समाचार

    Showing 8,751-8,760 of 10,051 items.
  • इलाममा ७ थान बन्दुक भेटियो

    इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,106 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

    सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 981 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बर्षिय दलित बालिकालाई जातिय विभेद गर्दै कुटपिट गर्ने विरुद्ध प्रहरीले लियो उजुरी

     धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,333 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शंकास्पद मृत्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना पक्राउ

    धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 4,485 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए

    विराटनगर, २४ भदौ । प्रदेश १ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष,

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 878 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पुन  : थपिए १० संक्रमित

     इटहरी । पछिल्लाे १२ घण्टा यता सुनसरीकाे इटहरीमा पुन: १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इटहरी उपमहानगरकाे स्वास्थ्य शाखाका अनुसार बुधबार साछ ५ बजे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएकाे जनाएकाे छ । थपिएका १० जनामा इटहरी वडा नं १ का १ जना - २३ वर्षिय पुरुष, वडा नं ३ मा -१ जना २६ वर्षिय पुरुष,इटहरी ४ का १ जना २९ बर्षिय पुरुष, इटहरी ५ मा २ जना - ५६ वर्षिय महिला, ६५ वर्षिय पुरुष, इटहरी ९ का ३ जना- २१,५५ वर्षिय महिला र ५९ वर्षिय पुरुष,इटहरी २० का १ जना- ३७ वर्षिय पुरुष रहेका छन । बुधबार बिहान नै इटहरीमा १२ जना संक्रमित थपिएका थिए ।साझ थपिएका १०जना सहित इटहरीमा काेराेनाबाट संक्रमित हु

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 616 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा वीपी कोइरालाको ७ फिटको सालिक अनावरण

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिषरमा जननायक वीपी कोइरालाको सालिक अनावरण गरिएको छ । कोइरालाको १ सय ७ औं जन्मजयन्ती तथा प्रतिष्ठानको २७ औं स्थापना दिवशको अवसरमा कोइरालाको सालिक अनावरण गरिएको हो । प्रतिष्ठान स्वर्गीय कोइरालाकै स्मृतिमा स्थापना भएको थियो । बुधबार प्रतिष्ठानको ओपडी भवन अगाडीको खाली पार्कमा जननायक कोइरालाको ७ फिटको सालिक अनावरण गरिनुका साथै विविध कार्यक्रम पनि गरिएको छ । सालिक अनावरण प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गीरीले गरेका थिए । उक्त शालिक कलाकार तथा मुर्तिकार बिक्रम श्रीले बनाएका हुन् । सालिक निर्माणमा ६ लाख रुपैंया खर्च भएको जनाएको छ । उपकुलपत

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापमा खोलाले बगाएर बालकको मृत्यु

    विराटनगर । झापाको कनकाई नगरपालिका ९ मा अवस्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन । आज दिउँसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 571 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा खुकुलो बन्दैछ निषेधाज्ञा बजार खुल्न थाले

    विराटनगर । कोरोना रोग नियन्त्रणमा पूर्ण लकडाउनको साटो संक्रमण देखिएको स्थान केन्द्रीत नियन्त्रण गर्ने ‘रंगेली मोडेल’ को खुबै चर्चा भयो । रंगेलीमा एक्कासि धेरै संक्रमित फेला परेपछि नगरपालिकाले आफ्नै आईसोलेसन बनायो । अहिले संक्रमण शून्यमा झरेको छ । संक्रमित भएका १२२ जना नै निको भई घर फर्किसकेका छन । रंगेलीका मेयर दिलिप बगडिया भन्छन्,“पूर्ण लकडाउन र निषेधाज्ञा भन्दा पनि संक्रमण देखिएको स्थान केन्द्रीत गरी संक्रमण नियन्त्रणको उपाय अपनायौं ।” लामो समयको लकडाउन र निषेधाज्ञाबाट स्थानीय तह पछि हट्न थालेका छन । मोरङको पथरीशनिश्चरे नगरपालिकाले लकडाउन हटाएको छ । पथरीशनिश्चरेका मे

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनका कारण धरानमा ४० प्रतिशतले मासुको व्यापारमा गिरावट

    धरान भदौं २४/  विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,298 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved