समाचार

    Showing 9,501-9,510 of 10,056 items.
  • पुनः श्रम स्वीकृति खुल्ला

    धरान । कोरोनाको महामारी शुरु भए पछि रोकिएको पुनः श्रम स्वीकृति करिब ४ महिना पछि खुल्ला गरिएको छ । कोरोनाको संक्रमण विश्व व्यापी रुपमा फैलिए पछि वैदेशिक रोजगारीका लागि आवश्यक पुनः श्रम स्वीकृती रोकिएको थियो । विहिबार देखि पुनः श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभाग ताहाचलले जनाएको छ । भिसाको र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको प्रमुख उमेश बस्नेतले जानकारी दिए । पुनः श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने जानकारी नभएको उनले बताए । पुन: श्रम स्वीकृति भने सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ । पुनः श्रम स्वीकृतिका लागि

    • प्रकाशित मितिः असार १८, २०७७
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •   महालक्ष्मी नगरपालिका द्वारा वृद्ध वृद्धाहरुलाई हट ब्याग र लौरो वितरण

    धनकुटा / धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकाले नगर क्षेत्र भित्र रहेका वृद्ध वृद्धाहरुलाई हट ब्याग र लौरो वितरण गरेको छ । पहिलो चरणमा २८० वृद्ध वृद्धाहरुलाई तातोपानि हालेर सेक्नको लागि प्रयोग गरिने हट व्याग वितरण गरिएको नगर प्रमुख परशुराम नेपालले बताए । उनका अनुसार यो अर्थिक वर्षमा सबै वृद्ध वृद्धाहरुलाई वितरण गर्न नसके पनि नगरपालिकाले आगामि आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । नगरप्रमुखले भने “नगर क्षेत्र भित्र रहनु भएका वृद्ध वृद्धाहरुलाई आथिर्क चापका कारण समस्या हुने भएकाले केही हद सम्म सहयोग पुगोस भन्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । ” &nb

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,852 पटक पढिएको
    • "दिवाकर सुवेदी "
  • वीपीमा दैनिक धर्ना र आन्दोलन

    धरान /  विगत तिन दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तलब सुविधाको विषयमा निरन्तर आन्दोलन चलिरहेको छ । गत असार १५ गते प्रतिष्ठानको ४३ औं संचालक परिषदले २० प्रतिशत सम्म तलब वृद्धि गर्ने निर्णय गरे सँगै विभिन्न चरणमा कहिले चिकित्सक, कहिले अधिकृत त कहिले हाउस अफिसरहरुले धर्ना, ज्ञापन पत्र बुझाउने गरिरहेका छन् । समितीले गरेको निर्णय प्रति आन्दोलन शुरु हुन थाले पछि प्रतिष्ठानले संशोधन पनि गर्नु परेको थियो । मंगलबार देखि विभिन्न समुहमा शुरु भएको धर्ना विहिबार पनि हाउस अफिसरहरुले धर्ना दिएका छन् । विगत ५ बर्षदेखि तलब वृद्धि नभएको र अहिले कर्मचारी, चिकित्सक सबैको

    • प्रकाशित मितिः असार १८, २०७७
    • 948 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनले लियो नवोदय विद्या मन्दिरको स्वामित्व

    धरान । गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको धरान १६ स्थित युएन कलेजले नवोदय विद्या मन्दिरको स्वामित्व पनि लिदै थप गुणस्तरिय सेवा दिने जनाएको छ । विहिबार कलेजले पत्रकार सम्मेलन गर्दै नवोदय विद्या मन्दिरको पुर्ण स्वामित्व लिदै समय सापेक्ष नयाँ ढङ्गबाट नयाँ व्यवस्थापनले गुणस्तरिय शिक्षामा जोड दिने बताएको छ । विगत ९ बर्ष देखी होटल म्यानेज्मेन्ट सहित उच्च शिक्षामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कलेजले स्वामित्वमा लिएको नवोदय विद्या मन्दिरको गुणस्तरिय शिक्षामा शंका नगर्न विद्यालयका प्रधानाध्यापक डम्बर कुमार तुम्बापोले बताए । उनका अनुसार विद्यालयको नाम परिवर्तन नहुने र शिक्षक शिक्षिकाहरु पनि परि

    • प्रकाशित मितिः असार १८, २०७७
    • 1,072 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको बजेट बहुमतले पारित

    विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनमा प्रस्तुत भएको विनियोजन विधेयक २०७७ बहुमतले पारित भएको छ ।मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथिको छलफल र त्यसमा मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्री तथा मन्त्रालयगत रुपमा प्रदेशका मन्त्रीबाट जवाफ आएसंगै बुधबारको संसद बैठकबाट सरकारको विनियोजन विधेयक बहुमतले पारित भएको हो । कांग्रेसले विनियोजन विधेयकमाथि रु. एक सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव राखेको थियो । यसको पक्षमा सांसद शेखरचन्द्र थापाले कटौतीको प्रस्ताब राख्दै त्यस विषयमा बोलेका थिए । उनले भने,“बजेटमाथिको सिद्धान्त र प्राथमिकता, न

    • प्रकाशित मितिः असार १७, २०७७
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ हजार ४६ पुग्यो

    आज थप ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।  थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रस व्रिफिङका क्रममा जानकारी दिए ।  पछिल्लो २४ घण्टामा थप १४६२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपाल

    • प्रकाशित मितिः असार १७, २०७७
    • 972 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सरकार सबैको चित्त बुझाएर अघि बढेको छ: मुख्यमन्त्री राई

    विराटनगर । मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत विनियोजनको विधेयकका शीर्षकमाथि उठेको प्रश्नको जवाफ दिएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा उनले सांसदले उठाएको प्रश्नको जवाफ दिएका हुन । चालू आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि अति नै थोरै बजेट रहेको स्पष्ट गरेका छन् । भने,“प्रदेश १ अब डिजिटल प्रदेश बन्ने तयारीमा रहेकोले मुख्यमन्त्री ड्यासबोर्डका लागि केही बजेट छुट्याइएको छ ।” यसैगरी झापाको प्रशिक्षण केन्द्र कलबलगुढी प्रदेश सरकार मातहत आएकोले त्यसमा केही बजेट राखिएको बताएका छन् । मन्त्रालयगत रुप

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,127 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभामा नेकपा प्रमुख सचेतक र कांग्रेस सचेतकबीच जुहारी

    विराटनगर । सत्तासीन नेकपाका प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र कांग्रेस सचेतक सूयर्माराज राईबीच रोस्टर्मबाट कटाक्ष हानाहान भएको छ ।सचेतक राईले सरकारको बजेट पुस्तक रातो किताबलाई ‘कालो किताब’ को संख्या दिएपछि प्रमुख सचेतक राजभण्डारीले “रातोलाई कालो देख्ने आँखामा रतन्धो लागेको भए प्रदेशसभामा आँखा जाँचको प्रबन्ध गरियोस” भन्दै सभामुखको ध्यानाकर्षण गरेका थिए । राजभण्डारीले भने,“रातो किताबलाई कालो देखिएको हो भने आँखा ठिक अवस्थामा छ कि छैन भने संसद भवनमा आँखा परीक्षण गर्ने व्यवस्था गरियोस ।” राजभण्डारीको कटाक्षलाई कांग्रेस सचेतक राईले बुधबारको बैठकको शु

    • प्रकाशित मितिः असार १७, २०७७
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लायन्स क्लब अफ धरानद्वारा रक्तदान कार्यक्रम आयोजना

    धरान/  विश्व कोरोना महामारीको विषम परिस्थितिको समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको वेला रगतको अभाव हुन नदिनका लागि धरानको लायन्स क्लब अफ धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स अफ धरानमा ६९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेलाई धरान ब्लड बैंकले धन्यवाद दिएको छ ।

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा २६ संक्रमित थपिए

    विराटनगर/ प्रदेश १ मा बुधबार २६ जना कोरोना संक्रमित थपिएका छन् । १४ जना महिला र १२ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०, मोरङ र इलाममा २–२, सुनसरी र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ६ महिला, १ पुरुष, बुद्धशान्तिमा २ महिला र ३ पुरुष, गौरादहमा ३ महिला ४ पुरुष, गौरीगञ्जमा १ पुरुष, मोरङको उर्लाबारी र केराबारीमा १–१ पुरुष, इलामको सुर्योदयमा २ महिला, सुनसरीको इटहरीमा १ महिला र ताप्लेजुङको फुङलिङमा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्र

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,047 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved