प्रतिनिधि तश्वीर
विराटनगर । झापाको कनकाई नगरपालिका ९ मा अवस्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका–९ घैलाडुब्बाका १५ बर्षीय गोबिन्द साह रहेका छन । आज दिउँसो भैसीलाई पानी खुवाउनका लागी खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो ।
स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।