समाचार

    Showing 9,731-9,740 of 10,060 items.
  • बराहक्षेत्रमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

    बराहक्षेत्र/  बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन। उनका अनुसार संक्रमित ब्यक्ति बराहक्षेत्र नपा ८ नम्बर वडाका ३० बर्षिय युवक हुन। स्वाब संकलन गरिएको हप्ता दिन ढिलो गरि आएको रिपोर्टमा २ जना स्वास्थकर्मीको पनि स्वाब परिक्षण गरिएको थियो जसमा दुबै जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको नर्सिङ प्रमुख दीपा अधिकारीले बताइन। अधिकारीका अनुसार आज १४ जना

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,610 पटक पढिएको
    • " सुबिन बिश्वकर्मा"
  • आज थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि , संक्रमितको संख्या ४०८५

    काठमाडौं / आज थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सगै नेपालमा संक्रमितहरुको संख्या ४ हजार ८५ पुगेको छ । भरतपुर ११ का हिजो कोरोना संक्रमण पुष्टि भएका थप १ जनाको मृत्यु भएको छ । यो सगै नेपालमा कुल मृतकको संख्या १५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९६ जना डिस्चार्ज भए सगै नेपालमा कुल डिस्चार्ज हुुनेको संख्या ५ सय ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वेर गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 718 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन

     धरान/ रोटरी क्लव अफ धरानले रक्तदान कार्यक्रमको अयोजना गरी ३२ पिन्ट रगत संकलन गरेको छ । सोमबार, धरान १८ स्थित बुद्ध चौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको थियो । कोभिड १९, कोरोना संक्रमणका कारण भएको लकडाउनले रक्तदान कार्यक्रमहरु हुन सकिरहेको छैन । धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोना गर्नु परेको अध्यक्ष रविन श्रेष्ठले वताए । रक्तदान भैरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने विरामीहरुका लागि र अन्य विरामीहरुका लागि विभिन्न ग्रुपको करिव ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द श

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराहक्षेत्र ४ मा करिब ६ करोडको काम

    कालाबन्जर । सुनसरीको वराहक्षेत्र नगरपालिका वार्ड नम्बर ४ मा आर्थिक बर्ष २०७६ / ०७७ मा पुर्वघार तर्फ ५ करोड ९० लाखका कामहरु भएका छन् । वडा अध्यक्ष आशाराम चौधरी भन्छन् यी नगर र प्रदेश बाट परेका ठुला योजना मात्रै हुन अरु ५० हजार १ लाखका काम धेरै भए । उनका अनुसार पुलाहा खोला नियन्त्रणमा ४० लाख पिडारी ढल निर्माणमा २० लाख धनपुरी ढल निर्माणमा कल्भर्ट सहित २२ लाख ५० हजार , धनपुरी पिच १ करोड २५ लाखमा बोलपत्र आवहान , पिडारी पिच , २ करोड ३८ लाखमा बोलपत्र आवहान , सर्दु खोला नियन्त्रणमा ३५ लाख , आन्द्रामोठ ड्रेन निर्माणमा मन्दिर सहित १२ लाख , वडा कार्यालय घेराबारा १४ लाख , स्वास्थ्य चौकी भवन निर्माण ३४ ला

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 2,119 पटक पढिएको
    • "अच्युत भट्टराई "
  • अस्पतालमा उपचाररत ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

     चितवन/ भरतपुरका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु भएको छ । यो सगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । अस्पतालले जनाए अनुसार उनको सुगर र प्रेसरको समस्या पहिले देखि भएको र कोरोनाको संक्रमणसँगै निमोनियाका कारण बिहान सात बजेर पाँच मिनेटमा निधन भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गर्न बाँकी छ । मृतक पुरुष गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सि.यूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि गत हिजो बेलुका ७ बजे भरतपुर अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो ।  

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं संसदमा संविधान संशोधन प्रस्ताव पेस हुने भएपछि अन्तिम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।बैठक आज अपराह्नका लागि तय भएको थियो । माघमा बसेको केन्द्रीय कमिटी बैठकले झलनाथ खनालको संयोजकत्वका कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले बुझाएको प्रतिवेदनमा केन्द्रित रहेर आज छलफल हुने कार्यसूची तय गरिएको थियो।    

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपचारका लागि भर्ना भएका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज मेडिकल अस्पताल बन्द

    बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ। अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ। शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए। ती बिरामीको शल्यक्रिया गर्ने तयारी गरिए पनि कोरोना सङ्क्रमण देखिएपछि रोकिएको छ।  

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 823 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा उपचाररत २८ जना कोरोना संक्रमित डिस्चार्ज भए

    मङ्गलबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना सङ्क्रमित निको भएका हुन् । उनीहरू सबै झापाका हुन् । १८ देखि ५६ वर्ष उमेर समूहका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । उनीहरू सघन उपचार कक्ष ९आईसीयू० मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन् । दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.दिनेश सापकोटाले बताए । साताअघि बीपी प्रतिष्ठानबाट गत जेठ २० गते धरानकी महिलासहित १८ जना डिस्चार्ज भएका थिए । संक्रमितहरूमा गम्भीर खालको लक्षण नदेखिएको प्रवक्ता सापकोटा बताउँछन् । ‘सबैको सामान्

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 703 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित अस्पताल भर्ना हुन अनलाइनबाटै बेड बुक !

    विराटनगर । प्रदेश १ का कोरोना संक्रमितले अब अनलाईन आवेदन दिई अस्पताल भर्ना हुन पाउने भएका छन् । संक्रमितले आफू भर्ना हुने अस्पतालको बेड अनलाइनबाटै बुक गर्न सक्ने छन् ।अहिलेसम्म परीक्षणमा संक्रमण फेला परेपछि सम्बन्धित स्थानीय तह वा प्रदेश सरकारले व्यवस्थापन गरेको एम्बुलेन्स र सवारी सधानमा राखी बिरामीलाई अस्पतालसम्म पठाउने गरिएको थियो । उनीहरुको भर्नाको व्यवस्थापन पनि सरकारले नै गर्दै आएको छ । मोरङ सुन्दरहरंैचामा प्रदेश सरकारले बनाएको कोरोना उपचार केन्द्रमा संक्रमितले इन्टनरेनको प्रयोग गरी अनलाईन प्रणालीबाट फाराम भरी अस्पतालमा भर्ना हुन र बेडक बुक गर्न सक्ने व्यवस्थापन भएको हो । सामाजिक विकास म

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 741 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा भन्दै टिप्पणी

    विराटनगर । प्रदेश १ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने पुलिन्दा भन्दै टिप्पणी गरेका छन् । उनले सरकारको नीति तथा कार्यक्रमलाई बुख्याँचा जस्तो भएको बताएका छन् । हिजो सोमबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी कार्कीले भने,”बुख्याँच्या जस्तो नीति तथा कार्यक्रमले प्रदेशमा समृद्धि आउन सक्दैन । सरकार सेटलाइट सिटी र सहरको विकासको कुरा गर्छ तर गरिबका झोपडीसम्म विकासका कार्यक्रम लैजान खोज्दैन् ।” कार्कीले गाउँमा फाटेको चप्पल र भोटो लगाउने नागरिकको लागि सरकारले वास्ता नगरेको भन्दै टिप्पणी गरे । प्

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved