राजनीति

    Showing 121-130 of 1,921 items.
  • एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास, दुईजना पक्राउ

    विराटनगर/  एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले  बेलुनको लोला छ्यापेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडी रोकेर रातो रङ छ्यापेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको १०:५० बजेको उडानमार्फत विमानस्थल आइपुगेका बेला दुई युवाले बेलुनको लोला हान्दै दुर्व्यवहार गर्ने प्रयास गरेका थिए। घटनापछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरू विराटनगर महानगरपालिका–२ का १९ वर्षीय अर्पित कुँवर र व

    • प्रकाशित मितिः मंसिर ७, २०८२
    • 337 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी एकताको लागि धरानमा विशाल र्‍याली

    धरान/  विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 488 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मध्यरातमै दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा प्रहरीको उच्च सतर्कता

    काठमाडौँ/ सोमबार मध्यराति एकाएक  ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीहरुले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेका छन्। निकटस्थ सहयोगीका अनुसार, सुतिरहेको अवस्थामा नै मध्यराति प्रहरी टोली प्रसाईंको घर पुगेको थियो। घरभित्र प्रवेश गरेर कानुनी प्रक्रिया पूरा गरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा लगिएको एक प्रहरी अधिकृतले पुष्टि गरेका छन्। पक्राउ गर्ने क्रममा निवास परिसरमै खिचिएको एक भिडियो पनि सार्वजनिक भएको छ। उक्त भिडियोमा प्रसाईं आफैँलाई गाडी चढ्दै गरेको दृश्य खि

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङ सुनसरी–१ बाट निर्वाचन लड्ने तयारीमा

    सुनसरी/  धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं.–१ बाट प्रतिस्पर्धा गर्ने तयारीमा रहेका छन्। उनले संघीय निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले मेयर पदबाट राजीनामा गर्ने निर्णय अन्तिम चरणमा पुगेको बताइएको छ। २०७९ को प्रतिनिधिसभा चुनावमा सोही क्षेत्रबाट जनता समाजवादी पार्टीका अशोक राई विजयी भएका थिए। स्थानीय तहको सोही वर्ष भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका साम्पाङ पछिल्लो समय आफ्नै नेतृत्वमा श्रम संस्

    • प्रकाशित मितिः मंसिर १, २०८२
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महँगी चुलिँदा ज्याला स्थिर : श्रमिकको गुहार— ‘हाम्रो आवाज सुनियोस्’

    धरान/ महँगी दिनहुँ बढ्दै गए पनि आफूहरूको ज्याला भने वर्षौँदेखि उही रहेको गुनासो धरानका विभिन्न क्षेत्रका श्रमिकहरूले गरेका छन्। जिफन्ट (जेनरेशन फ्रेन्ड्स अफ नेपाल ट्रेड युनियन) ले शनिबार धरानमा आयोजना गरेको श्रमिक–संवाद कार्यक्रममा सहभागी मजदुरहरूले आफ्नो वास्तविक दुःख–पीडा खुलाएर राखे। संवादमा निर्माण मजदुर, यातायात मजदुर, अटो–मेकानिक्स, उद्योगका मजदुर, सुरक्षा श्रमिक, सरसफाइ कर्मचारी, लोड–अनलोड मजदुर, स्वास्थ्य स्वयंसेवी तथा सौन्दर्यकर्मीलगायत विभिन्न क्षेत्रका ४५ जना श्रमिक अगुवाहरूको सहभागिता थियो। वर्षौंदेखि चार सय रुपैयाँ भत्तामा काम गरिरहेको बताउँदै स्वास्थ्य

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिनिधिसभा विघटनविरुद्ध एमाले आज ७७ जिल्लामा सडकमा

    काठमाडौं/ प्रतिनिधिसभा विघटनलाई “प्रतिगामी कदम” भन्दै विरोधमा उत्रिएको नेकपा (एमाले) ले आज देशभरका ७७ वटै जिल्लामा एकैसाथ जनप्रदर्शन र जनसभा गर्दैछ। प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित एमालेले चरणबद्ध जनपरिचालनलाई आज देशव्यापी बनाएको हो। एमालेले यसअघि नै वडा, पालिका, जिल्ला हुँदै राष्ट्रिय तहसम्म जनआन्दोलन विस्तार गर्ने निर्णय गरेको थियो। सोही अनुसार भदौ २३ र २४ का आपराधिक घटनाको निष्पक्ष छानबिन, तोडफोड–लुटपाट–आगजनीमा संलग्न दोषीमाथि कारबाही र संसद् पुनःस्थापनाको माग राख्दै देशभर विरोध कार्यक्रम चलाइरहेको छ। कार्तिक २५ मा स्थानीय तहस्तरबाट सुरु गरिएको प्रदर्शनलाई आज

    • प्रकाशित मितिः कार्तिक २९, २०८२
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोकतन्त्र बलियो भयो भने मात्रै श्रम आन्दोलन बलियो हुन्छ जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ

    विराटनगर/लोकतन्त्र बलियो भयो भनेमात्रै श्रम आन्दोलन बलियो हुने नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभएको छ । जिफन्ट कोशी प्रदेश कमिटीले सुरु गरेको बदलिएको राजनीतिक परिवेशमा श्रमिकहरुसंग सम्वाद अभियानको शुभारम्भ गर्नुहुँदै उक्त कुरा बताउनु भएको हो ।  जेनजी घटनापछि श्रम बजार र श्रमिकहरुको जीवनमा परेको असर बारे मंसिर महिनाभरी कोशी प्रदेशभरीका सबै प्रतिष्ठानसम्म पुगेर श्रमिकहरुसंग प्रत्यक्ष सम्वाद् गर्ने अभियानको शुभारम्भ मंगलबार विराटनगरमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले गर्नुभएको हो ।  अध्यक्ष श्रेष्ठले जेनजी आन्दोलनका नाममा भएका हिंशा र विध्वंशले देशमा राजनीतिक

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 585 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कुलमान घिसिङको ‘जनसेवा पार्टी’ आज घाेषणा गर्दै, मेयर बालेनकाे समर्थन

    काठमाडौँ/तीन महत्वपूर्ण विकास मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङ आज सोमबार नयाँ राजनीतिक दल ‘जनसेवा पार्टी’ को औपचारिक घोषणा गर्न तयार छन्। उनी निकट स्रोतका अनुसार यसअघि दर्ता भइसकेको ‘उज्यालो नेपाल पार्टी’ को नाम परिवर्तन गरी निर्वाचन आयोगमा नयाँ दल दर्ता प्रक्रिया अघि बढ़ाइनेछ। पार्टीको शीर्ष नेतृत्वमा को रहने भन्नेबारे अन्तिम निर्णय आज बिहान टुङ्गो लाग्नेछ। कुलमान स्वयं अध्यक्ष बन्ने कि पूर्व ऊर्जासचिव डा. अनुपकुमार उपाध्यायलाई नेतृत्व जिम्मा दिने भन्ने विषयमा छलफल तीव्र रहेको बताइएको छ। नयाँ पार्टीले ‘एक व्यक्ति, एक पद’ नीति कठोर रूपमा लागू गर्ने तय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आधारभूत तह र युवा पुस्ताका भावना समेट्न नीति बन्छ : एमाले नेता शेरधन राई

    इनरुवा/जेनजी घटनापछि आधारभूत तह र युवा पुस्ताका भावनासंग हाम्रो पार्टी नेतृत्व जोडिनु पर्छ भन्ने उदेश्यले पार्टीले आफ्ना नीतिहरु बनाईरहेको नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले बताउनुभएको छ ।  जेनजी पुस्ताको शक्तिलाई दुरुपयोग गरेर भदौ २४ गते देश माथि आक्रमण भएको तथ्यलाई उजागर गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि राईले जेनजीहरुमाथिको गोली प्रहारको गम्भिर छानबिन गर्नुपर्ने बताउनु भएको छ ।  वहाँले भन्नु भएको छ विद्यालयका सानासाना विद्यार्थीहरुलाई पोशाकमै कसले बोलायो ? ती साना अबोध बालबालिकामाथि कस्ले गोली चलायो ? विद्यार्थीहरुको टाउकोमै कसरी गोली लाग्यो

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 543 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तर गिरावट र प्रशासनिक अनियमितताविरुद्ध हात्तिसार क्याम्पसका विद्यार्थी धर्नामा

    धरान/  शैक्षिक गुणस्तरसहित विभिन्न माग राख्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापति पेशलराज कार्की र कोषाध्यक्ष नाम्छाहाङ राईलगायत विद्यार्थीहरु धर्नामा बसेका छन्। माग सम्बोधन नभएसम्म दैनिक बिहान १० बजेदेखि एक घण्टा धर्ना बस्ने घोषणा उनीहरुले गरेका छन्।  शनिबार बसेको क्याम्पस सञ्चालक समितिको ३०औं पूर्ण बैठकमा विद्यार्थी सरोकारका विषय समेटिन नसकेको भन्दै सभापति कार्कीले बैठक नै बहिष्कार गरेका थिए। सभापति कार्कीका अनुसार क्याम्पस स्वायत्त भएपनि त्रिभुवन विश्वविद्यालयको निर्देशिका र स्वायत्तताको निर्देशिका कुनलाई प्राथमिकता दिने भन्ने विषयमा अन्योल रहेको

    • प्रकाशित मितिः कार्तिक १७, २०८२
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved