समाचार

    Showing 9,251-9,260 of 10,053 items.
  • सुनको मुुल्य वृद्धि हुँदा आज फेरी नयाँ रेर्कड

    काठमाडौं / सुनको मुल्य आज सोमबार वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । तोलामा एकैदिन १२  सय रुपैयाँले वृद्धि हुदाँ अहिले सम्मकै नयाँ रेकर्ड कायम भएको छ । हिजो आइतबार सुनको मुल्य तोलाको ९६ हजार तीन सय रुपैयाँ कायम भएको थियो । नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार सोमबार छापावाल सुुनको भाउ प्रतितोला १२ सयले बढेपछि तोलाको ९७ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै ,  चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च तोलाको १२ सय १० रुपैयाँ पुगेको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,431 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिराट शिक्षण अस्पतालका चिकित्सकको सम्पर्कमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर । गत साताको मंगलबार संक्रमण पुष्टि भएका बिराटनगरको एक अस्पतालका चिकित्सकको सम्पर्कमा आएका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । संक्रमण देखिएका चारै जना अस्पतालकै कर्मचारी रहेका छन् । पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेको रहेका छन् । पहिलोचर

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 945 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चालकको पिडा : हातमा दश जनाको ज्यान, गाडीमा उठेको भाडा भन्दा दोब्बर खर्च

    इलाम/ इलामको फाकफोकथुम गाउँपालिकाबाट सदरमुकामसम्मको बीस किलोमिटर सडक पार गर्न बीसै घण्टा लाग्ने गरेको छ । हिउँदमा चार घण्टामा आइपुगिने बाटो बर्षायाममा दिन बित्छ । सदरमुकामबाट पाँचथरको राँकेसम्मको कच्ची सडक छिचोल्न अढाइ घण्टा लाग्ने गरेपनि अहिले त्यति नै सडकमै सवारी कुद्न लामो समय लाग्छ । सडक समस्या हुनुको कारण भने हिलाम्मे सडक र सडक स्तरोन्नतिका नाममा सोलिङ भत्काए हुन थालेका हुन् । लामो समय लकडाउनका कारण यातायात सञ्चालन नभएर आवतजावतमा समस्या भोगिरहेका फाकफोकथुमका सर्वसाधारण लकडाउन खुलेसँगै यातायात सञ्चालन हुनेमा आशाबादी थिए । लकडाउनका कारण घरमै रहेका फाकफोकथुमबासी अहिले लकडाउन खुल्दा त्

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,047 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • तरकारी बजारमा आगलागी हुदा लाखौको क्षति

     धरान । तरकारी बजारमा आगलागी हुदा करिब २० पसल जलेर नष्ट भएको छ । सोमबार (आज) बिहानै धरान उपमहानगरपालिका-२ स्थित पालिका तरकारी बजारमा आगलागी हुँदा करिब २० बटा पसल जल्दा झण्डै ५० लाख बराबरको क्षति भएको छ। आगलागीबाट रमा चौहन खतीवडा, कल्पना तामाङको होटेल तथा फलफुल पसल, ज्ञान कुमारी श्रेष्ठको फलफुल तथा किराना पसल, लगायतका करीब २० वटा पसल पूर्णरुपले जलेर नष्ट भएको छ । करिब बिहान साढे ४ बजे तिर व्यावसायी रमा चौहान खतीवडाको कस्मेटिक पसलबाट विद्युत सर्ट भई आगलागी सुरु भएको स्थानीयको भनाइ छ । बिहान पसल खोल्न आईनपुग्दै आगाले सबैको पसल खरानी पारेको स्थानीयहरुले बताएका छन् । स्थानीयवासी, धरान उपमहा

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सप्तरीका उच्च अदालतका न्यायधिस सहित ७ जनामा कोरोना संक्रमण

    सप्तरी । सप्तरीको राजविराजस्थित उच्च अदालतका न्यायधिस सहित ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । राजविराज इजलासका न्यायाधिस, एक जना प्रहरीसहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतवार आएको परीक्षण रिपोर्ट अनुसार ५८ वर्षीय न्यायाधिस र ३२ वर्षीय प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ४ सय ३४ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । न्यायाधिस काठमाण्डौ निवासी हुन भने प्रहरी सिरहा निवासी रहेको कार्यालयका प्रमुख दुनीयालाल यादवले जानकारी दिए । उनका अनुसार केहीअघि मात्रै उच्च अदालत सरकारी वकिल कार्यालय राजविराजका प्रमुखमा संक्रमण पुष्टि भएपछि न्यायाधि

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “उपकुलपतिको कार्यकक्षबाट वी पीको तस्वीर नहटाइएको सरसफाईको क्रममा झिकिएको हो ”प्रतिष्ठान (विज्ञप्ति सहित)

    धरान / धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्य कक्षबाट विश्वेश्वर प्रसाद (वी.पी )कोइरालाको तस्वीर हटाइएको भन्ने समाचार बारे प्रतिष्ठानको गम्भिर ध्यानाकषर्ण भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाको हस्ताक्षर भएको एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री र राष्ट्रपतिको तस्वीर राख्ने क्रममा कोइरालाको तस्वीर सरसफाई गर्ने क्रममा निकालिएको र पुन : उचित ठाउँमा राखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा महामानव वी पी कोइरालाको नाममा रहेको प्रतिष्ठान हाम्रो गौरब रहेको र सो कुुरालाई प्रतिष्ठा

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,681 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोटरी क्लबअफ धरान घोपाले गर्यो वृक्षारोपण

    धरान । वातावरण संरक्षणका लागि रोटरी क्लब अफ धरान घोपाले आइतबार १ सय ५० वटा विरुवाहरु वृक्षारोपण गरेको छ । “वातावरण सरंक्षण, हामी गरौं वृक्षारोपण” भन्ने नारा सहित रोटरी क्लब अफ धरान घोपाले वृक्षारोपण कार्यक्रम गरेको हो । धरान–१५ स्थित शवदाह स्थल नजिकैको बमधारा परिसरमा मलेसियन साल, टिक, गोल्डमोहर, जामुन, अमला, पारिजात र बेल गरि करिब १ सय ५० वटा विरुवाहरु रोपिएको छ । रोटरी क्लबले वातावरण संरक्षणका क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्ने गरेको र रोपि सकेका विरुवाहरुलाई गोडमेल समेत गर्ने क्लबका अध्यक्ष राजेश अग्रवालले बताए । रोट्रयाक्ट क्लब अफ धरान घोपा र इन्ट्रयाक्ट क्लब अफ धरान घो

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,239 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशस्त्र प्रहरीका पाँच जना सहित नौ जनामा कोरोना पुष्टि

    इलाम / इलाममा छ जना सुरक्षाकर्मी सहित नौ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा पाँच जना सशस्त्र प्रहरी छन् भने एक जना नेपाल प्रहरीका हवल्दार रहेका छन् । क्वारेन्टाइनको सुरक्षार्थ खटिएका प्रहरीका हवल्दारलाई कोरोना संक्रमण भएको हो ।त्यस्तै भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष र क्वारेन्टाइनमा खटिएका एक कर्मचारीलाई समेत कोरोना पुष्टि भएको इलाम नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेलले जानकारी दिइन् । त्यस्तै माइ नगरपालिका–४ का २६ वर्षको पुरुषलाई समेत कोरोनाको पुष्टि भएको स्वास्थ्य कार्यालय इलामका बिमल बरालले जानकारी दिए । सदरमुकाम स्थित

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 739 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • समुदाय संक्रमण जोखिमसंगै विराटनगर बजारमा कडाई गर्ने निर्णय

    विराटनगर । विराटनगरमा सामाजिक दूरी र स्वास्थ्य सचेतनाका मापदण्ड कार्यान्वयनको कडा अनुगमन गरिने भएको छ ।महानगरपालिकामा आइतबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिन स्वास्थ्य सचेतना र सामाजिक दूरीमा भईरहेको हेलचेक्र्याईंलाई कडाइसाथ लागू गराउने निर्णय गरेको हो । मेयर भीम पराजुलीका अनुसार कार्यालयमा हुने भींडले संक्रमणको दर उच्च बढ्न सक्ने भएकोले केही समय अत्यावश्यक सेवा बाहेक सामान्य सेवाका काम बन्द गर्ने निर्णय गरेको छ । तत्कालका लागि घरनक्सा पास गर्ने, सामाजिक सुरक्षा भत्ता वितरण र कार्ड नविकरण जस्ता काम स्थगन गरिने भएको छ । महानगरका प्रमुख भीम पराजुलीले भने,&ld

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 817 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ३१ संक्रमित थपिए

    विराटनगर–प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ । प्रदेश १माआज १२ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमाउपचाररत ८ महिलार ४ पुरुष डिस्चार्ज भएकाहुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ७ सय ४७ पुगेको छ ।

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 849 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved