इलाम/ अढाई महिना देखि लकडाउनको समस्या झेलेका इलामका चिया किसान र उद्योगी अहिले केही बचँेको तयारी चिया बेच्न पनि समस्या भएको छ । अहिले काँकरभिट्टा नाकामा भारतबाट गाडी आउने गरपनी पानी ट्यांकीसम्म आएका गाडी नेपाल आएका छैनन । लकडाउन शुरु भएसँगै चिया टिपाइको समस्या झेल्न बाध्य बनेकाकासान लकडाउनकै समयमा दुख गरेर थोर थोरै भएपनि बनाएको तयारी चिया नेपाली गाडी भारत छिर्न नपाएपछि तयारी चिया रोकिएको उद्योगी बताउँछन् । अहिले भारतले चिया निर्यातमा अवरोध गरेको कारण भन्सार नाकामा चिया रोकिएको केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए । राईले भने ‘अहिले तयारी चिया कुनैपनि कारणले नरोकिनुप
अस्पतालको सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ आहुजीले सोमबार विहान ९ बजेतिर आफ्नै जिउमा आगो लगाएका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । गम्भीर घाइते आहुजीको सुरुमा बयलपाटा अस्पतालमा नै उपचार गरिएको थियो । तर सुविधासम्पन्न अस्पतालमा उपचार आवश्यक देखिएकाले हेलिकप्टरमार्फत कोहलपुर पठाइएको प्रजिअ पौडेलले बताए । अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै जिउमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । उनको अवस्था गम्भीर रहेको र उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको उनले बताए । साँफेबगर नरपालिकाका मेयर कुलबहादुर कुँवरका अनुसार उनीसहित ३३ जना
भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाको बिभिन्न स्थानबाट ल्याईएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण भेटिएको हो । भरतपुर जिल्लामा गरिएको कोरोना परिक्षणका क्रममा दुई जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । स्रोतका अनुसार भरतपुरमा रहेको एक निजि अस्पतालका फिजिसिनमा कोरोना देखिएको हो । सोही अस्पतालमा कार्यरत एक स्टाफ नर्समा समेत कोरोना देखिएको छ । अन्यको परिक्षण भईरहेको छ । थपिन सक्ने स्रोतले जनाएको छ । थप बिबरण भरतपुर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि जनाउने भएको छ । अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट ल्याईएको स्वाब परिक
यातायात कार्यालय इटहरीका ४ जना सहित १७ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन ४ जना कार्यालय प्रमुखसहित १७ जनालाई राजश्व हिनामिना गरेको ठहर गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार नागरिक समाज इटहरीबाट कार्यालयमा संकलित राजश्व हिनामिना भैरहेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीपछि अख्तियारले २०७३र०७४ को चैतदेखि २०७४ को असार मसान्तसम्म अनुसन्धान हुँदा राजश्व सम्बन्धित खातामा दाखिला नगरी हिनामिना गरेको अख्तियारले जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आइतबार विज्ञप्ती जारी गर्दै १७ जना विरुद्ध बिशेष अदालत काठमाण्
भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टिनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए ।
धरान बराहक्षेत्र बाट खुट्टा भाँचिएर उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा रहेकी बालीकाको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालिकाको अप्रेशन गर्नुअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको सबै ५९ जनाको रिपोर्ट नेभिटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए । डा.चौधरीका अनुसार यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए । उनका अनुसार सावधानी अपनाउ
धरान / पाँचको दशक अघि सम्म धरान रंगकर्म, साहित्य, कलाको लागि देशकै उत्कृष्ठ शहरको रुपमा मानिएको थियो । धरानबाट प्रतिनिधीत्व गर्ने धराने कलाकारहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो शहरको पहिचान छुट्टै पहिचान बनाएका थिए । पछिल्लो समय सुस्ताएको धरानको रंगकर्म, कलाकर्म पुनः केही समय अघि देखि जुर्मुराएको छ । धरानमा साहित्यीक कार्यक्रम, नाटक प्रर्दशनले गति लिन थाले पछि धरानमा नाटकघर निर्माणको चर्चा पनि चुलिदै गएको छ । धरान ८ स्थित धरान सभागृहमा करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर बन्ने भए पछि धरानको रंगकर्मको इतिहास फर्कने अपेक्षा गर्न थालिएको छ । धरान स्थित सभागृहमा निर्माण हुन
धरान / ग्याँस सिलिडण्र चोरी गर्ने एक युवालाई ईलका प्रहरी कार्यलय धारनले पक्राउ गरेको छ । धरान ९ का पवन तामाङलाई ग्याँस सिलिण्डर चोरी गरेको आरोपमा ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो । उनले धरान १७ का श्री प्रसाद राईको किरना पसलबाट गत जेठ २४ गते ग्याँस सिलिण्डर चोरेको आरोप लागेको थियो । यस अघि पनि उनि २०७४ माघ २३ गते लागुऔषध सहित पक्राउ परेका उलाई जिल्ला अदालत सुनसरी धरौटिमा रिहा गरेको थियो ।
धरान/ नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियिमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा .बिकास देबकोटाले आज थप २१३ जना संक्रमित थपिएको जानकारी दिएको हुन् । देबकोटाका अनुसार आज थपिएका नयाँ संक्रमितहरु मध्ये २ सय ९ पुरुष र ४ महिला हुन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु मध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् ।
उदयपुर / उदयपुरमा आज भेटिएका ३ जना संक्रमितहरुलाई बिराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पुर्याइएको छ । जेठ १५ गते भारतको सिलोङबाट आएर रामपुर स्थित क्वारेन्टाईनमा बस्दै आएका १ जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाण्डौबाट आएका एक जना पुरुषमा संक्रमण देखिएको छ । उनि चौदण्डीगढी नगरपालीकामा रहेको क्वारैन्टाईनमा बस्दै आएका थिए । जनस्वास्थ्य कार्यलयका अनुसार ३८५ जनामा गरीएको परीक्षणमा २९ जनाको नेगेटिभ आएको थियो भने ३ जनाको रिर्पोट पोजेटिभ आएको छ बाँकी ३५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।