इटहरी । इटहरीमा काेराेना संक्रमितको संख्या थपिदै गएको छ । इटहरीमा शुक्रबार एकमा संक्रमण पुस्टी भएकाे छ । इटहरी १९ का ४५ वर्षीय पुरूषमा संक्रमण पुस्टी भएकाे हाे । गत २५ गते स्वाव संकलन गरिएको थियो । शुक्रबार बिहान आएको रिपाेर्टमा एकजनामा काेराेना संक्रमण पुस्टी गरेकाे इटहरी अस्पतालले जनाएकाे छ । याे संगै इटहरीमा काेराेनाबाट संक्रमित हुनेहरूकाे संख्या ४७ पुगेकाे छ । इटहरीमा पछिल्लाे समय काेराेना संक्रमणहरूकाे संख्या ह्वात्तै बढदै गएकाेले लकडाउनलाइ पालना गरी घरमै बस्न र उच्च सतरकता अपनाउन इटहरी उपमहानगरले आग्रह गर्दै आएको छ । बिहीबार मात्रै इटहरीमा एकै दिन १३ जनामा काेराेना संक्रमण पुस्टी भएपछि
धरान । समुदाय मा कोरोना संक्रमण फैलिदै गए पछि धरान उपमहानगरपालिकाले सुरु गरेको मास टेस्टिङ्को क्रममा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १९ की ३३ वर्षीय एक महिला र इटहरी ८ ठेगाना उल्लेख गरिएको ३० वर्षीय पुरुष रहेका छन् । धरानमा कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । मास टेस्टिङको क्रममा लिएको स्वाब संकलन नतिजामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
निर्वाचनका क्रममा घरदैलो गरेदेखि स्थानीय जनप्रतिनिधि वडाको कामकाजमै व्यस्त देखिए । तर बिहीबार वडा कार्यालय बन्द गरी वराहक्षेत्र वडा नं. १ र २ का जनप्रतिनिधि घरदैलोमा निस्किए । वराहक्षेत्र नगरपालिकामा कोरोना संक्रमण बढेपछि स्थानीयलाई सचेतना जगाउन जनप्रतिनिधि सुरक्षा निकायसँगै खटिए । वराहक्षेत्र नगरपालिकाको वडा नं. १ र २ ले वडा कार्यालयको सम्पूर्ण कामकाज आगामी ३ दिनका लागि बन्द गरेको छ । छिमेकी वडा नं. ५ मा संक्रमण देखिएपछि संक्रमण रोक्नका लागि वडा कार्यालयलसँगै बजार बन्द गर्न वडाध्यक्षद्वय आफैं आह्वान गर्दै घरदैलोमा पुगेका हुन् । बिहीबार दुवै वडाका वडाध्यक्ष, प्रहरी प्रशासनको टोलीले स्थानीय ब
विराटनगर । विराटनगर महानगर क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ । विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो । महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । विराटनगरमा विहीबार ६० जनामा कोरोना संक्रमण देखिएको छ । कूल संक्रमितको ४१५ पुगेको छ । कोरोनाबाट विराटनगरमा मात्र पाँच जनाको ज्यान गईसकेको छ ।
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् भने २जना नया संक्रमित थपिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा ३ सय २२ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा २२ ,१०८ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा १ जना ८५ बर्षकी महिलाको मृत्यु भएको छ ।
काठमाडौ २०७७ श्रावण २८ बुधबार / आज थप ५ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ जना पुगेको छ । नेपालमा मृतकको संख्या ९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० सय ९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ जना जना रहेका छन् ।
विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका एउटा उद्योगमा कार्यरत ३० जना मजदुरमा एकै पटक कोरोना संक्रमण देखिएको छ । मोरङको बुडीगंगा गाउँपालिका वडा नम्बर १ मा संचालित आरती आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यो उद्योग भारतीय लगानीको हो । यहाँ अधिकांश कामदार भारतीय नै छन् । बुढीगंगा गाउँपालिका विराटनगरको छिमेकी पालिका हो । पहिले दुई मजदुरमा कोरोना देखिएको थियो । पछि उपल्लास्तरका एक कर्मचारी र मजदुरसमेत ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुढीगंगा गाउँपालिकाका अनुसार उद्योगमा कार्यरत डेढ सयभन्दा धेरैको स्वाब परीक्षण गरिएको थियो । हाल उद्योग शिल
विराटनगर, साउन २९ प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० वेड क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ । केही दिन अगाडि मात्र थप आइसोलेशन बेडहरुको व्यवस्था गर्न प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन
इलाम इलामको सन्दकपुर गाउँपालिकाको चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । एक जना जनप्रतिनिधि सहित तीन जना हाइड्रो पावरको कर्मचारीमा कोरोनाको संक्रमण देखिएको हो । ५० जनाको स्वाब परिक्षण गर्दा ५५ बर्षका जनप्रतिनिधि सहित पञ्चकन्या हाइड्रो पावरको ५०, ३५ र २७ बर्षका कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको गाउँपालिको स्वास्थ्य शाखाका कोभिड १९ का फोकल पर्सन मनोज धुर्जारले जानकारी दिए । उनीहरुलाई सदरमुकाम स्थित जिससको आइसोलेसनमा राख्ने तयारी भइरहेको धुर्जारले बताए । सन्दकपुर गाउँपालिकामा रहेको पञ्चकन्या हाइड्रो पावरको क्यानल पहिरोको जोखिममा परेपछि त्यसको अध्ययनको लागि काठमाण्डौबाट आएको टोलीम
विराटनगर, २९ साउन । प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ