सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आज जेष्ठ ७ गते धरानका उद्योगी व्यवसायी र बैंकर्सहरुबीच छलफल कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उद्योगी व्यवसायीका तर्फबाट धरानका बैंकका प्रमुखहरुको उपस्थिति रहेको थियो । अध्यक्ष सापकोटाले यस छलफल कार्यक्रमबाट प्राप्त सुझावहरुलाई सम्बन्धित बैंकहरुले केन्द्रीय कार्यालयमा सुझावका लागि प्रेषित गर्न र संघले समेत सहजिकरण गर्ने बताए । धरान उपमहानगरपालिकाका उद्योग प्रवद्र्धन समितिका संयोजक कृष्णकुमार अग्रवालले हाल बैंकहरुले तरलतालाई मध्य नजर गर्नुपर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत धरान उपमहानगरपालिक
काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । आज भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । अब सबै सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम पनि नयाँ संस्करणको नेपाली नक्सालाई नै प्रचलनमा ल्याइने मन्त्री अर्यालले बताइन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र पनि समेटिएको छ । मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् । साथै उनले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न आग्रह गरेकी छिन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्ग
विराटनगर, ७ जेठ । प्रदेश १ बाट आज थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका मोहम्वद ४६ वर्षीय इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद, २२ वर्षीय सलमान खान, २५ वर्षीय मलिन खान , ६६ वर्षीय मुस्तकिन र १८ वर्षीय गुड्डु आलम रहेका छन् । आज डिस्चार्ज भएका ५ जना भारतीय नागरिकलाई विराटनगर १५ को रानी मरकज क्वारेन्टाईमा र उदयपुरका ३ जनालाई भुल्के पठाईएको कोभिड अस्पतालका जनस्वास
झापाको कचनकवल गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि विलम्ब नगरी गाउँपालिकाका पाँचवटा वडाहरू सिल गरियो । आउजाउमा कडाइ गर्ने, क्वारेन्टाइनको निगरानी र अति आवश्यक सेवाबाहेक सबै बन्दाबन्दी । भारतबाट कचनकवल छिरेका ९ जनामा एकै पटक मंगलबार र सोमबार एक जनामा कोरोना संक्रमण पुष्ट भएको छ । ‘‘रोगलाई वस्तीमा फैलन नदिन र रोक्न जोखिमयुक्त वडालाई सिल गर्ने निर्णय गरेका छौं,’’ कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने,‘‘ मुख्यतःसंक्रमण फैलन नदिने र बाहिरबाट आएका मानिसलाई क्वारेन्टाइनमा लग्ने काममा हामीले ध्यान केन्द्रीत गरेका छौं ।’’ भारतस
काठमाडौँ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा बुधबार दिउँसो २:१५ बजे औपचारिक रुपमा सार्वजनिक गर्न भएको छ । नक्सा सार्वजनिक कार्यक्रमको नेपाल टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गर्ने भएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।जारी हुन लागेको नेपालको नयाँ नक्सा अनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर हुने छ । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको भूमि व्यवस्था, सहकारी तथा गरिबी
नेपालमा पहिलो पटक भर्च्युअल विश्व कवी सम्मेलन हुने भएको छ । अनलाईन डीजिटल माध्यमबाट विश्वभर छरिएर बसेका नेपाली कवि र श्रोताहरुलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना गरिएको आयोजक जेभियर इन्टरनेसनल स्कुलरकलेजका भाइस( प्रीन्सिपल दिपेन दाहालले जानकारी दिए। क्ष्ुुमेरो कविता र मुु शिर्षकमा आयोजना हुने सम्मेलन यहि जेठ ९ गते शुक्रबार दिउँसो १स्ण्ण् बजे देखि प्रत्यक्ष प्रसारण हुनेछ । यस सम्मेलनमा देश( विदेशबाट धेरै कवि र श्रोताहरुको अनलाईन उपस्थिति रहने छ। सम्मेलनमा सहभागिताका लागि अनलाइन फाराम भर्न सकिनेछ क्ष्त्यसका लागि मष्नष्तबउियझद्दण्द्दण्२नm
धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो । परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् । यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।
विराटनगर । १ नम्बर प्रदेशको बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । प्रदेशसभाको बैठकमा सहभागी हुने सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षा प्रबन्धमा खटिने सुरक्षाकर्मी र पत्रकारको थ्रोट स्वाब संकलन गर्ने प्रदेशसभाले तयारी गरेको हो । जेठ १४ गतेदेखि प्रदेशसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । कोरोना भाईरसको परीक्षण गरेर मात्र प्रदेशसभा बैठक संचालन गर्ने तयार भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठक शु हुनु अगावै परीक्षण प्रतिवेदन प्राप्त हुने गरी प्रदेश सरकारमार्फत सबैको स्वाब परीक्षणको व्यवस्था गरिएको पराजुलीले बताए । जसअनुसार
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ
नेपालमा आजमात्रै थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमितहरु झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी जम्मा २७ जना संक्रमण पुष्टि भएको हो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।