विराटनगर/ प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् । मोरंगको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा
विराटनगर । संयुकत राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) ले प्रदेश १ सरकारलाई रु. ७५ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई ती स्वास्थ्य सामग्री तथा उपकरण सोमबार हस्तान्तरण गरिएको छ । युएनडीपीले पीसीआर परीक्षणमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायत समग्री सहयोग गरेको हो । एक कार्यक्रमबीच सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीलाई युएनडीपीका प्रदेश १ र २ का कार्यालय प्रमुुख धनबहादु
वराहक्षेत्र / खानेपानीको अभावकै बीच परिपूर्ति गर्दै आएका सप्तकोशीको किनारमा रहेका वराहक्षेत्र नगरपालिका १ र २ का वासिन्दालाई ३० वर्षसम्मका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले काम शुरु भइरहेको छ । १ नम्बर प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन नं. ३ इटहरीमार्फत २ करोड १४ लाखको लगानीमा साढे ४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिरहेको छ । ०७६ माघ ३ मा टेण्डर भई निर्माणको काम शुरु भइरहेको डिभिजन प्रमुख इञ्जिनियर प्रमोद दत्तले जानकारी दिए । ‘२ वर्षभित्र सम्पन्न गर्ने गरी ओभरहेड ट्याङ्क निर्माण भइरहेको छ, इञ्जिनियर दत्तले भने, ‘प्रदेश १ सरकारको
विराटनगर । प्रदेश १ मा आइतबा ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २ सय ६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १ सय ४ पुरुष छन् । मोरंङको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगे
विराटनगर । सीमा नाका बन्द भएपनि भारतबाट नेपालतर्फ हुने तस्करीमा भने कमी आउन सकेको छैन । मोरङ र सुनसरीका सीमा नाकामा दसैं नजिकिएसंगै विभिन्न सरसामान तस्करी हुने क्रम पनि बढेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार अवैध रुपमा भन्सार छली गरी लुकाई पिपाई ल्याएको करिब रु. ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामग्री प्रहरीले बरामद गरेको छ । भारतबाट अबैध रुपमा विराटनगरको रानीको सिमा क्षेत्रबाट ल्याउँदै गरेको करिव रु. ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्न सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर १७ मटेरुवा स्थित चुलिया देबी साहको घरमा अवैध
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका ११ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।प्रहरी दिवशको अवसर पारेर विभिन्न क्षेत्रमा रही योगदान पुर्याउने ति व्यक्तिहरुलाई सुनसरी प्रहरीले सम्मान गरेको हो । सम्मानित हुनेहरुमा अपराध अनुसन्धान तर्फ सहयोग गर्नेहरु इनरुवा नगरपालिका–३ का रोहित निरौला, भोक्राहा नरसिंह गाउँपालिका–७ का रमेश यादव, इनरुवा नगरपालिका–३ का जिनियस निरौला रामधुनी नगरपालिका–१ कि रुमा रिजाल र इटहरी उपमहानगरपालिका वडा न–६ का जिवन पराजुली रहेका छन् भने निर्माण तर्फ सहयोग गरेकोमा सुनसरीबाट परवेज आलम, इनरुवा नगरपालिका&ndash
इलाम । पर्यटकीय नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु गरेका थिए । होटल शुरु गरेको छ महिना वित्न नपाउँदै गएको चैत ११ गते देखि भएको लकडाउनसंगै होटल पनि बन्द भयो । होटल सञ्चालन शुरु भएको छ महिना वित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन ।
विराटनगर । विराटनगर महानगरपालिकामा दैनिक औसत ढेड सयको संख्यामा कोरोना संक्रमित थपिने गरेका छन । पीसीआर परीक्षणको नजिता ढिलो आउनाले सर्वसाधारण समस्यामा परेका छन । स्वाब दिंदा ६ दिनसम्म कुनुपर्ने बाध्यता भएकै बेला समस्या समाधान गर्न भन्दै महानगरकै संयोजनमा उद्योगी–व्यवसायी, सांसद तथा राजनीतिकर्मीले सहयोग गरी कोसी अस्पताललाई पीसीआर र एक्ट्राक्ट मेसिन हस्तान्तरण गरे । ७६ लाख रुपैया संकलन गरी दिएको दुईवटा मेसिनको अस्पतालले सदुपयोग नै गर्न सकेको छैन । मेसिनको क्षमता अनुसार संचालन नहुँदा पीसीआर परीक्षण गराउने सर्वसाधारणलाई झन् सास्ती भएको छ । कोसी अस्पतालले दुबै मेसिनलाई पूर्ण क्षमतामा संचालन
धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।
धनकुटा/ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् धनकुटा ईन्चार्ज हेमराज भण्डारी सहित चार जनाले धनकुटाको चौबिसे गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेका छन् । नेकपा नेता भण्डारी सहित चौबिसे गाउँपालिका–३ का पूर्ण लिम्बू, खोटाङका यादव राई र दोलखाका डिल्ली बराईलीले एम्बुलेन्स खरिद गरी चौबिसे गाउँपालिकालाई प्रदान गरेका हुन् । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपा घर भएका नेता भण्डारी पहिलो संविधानसभाका सदस्य समेत हुन् । भण्डारी सहित लिम्बू, राई र बराईली पनि काठमाडौं बस्दै आएका छन् । उनीहरुले आफ्नै लगानीमा करिब १३ लाख मूल्यको एम्बुलेन्स खरिद गरी गाउँपालिकालाई प्रदान गरेका हुन् ।