धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ वर्षीय बृद्ध रनबहादुर राईको हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित घर फर्कदै गरेका राईको धनकुटाको सहिदभूमि गाउँपालिका–१ त्रिवेणीमा हिड्दा हिड्दै बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । उनीहरु सुन्दरहरैंचाबाट बराहक्षेत्र–त्रिवेणी हुँदै भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थित अर्की छोरीको घर जाँदै थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण गाडी नचलेपछि उन
धनकुटा/ गोरु मुक्त नगर बनाउने अभियान अन्तरगत धनकुटा नगरपालिकाले किसानहरुलाई मिनी टिलर वितरण गर्न शुरु गरेको छ । धनकुटा नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै नगरलाई गोरु मुक्त बनाउने अभियान अन्तरगत कृषकहरुलाई कृषि औजार वितरण गरेको हो । प्रदेश नं. १ सरकार र धनकुटा नगरपालिकाको ८० प्रतिसत र कृषकहरुको २० प्रतिसत साझेदारीमा नगरभित्रका १६ वटा कृषक समूहलाई कृषि औजार वितरण गरेको हो । नगरका विभिन्न वडाका कृषक समूह छनौट गरी खेतबारी जोत्ने मिनी टिलर र दुध ढुवानीको लागि टेम्पो खरिद गरी वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । उनले भने–‘खेतबारी जोत्ने गोरुको सट्टा कृषकहरुले ग
आज थप ५८६ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ७१७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५८६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार थप १ जना को कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ४० जना महिला र ५ सय ४६ जना पुरुष रहेका छन् । उनका अनुसार बाकेकी ४६ वर्षिय महिलाको उपचारको क्रममा हिजो मृत्यु भएको र उनको स्वाव परिक्षण गर्दा आज रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो २४ घण्टामा थप
नेपालमा थप एक जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको । मंगलबार मृत्यु भएकी बाँकीकी एक ४६ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आधिकारीक पुष्टि हुन भने बाँकी रहेको छ । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ती मृतक महिला सहित बर्दियाका थप ३१ जनामा कोरोना संक्रमण प
धनकुटा/ धनकुटा नगरपालिकाले नगर क्षेत्रलाई स्मार्ट भिलेज निर्माण गराउने उद्देश्यका साथ सो अभियानलाई तिब्र बनाएको छ । धनकुटा नगरपालिका र यूएनडिपीको आर्थिक सहयोग तथा पर्डेप नेपालको प्राबिधिक सहयोगमा नमुना गाँउ बनाउने अभियानका साथ एक करोड १५ लाख बराबरको स्मार्टभिलेज कार्यक्रम सञ्चालन भईरहेको छ । नगरपालिकाले नगरको विभिन्न वडाहरुमा किसानको उत्पादनमा वृद्धि गरी कृषकलाई आत्मनिर्भर बनाउन टनेल खेतीका लागि प्लाष्टिकको टनेल हाउस वितरण गरेको छ । नगरपालिकाको ४ वटा वडामा ६ सय जना किसानलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । त्यस्तै नगरपालिकाका ६ सय किसानलाई रासायनिक मल प्रयोग न्यूनिकरणका लागि गोठ सुधार कार्यक्
धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् । नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ । असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको
धरान/ धरानस्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका झापाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनिहरु सबै गत जेठ १४,१५,१७ गते विपीको आइसोलेसनमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार प्रतिष्ठानबाट मात्रै ११४ जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भने ५४ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । नेपाल कम्युनिष्ट पार्टी नेकपा धरान उपमहानगर समितीले थप सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी बाँडफाड गरेको छ । मंगलबार धरान नगर अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा बसेको बैठकले सदस्य मनोनयन गर्नुका साथै जिम्मेवारी समेत बाँडफाड गरेको हो । नगर समितीको मनोनित सदस्यहरुमा जसरथ सुब्बा, जिवन भट्टराई, दश प्रतिशत मध्येबाट जिवन राई, विकाश चाम्लिङ, सारदा मगर, शिव धमला, राजकुमार राई, भुवन बस्नेत, अब्बास अन्सारी मिया रहेका छन् । समितीको सचिवालयमा जसरथ सुब्बा, दिना प्रसाद उपाध्याय, जीवन भट्टराईलाई मनोनयन गरेको छ । त्यसै गरि २० वटै वडाहरुमा इन्चार्ज र सहइन्चार्ज समेत तोकेको छ । कार्यविभाजनमा वडा नम्ब
काठमाडौं/ नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको गरिएको परीक्षणमा थप ३८० जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ३८० जनामा संक्रमण देखिएको हो । आज थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सगै कुल डिस्चार्ज हुनेको संख्या १हजार १सय ५८ पुगेको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये १९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।
इटहरी । केहि दिन अघि भारतबाट इटहरी घर आएका एक पुरूषमा कोरोणा संक्रमण पुस्टी भएको छ । इटहरीस्थित जनता कलेजको क्वारेन्टाइनमा बसेका ५० बर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएको इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहदा ज्वोरो र रूघाले सताएपछि उनलाइ उपचारको लागि बिराटनगरस्थित कोशी अञ्चल अस्पताल लगिएको थीयो । अस्पतालले कोरोना संक्रमणको आशंका सहित चेक जाच गर्दा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त पुरूषलाइ कोरोना संक्रमणको पुस्टी भएको इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतमले बताउनुभयो । हाल उक्त पुरूषलाइ अस्पतालको आइसोलेसनमा राखेर नियमित उपचार भइरहेको उपमेयर गौतमले बता