राजनीति

    Showing 91-100 of 1,921 items.
  • सुनसरीको चार वटा निर्वाचन क्षेत्रमा ११२ जनाको मनोनयन दर्ता

    धरान/ सुनसरी जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन । तीमध्ये सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं.४ मा परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरी निर्वाचन क्षेत्र नं.४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन । सो क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदाता रहेका छन । त्यस्तै एक लाख ५० हजार ३९३ मतदाता रहेको सुनसरी निर्वाचन क्षेत्र नं.१ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन । साथै निर्वाचन क्षेत्र नं.२ मा पनि २८ जनाले उम्मेदवारी दिएका छन् भने सो क्षेत्रमा एक लाख ५८ हजार ९१० मतदाता छन । यसै

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितकाे सुनसरी–१ मा को–को मैदानमा?

    धरान/ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं. १ मा आज उम्मेद्वारहरूको मनोनयन दर्ता हुँदैछ। मनोनयनसँगै यो क्षेत्र देशकै सबैभन्दा चासो र प्रतिस्पर्धायुक्त निर्वाचन क्षेत्रका रूपमा उभिएको छ। नेपाली कांग्रेसले लामो आन्तरिक रस्साकस्सीपछि क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उम्मेद्वार बनाएको छ। टिकट पाएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै तामाङले जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीलाई सामूहिक र इमानदार प्रयासबाट सफल बनाउने प्रतिबद्धता जनाएका छन्। नेकपा एमालेले अन्तिम समयमा उम्मेद्वार परिवर्तन गर्दै युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाएको छ। यसअ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 349 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनपछि पहिलोपटक झापा आउँदै अध्यक्ष ओली

    सुनसरी / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र दमक आउन लागेका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओली आज झापा आउने कार्यक्रम रहेको छ। कार्यतालिकाअनुसार अध्यक्ष ओली बिहान १०:२५ बजे जहाजमार्फत भद्रपुर अवतरण गर्नेछन्। एमाले केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै उनले झापा क्षेत्र नं. १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै निर्वाचन तयारी र पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिनेछन्। त्यसपछि क्षेत्र नं. २ का लागि बिर्तामोड र क्षेत्र नं. ४ का लागि सुरूंगा पुगेर स्थानीय नेतृत्वसँग

    • प्रकाशित मितिः माघ ५, २०८२
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानसहितको सुनसरी–१ मा एमालेको उम्मेदवार फेरबदल, टीकाराम माङ्लेनलाई टिकट

    धरान/फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धरानसहितको सुनसरी क्षेत्र नं. १ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ। यसअघि उम्मेदवार बनाइने भनिएका सूर्य पान्धाकको स्थानमा टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो। एमालेको केन्द्रीय निर्णयअनुसार सुनसरी–१ बाट अनेरास्ववियु सुनसरीका पूर्व अध्यक्षसमेत रहेका माङ्लेनलाई टिकट दिइएको हो। यसअघि सार्वजनिक गरिएको उम्मेदवार सूचीमा सूर्य पान्धाकको नाम रहे पनि अन्तिम समयमा सुनसरी–१ को उम्मेदवारमा हेरफेर गरिएको एमाले स्रोतले जनाएको छ। धरान उपमहानगरपालिका समेत समेटिएको सुनसरी–१ मा उम्मेदवार परिवर्तन भएपछि स्थानीय र

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका नगर प्रमुख हर्क साम्पाङले दिए राजीनामा

    धरान/ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले पदबाट राजीनामा दिनुभएको छ । आज साझ धरान उपमहानगरपालीकाको कार्यलयमा आजैदेखि लागू हुने गरी उपप्रमुख अइन्द्र विक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख साम्पाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिने तयारी गरेकाले राजीनामा दिएको बताउनुभयो । उहाँले भन्नुभयो,धरानको विकासका लागि नै म जहाँ जाँदैछु, त्यो पनि धरानकै विकासका लागि हो । नीति निर्माण तहमा देखिएका अवरोध हटाउँदै धरानको समग्र विकासका मुद्दा उठाउने मेरो उद्देश्य हो

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेमा दाह्री पाकेकाले टिकट पाएनन्, भर्खरै प्रवेश गरेका कनौडियाले प्रवेशकै दिन पाए उम्मेदवारी

    काठमाडौँ/  नेकपा एमालेमा वर्षौं झोला बोकेर राजनीति गरेका कतिपय नेताहरू टिकटको पर्खाइमै सीमित हुँदा कांग्रेसबाट भर्खरै पार्टी प्रवेश गरेका वीरेन्द्र कुमार कनौडियाले भने प्रवेशकै दिन प्रतिनिधि सभाको टिकट हात पारेका छन्। कांग्रेसबाट कपिलवस्तु क्षेत्र नम्बर–३ का लागि एकल नाम सिफारिसमा परेका कनौडिया पार्टीभित्रको आन्तरिक किचलोका कारण शनिबार मात्रै एमाले प्रवेश गरेका थिए। प्रवेश गरेको केही घण्टामै एमालेले उनलाई सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाएको हो। एमाले प्रवेशपछि कनौडियाले कांग्रेसभित्रको निरन्तर किचलोमा अल्झिनुभन्दा एमालेमा रहेर राजनीति गर्नु उपयुक्त लागेको प्रतिक्

    • प्रकाशित मितिः माघ ४, २०८२
    • 316 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर राईलाई चुनाव लागिसक्यो

    धरान/  आफ्नो अभियान र अभिव्यक्तिबाट धरानलाई चर्चामा ल्याइरहने मेयर हर्क साम्पाङले आगामी चुनावबाट देशकै प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्  । श्रम संस्कृति पार्टी गठन गर्नुलाई उनले प्रधानमन्त्री बन्ने प्रयोजन भनेका छन् । अञ्जुलीले समातेको माटो चिन्हमा मत मागिरहेका हर्कले देशैभर उम्मेदवार उठाउने तयारी गरेका छन् । आफू भने धरान सहितको सुनसरी–१, बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । यो क्षेत्रमा धरान उपमहानगरपालिका, बराहक्षेत्र नगरपालिकाको १ देखि ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ वडा पर्छ । मेयर साम्पाङले यही क्षेत्रलाई सुरक्षित ठानेका छन् । तर साम्पाङक

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 389 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ओलीको विरासतलाई तोड्ला बालेनको विद्रोहले ?

    काठमाडौँ/ काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेको समाचार प्रकाशमा आएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने झापा–५ मा बालेनको प्रवेशले आगामी फागुन २१ को चुनावी भिडन्तलाई विरासतविरुद्ध विद्रोहको रूपमा हेर्न थालिएको छ । बालेन शाहले फागुन ५ गते काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीको उम

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 354 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी–१ बाट चुनाव लड्ने

    धरान/ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो, जय देश।” सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष

    सुनसरी/ कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमतिअनुसार भागबन्डा मिलाउन मन्त्रिपरिषद् हेरफेर गरिएको हो। मङ्गलवार मुख्यमन्त्री हिकमतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथग्रहण गराएका छन्। काँग्रेस–एमाले–माओवादी भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष नवनियुक्त मन्त्रीहरूमा काङ्ग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), मानबहादुर लिम्बू ९स्वास्थ्य०, इस्राइल मन्सुरी (कृषि) र भीम पराजुली (पर्यटन तथा वन–वातावरण) मन्त्री बनेका छन्। शोभा चेम्जोङलाई भौति

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved