समाचार

    Showing 8,601-8,610 of 10,050 items.
  • प्रदेश १ मा आज १ सय ८१ संक्रमित थपिए

    विराटनगर / प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा ५१ महिला र ७९ जना पुरुष रहेका छन् । मोरंगको कटहरीमा ८ महिला ९ पुरुष, बुढीगंगामा ३ महिला ११ पुरुष, जहदा र धनपालथानमा २–२ पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको दुहवीमा १ मह

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चार फोटो प्रतियोगी सम्मानीत

      इलाम विश्व पर्यटन दिवसको अवसरमा इलाम नगरपर्यटन समितिको आयोजना र नेपाल फोटो पत्रकार महासँघ इलाम शाखाको सहआयोजनामा भएको फोटो प्रतियोगितामा मौसम किसोर राईको फोटो प्रथम भएको छ । त्यस्तै गरी सुन्दर मैनालीको दास्रो, विमला गुरुङ तेस्रो भएको छ । प्रतियोगीतामा प्रथम दोस्रो र तेस्रो भएको फोटो प्रतियोगिलाई क्रमस दश, पाँच र चार हजार रुपैया र दोसल्लाले सम्मान गरिएको छ । प्रतियोगितामा इलाम नगरपालिका भित्रका तस्विर मात्र समावेस भएका थिए । त्यस्तै वेष्टआर्ट फोटो ग्रफि तर्फ इलाम नगरपालिकाका आदित्य पौडेल, इलाम नगरपालिका ३ पुवामझुवाका भक्त गुरुङ, र इलाम नगरपालिका ७ का माधव लुईटेलका फोटाले पाएको छ ।

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,333 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सहयोग पाए उपचार गर्ने आशामा कडा रोगका बिरामी

    इलाम / २०७६ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओली दास्रोपटक मृगौला प्रत्यारोपण गर्न त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना भए । प्रधानमन्त्री ओलीले यो दोस्रो मिर्गौला प्रत्यारोपण थियो । आफ्नो मृगौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीको २०६३ मा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनको पहिलो पटकको उपचार नेपालमा नभएपनि दोस्रो पटकको उपचार भने नेपालमानै भएको थियो । दोस्रोपटक मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई अहिले कुनै समस्या छैन । तर मृगौला रोगले पिडित आफ्नैै देशका गरीव जनता उपचारको लागि सहयोग पाए उपचार गर्ने, नपाए रोगकै कारण अकालमा ज्यान फाल्न

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 828 पटक पढिएको
    • "भगीरथ भण्डारी "
  • होटल व्यवसायी सँग मौद्रिक नीतिबारे छलफल

    धरान । सरकारले ल्याएको आर्थिक नीति र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको विषयमा धरानका होटल व्यवसायी सँग छलफल भएको छ ।कोरोना संक्रमणका कारण बन्दाबन्दीको समयमा सरकारको आर्थिक नितीबाट होटल व्यवसायी पाउने राहत र कर्जाका विषयमा छलफल भएको हो । होटल व्यवसायी समिति धरानले आयोजना गरेको छलफलमा बैंकबाट ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुलाई परेको मार्का र त्यसबाट सहजता पाउने विषयमा व्यवसायीहरुले छलफल चलाएका थिए । प्राइम कमर्सियल बैंकका प्रदेश नं. १ का प्रमुख दिमन श्रेष्ठले व्यवसायीका हितमा राष्ट्र बैंकले ल्याएका पुनर्कर्जा, कर्जा समायोजन, व्याज अनुदान, बिना धितो पाइने कर्जाका विषयमा जानकारी गराएक

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इक्सा अभिनित म्युजिक भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक

    धरान । धरानबाट मोडलिङ यात्रा शुरू गरेकी इक्सा मादेन अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मुन्धुमी गायक ब्रबिन शेमा ‘चेसुङ’ र गायिका सीता सिङ्घकको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मदन पुरस्कार बिजेता कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको गीतको भिडियो ओरिजिन नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।मनदेखि लगाएको माया कति अमर हुन्छ भन्ने आशय बोकेको भिडियोमा विगतका दिनहरूलाई सम्झी प्रदेश गएको प्रेमी आउने बाटो हेर्दाहेर्दा वर्षौं बितेको तर माया कहिले नघटेको कुरा देख्न सकिन्छ । भिडियोमा प्रेमको परिभाषा के हो भन्ने देखाउन खोजिएको छ । भ

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,197 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्यालेन्ट हन्टबाट २३ जना बास्केटबल खेलाडीलाई शैक्षिक छात्रवृत्ति

    धरान । वर्षेनी ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरी बास्केटबल खेलाडीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको धरान बास्केटबल संघले यस वर्षको ट्यालेन्ट हन्टाबाट २३ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बास्केटबल खेल सँगै शिक्षामा पनि खेलाडिहरुलाई अघि बढाउन संघले विगत १५ वर्ष देखि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरी उत्कृष्ठ ठहरिएका खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । यस वर्षको एक महिना भएको ट्यालेन्ट हन्टबाट धरानका विभिन्न कलेजहरुमा २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रदेश नम्बर १ का मुख्य बास्केटबल प्रशिक्षक विक

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,240 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यातायात व्यवसायी सँग तत्काल कर असुल नगर्न उच्च अदालतको आदेश

    धरान । लकडाउनको समयमा थन्किएका सवारी साधनको सवारी कर र रुट इजाजत दस्तुर छुट दिने व्यवस्था संघीय सरकारले गरे पनि प्रदेश सरकारले अटेर गरे पछि यातायात व्यवसायीले दिएको निवेदनमा तत्काल कर असुल नगराउन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । यातायात व्यवसायीहरु हिरा उदास, नेत्र थापा र हरि थापाले प्रदेश सरकार विरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए । उनीहरुले प्रधानमन्त्री कार्यालयको असार १५ गतेको पत्र अनुसारको निर्देशन र प्रदेश सरकारको आर्थिक ऐनको अनुसुचि २ को दफा ३ को उपदफा ६ (क) बमोजिम सवारी कर छुट दिनुपर्ने व्यवस्था कार्यान्यवन नगरिएको भन्द्र प्रदेश सरकार विरुद्ध निवेदन दिएका थिए । निवेदन माथि न

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्यौलमा शैक्षिक संस्था

    इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनले भने ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 1,058 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • लकडाउनमा थन्किएका सवारी साधन ऋण काढेर मर्मत गर्न व्यवसायी बाध्य

    धरान । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकराले जारी गरेको लकडाउनका कारण विगत ६ महिना देखि लामो तथा छोटो दुरीका सवारी साधनहरु ठप्प रहे । ग्यारेजमा थन्किएका सवारी साधनहरु यातायात व्यवसायीहरुको पहलमा सरकारले असोज १ गते देखि सवारी सञ्चालन गर्न अनुमति दिए सगै सडकमा यात्रु वाहक सवारी फाट्ट फुट्ट देखिन थालेका छन् । सवारीहरु सञ्चालन गर्ने अनुमति पाए पनि जनमानसमा संक्रमणको त्रास अझै सम्म पनि कायमै रहेकाले सवारीमा यात्रुको संख्यामा भने कमि देखिने गरेको छ । नेपालमा सार्वजनिक यातायात क्षेत्रले प्रत्यक्ष १० लाख र अप्रत्यक्ष रुपले ५० हजार जनाको जीजव निर्वाह गर्ने ग

    • प्रकाशित मितिः असोज ११, २०७७
    • 951 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • महिला सन्ञ्जालमा चेतना श्रेङ

    धरान । धरान क्षेत्रमा रहेका महिला संघसस्थाहरुको साझा संगठनको रुपमा रहेको महिला संजाल धरानको पाचौं अधिवेसनबाट अध्यक्षमा चेतना श्रेङ निर्वाचित भएकी छिन् । अघिल्लो समितीको वरिष्ठ उपाध्यक्ष रहेकी श्रेङ नयाँ कार्यसमितीमा अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । समितीको वरिष्ठ उपाध्यक्षमा सपना राई निर्वाचित भएकी छिन् भने कार्यसमितीको प्रथम उपाध्यक्षमा कोपिला भट्टराई द्वितीय उपाध्यक्ष यशोदा कायस्थ निर्वाचित भएकी छिन् । त्यसै गरि समितीको सचिवमा लहरु माया जिमी निर्वाचित भएकी छिन् भने सहसचिव पदमा निर्मला शाक्य र सिता मगर चयन भएका छन् । समितीको कोषाध्यक्षमा सकुन्तला भुषाल र सहकोषाध्यक्षमा निर्मला नेपाल

    • प्रकाशित मितिः असोज १०, २०७७
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved