समाचार

    Showing 9,901-9,910 of 10,057 items.
  • झापाका थप १० जनामा कोरोना भाइरस संक्रमण, प्रदेश १मा जम्मा संक्रमित ७६

    धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो । सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ

    • प्रकाशित मितिः जेठ ८, २०७७
    • 1,292 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा

     जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख अख्तियारको फन्दामा परेका छन् । डिभिजन प्रमुख आनन्द कुमार झालाई बुधबार अख्तियारको टोलीले प्रक्राउ गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ का कर्मचारीलाई घुस रकम बुझाउन खोज्दा झा पक्राउ परेका हुन । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई १० हजार रकम बुझाउन खोजेको आरोपमा आज पक्राउ गरिएको हो । झाले उक्त रकम खाममा पौडेलको कार्यकक्षस्थित टेबलको घर्रामा राखिदिएको र पौडेलले आफ्नो टेबलको घर्रामा ‘‘यो के हो ?’’ भन

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,225 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण

    प्रदेश १ मा १३ हजार ५ सय ४४ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार ८ सय १२ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार २ सय ४७ जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका र विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई २६ जना डिस्चार्ज भइसकेका छन् । यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल १ हजार ११

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 847 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योगी व्यवसायीको पीडा बैंकलाई

    सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक भयो नेपालको नयाँ नक्सा

    काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । आज भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । अब सबै सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम पनि नयाँ संस्करणको नेपाली नक्सालाई नै प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ । मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । साथै उनले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गरेकी छिन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्ग

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,713 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

    विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,423 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना थपिएसंगै बस्तीहरु धमाधम सिल

     झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरियो । आउजाउमा कडाइ गर्ने, क्वारेन्टाइनको निगरानी र अति आवश्यक सेवाबाहेक सबै बन्दाबन्दी । भारतबाट कचनकवल छिरेका ९ जनामा एकै पटक मंगलबार र सोमबार एक जनामा कोरोना संक्रमण पुष्ट भएको छ । ‘‘रोगलाई वस्तीमा फैलन नदिन र रोक्न जोखिमयुक्त वडालाई सिल गर्ने निर्णय गरेका छौं,’’ कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने,‘‘ मुख्यतःसंक्रमण फैलन नदिने र बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा लग्ने काममा हामीले ध्यान केन्द्रीत गरेका छौं ।’’ भारतस

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,658 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आज दिउँसो २ :१५ मा नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिदै

    काठमाडौँ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा बुधबार दिउँसो २:१५ बजे औपचारिक रुपमा सार्वजनिक गर्न भएको छ । नक्सा सार्वजनिक कार्यक्रमको नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।जारी हुन लागेको नेपालको नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने छ । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,310 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने

    नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने भएको छ । अनलाईन डीजिटल माध्यमबाट विश्वभर छरिएर बसेका  नेपाली  कवि र श्रोताहरुलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना गरिएको आयोजक जेभियर इन्टरनेसनल स्कुलरकलेजका भाइस( प्रीन्सिपल दिपेन दाहालले जानकारी दिए। क्ष्ुुमेरो कविता र मुु शिर्षकमा आयोजना हुने सम्मेलन यहि  जेठ ९ गते शुक्रबार दिउँसो १स्ण्ण् बजे देखि प्रत्यक्ष प्रसारण हुनेछ  । यस सम्मेलनमा  देश( विदेशबाट धेरै कवि र श्रोताहरुको अनलाईन  उपस्थिति रहने छ। सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भर्न सकिनेछ क्ष्त्यसका लागि मष्नष्तबउियझद्दण्द्दण्२नm

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • 1,400 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

    धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो । परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् । यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,445 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved