समाचार

    Showing 9,371-9,380 of 10,053 items.
  • साँस्कृतिक शहरको रुपमा पहिचान थपिदै धरान

    धरान । धरान बहुजातिय बहुसाँस्कृतिक शहरको रुपमा परिचित छ । यहाँका मठमन्दिर र समुदायको बसोबासले पनि धरानलाई साँस्कृतिक शहरको रुपमा पहिचान दिलाएको छ । यसै बिच किरातीहरुको सँस्कृति झल्काउने साँस्कृतिक सामग्री वाबु (चिन्डो) को प्रतिमा अनावरणले धरानको पहिचानलाई अझ मजबुत बनाएको छ । धरानको वडा नम्बर १८ को बुद्धचोकमा वाबुको प्रतिमा अनावरण गर्दै कार्यक्रमका प्रमुख अतिथी भाषाविद प्रा.डा. टंक न्यौपानेले प्राचीन सँस्कृतिको संरक्षण गरिएको र बहुसाँस्कृतिकपनमा मात्र राष्ट्रियता देखिने बताए । संघीय गणतन्त्रमा नेपाल प्रवेश गरेपछि देखिएको साँस्कृतिक चेतना र साँस्कृतिक विकासको उदाहरणको रुपमा अनावरण भएको चिण्डोला

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि

    इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्

    • प्रकाशित मितिः साउन १, २०७७
    • 893 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा स्मृति सभा

    धरान / धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा आज धरान १९ स्थित हरियाली सामुदायिक वन स्मृति सभा सम्पन्न भएको छ । नेकपाको धरान उपमहानगर कमिटीको आयोजनामा भएको सभा भन्दा अगाडी सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. सुब्बाको मुर्तिमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले मार्ल्यापण गरी श्रृद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया तामाङले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उधान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद

    • प्रकाशित मितिः साउन १, २०७७
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम पश्चिम हत्याकाण्ड जातिय बिभेद्कै कारण भएको संसदीय समितिको ठहर

     काठमाडौं । संसदीय विशेष समितिले गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको जघण्य अपराध जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ । ‘मृतक नवराज बिक र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ’ मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति

    • प्रकाशित मितिः साउन १, २०७७
    • 832 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विवादित रहेको धरान उपमहानगरको सातौँ नगर सभा सम्पन्न

     धरान / विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभा बुधबार सम्पन्न भएको छ । विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा मंगलबार सुरुभएको सभा बुधबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै बुधबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको छ । नगरसभाले आगा

    • प्रकाशित मितिः साउन १, २०७७
    • 980 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको विपी बाट बुधबार थप २ जना डिस्चार्ज

    धरान/  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २ जना आज बुधबार डिस्चार्ज भएका छन् । उनीहरु  सिरहा १ जना ,मोरङ १ जना गरी जम्मा २ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।  आज २ जना पुरुष  डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार २३ र २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा ११ जना उपचाररत छन् भने २५६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,८५५ पिसि आर परिक्षण गरिएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 723 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना ठिक हुने दर ९० प्रतिशत हाराहारी

    विराटनगर । प्रदेश १ मा कोरोना रोग ठिक हुने दर उच्च देखिएको छ । प्रदेश १ मा संक्रमण देखिएकामध्ये ९० प्रतिशत हाराहारीले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।प्रदेशमा भारत र तेस्रो देशबाट आएकाहरुमा नै अधिक मात्रामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या थपिने क्रममा समेत कमी आएको र रोग ठिक भई अस्पतालबाट डिस्चार्ज हुने दरसमेत बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमणलाई समुदायमा फैलनबाट रोक्न सरकार सफल भएको बताएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जबकी अस्पतालमा उपचारपछि ठिक भई घर फर्कनेको

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 782 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सागका पदक विजेता ८८ खेलाडी प्रदेश १ सरकारद्धारा सम्मानित

    विराटनगर/  प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ ज्ना गरि ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गर्नुभयोे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश स

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,696 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ५ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 811 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुधबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ६९७ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७  पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।  यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 662 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved