडौँ/ धरानका मेयर हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टी ले औपचारिक मान्यता प्राप्त गरेको छ। साम्पाङले आईतवार निर्वाचन आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गर्दै पार्टीको आधिकारिक यात्राको सुरुवात गरेका हुन्। निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीलाई ‘माटो’ चुनाव चिन्ह तोकिएको छ। पार्टीमा २८ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । जसअन्तर्गत उपाध्यक्षमा देवराज लामा, महासचिवमा आर्यन राई, कोषाध्यक्षमा समिता राई र प्रवक्तामा अरुण गुरुङ रहेका छन्। गत असोज १२ गते साम्पाङ आफैं निर्वाचन आयोग पुगेका थिए र औ
काठमाडौँ/ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) पुनः एकपटक आफ्नो अभिव्यक्तिका कारण चर्चाको केन्द्र बनेका छन्। मध्यरातमा उनले सामाजिक सञ्जालमार्फत लेखेको विवादास्पद स्ट्याटस केही मिनेटमै हटाए पनि, त्यसको स्क्रिनसट अहिले सोसल मिडियामा व्यापक रूपमा भाइरल बनेको छ। शाहले अमेरिका, भारत, चीनजस्ता शक्तिशाली मुलुकहरू र नेपाली प्रमुख राजनीतिक दलहरू — एमाले, कांग्रेस, माओवादी, रास्वपा र राप्रपा — सबैलाई लक्षित गर्दै तीखो र आपत्तिजनक टिप्पणी गरेका थिए। उनको शब्दचयन अशिष्ट र कूटनीतिक रूपमा अत्यन्त संवेदनशील भएको भन्दै विभिन्न तर्फबाट आलोचना सुरु भएको छ। धेरैले उनको अभिव्यक्तिलाई
काठमाडौं/ जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण पूर्णरूपमा क्षतिग्रस्त बनेको ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालय अहिले धमाधम पुनर्निर्माण भइरहेको छ । असोज २४ गतेको आन्दोलनका क्रममा भएको घटनामा करिब १० करोड रुपैयाँ बराबरको क्षति पुगेको मुख्यालय अहिले नयाँ स्वरूपमा रूपान्तरण हुँदैछ । पार्टी स्रोतका अनुसार भवनका भग्नावशेष हटाएर नयाँ संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । कार्यालयलाई आधुनिक सुविधासहित पुनः सञ्चालनमा ल्याउने तयारीमा एमाले नेतृत्व जुटिरहेको बताइएको छ । मुख्यालय पुनर्निर्माणपछि पार्टीका सबै केन्द्रीय विभाग र संगठनगत बैठकहरू त्यहीँबाट सञ्चालन गरिने तया
झापा/ झापाको मेचीनगर नगरपालिकामा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट करिब तीन करोड ३३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको खुलेको छ। नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष दिपक बरालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, आन्दोलनका क्रममा नगर कार्यालय र विभिन्न वडा कार्यालयमा आगजनी, तोडफोड तथा मालसामान नष्ट हुँदा करिब रु. ३३,३२८,१९८ बराबरको क्षति पुगेको हो। प्रवक्ता बरालका अनुसार, नगरपालिकाको मुख्य कार्यालयमा मात्रै ६८ लाख १६ हजार रुपैयाँभन्दा बढी बराबरको क्षति पुगेको छ।त्यस्तै, वडा नं. १ देखि १० र वडा नं.
झापा/धरानका मेयर तथा श्रम अभियन्ता हर्क साम्पाङ राईले देशलाई अब विदेशीको खेलमैदान बन्न नदिन सबै देशभक्त नागरिक एकजुट हुनुपर्ने बताएका छन् । साेमबार झापाको काँकरभिट्टा बजारमा स्थानीय युवाहरुले आयोजना गरेको ‘श्रम अभियान घोषणा कार्यक्रम’ मा प्रमुख अतिथिको रूपमा बोल्दै साम्पाङले देश अहिले दुई ध्रुवमा बाँडिँदै गएको बताए — एकातिर देशभक्त र राष्ट्रवादी नागरिक र अर्कातिर विदेशीको इसारामा चल्ने दलालको समूह । “यो लडाइँ लामो हुनेछ, तर अन्त्यमा जित देशभक्तकै हुनेछ,” साम्पाङको भनाइ थियो । जेनजी आन्दोलनका सन्दर्भमा उनले भने, “भदौ २३ र २४ गते युवाहरूले सार्थक माग राखे,
आजभोलि ‘जेन–जी’ शब्द नेपालमा मात्र होइन, विश्वभरि नै चर्चामा छ । यही भदौ २३ र २४ गते नेपालका ‘जेन–जी’ (नवपुस्ता) हरूले गरेको विस्मयकारी आन्दोलनका कारण यो शब्द अहिले चर्चामा छ । आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट र अन्य विभिन्न स्थानमा जलेर ज्यान गुमाउनेको सङ्ख्या ७३ पुगिसकेको छ । त्यसैले यो सामान्य आन्दोलन होइन । देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध आक्रोशित बनेको युवाकै आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ३६ घण्टाभित्र राजीनामा दिन बाध्य भए । सोही आन्दोलनका कारण अप्रत्याशित रूपमा देशमा अन्तरिम सरकार पनि गठन भएको छ । पुराना दलहरू