विराटनगर । भोलिदेखि विराटनगरमा बजार मध्यान्न १२ बजेसम्म खुल्ने भएको छ । विराटनगर महानगरपालिकाभित्रका ब्युटिपार्लर,सैलुन र होटलबाहेकका अन्य सबै पसल तथा ब्यवसाय खोल्न दिने निर्णय भएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर बजार तथा पसल खोल्न दिनुपर्ने माग गर्दै आएका थिए । विराटनगर महानगर क्षेत्रमा बिहानदेखि दिउँसो १२ बजेसम्म पसल खोल्न पाइने बुधबार निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाएर बजार खोलाउने निर्णय गरेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिएका छन् । बजार क्षेत्रमा सामाजि
विराटनगर । विराटनगरको भारत सिमावर्ती वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र संचालनमा ल्याएको छ । वडा नं. १६ दरैया बस्तीमा स्वास्थ्यकेन्द्र स्थापना गरेको गरिएको हो । यसको शुभारम्भ आज विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् । यो भारतसंग जोडिएको वडा पनि हो । स्थानीयमा स्वास्थ्य सेवाको पहँुच बढाउने उद्देश्यसाथ स्वास्थ्यकेन्द्र स्थापना गरिएको मेयर पराजुलीले जानकारी दिएका छन् । भने,“स्वास्थ्य केन्द्र नहुदा विशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना गरेका हौं ।” स्वास्थ्य चौकी खुलेसंगै स्था
रंगेली रंगेली नगरपालिका पनि पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । भारत बाट आएर जनता मा बि को क्वारेन्टाइन मा बस्दै आएका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरू रंगेली नगरपालिका वाड नम्बर ३का २७ र ९ का ३७ वर्षीय भएको रंगेली नगरपालिकाका मेयर दिलिप वगडियाका स्वकिय सचिव करन ठाकुरले जानकारी दिएका छन । उनका अनुसार उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा लैजाने तयारी भइरहेको जनाएका छन । यो सगै मोरङ जिल्लामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । यसअघि रतुवामाई नगरपालिकाका दुई जना पनि संक्रमण पुष्टि भएको थियो ।
धनकुटा, २१ जेठ ÷धनकुटाको सहिदभूमि गाउँपालिकामा एक जना युवामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मजदुरीको गर्ने क्रममा भारतको उत्तर प्रदेशबाट घर फर्किएका २४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । गएको जेठ १३ गते उनीसँगै सहिदभूमि घर फर्किएका चार जना मध्ये स्वाब परिक्षणको क्रममा २४ वर्षीय पुरुषको रिर्पोट पोजेटिभ आएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । कोरोना पोजेटिभको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि हुन भने बाँकी रहेको छ । उनीसँगै क्वारेन्टाइनमा रहेका अन्य तीन जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सहिदभूमि गाउँपालिकाका ती युवामा कोरोना पोजेटिभ देखिएसँगै धनकुटा
काठमाण्डौं नेपालमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या २३०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार नयाँ संक्रमितहरु मध्ये जना पुरुष १७९ र२२ जना महिला रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए । उनको १५ गते कोरोना परीक्षणका लागि
विराटनगर । लामो समयको लकडाउनका कारण उद्योगधन्दा र व्यापार व्यवसाय नै चौपट भई आर्थिक रुपमा टाट पल्टने अवस्था भएको भन्दै प्रदेश १ को राजधानी विराटनगरको बजार खुलाउन माग भएको छ । विराटनगरका उद्योगी तथा व्यवसायीले निश्चित नियम बनाएर स्वास्थ्य जोखिम नहुने गरी बजार खोल्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गरेका हुन । उद्योगी र व्यवसायीका संस्थाले पनि कोरोनाका कारण विषम परिस्थिति उत्पन्न भएपनि लामो लकडाउनले आर्थिक क्षेत्र नै तहस नहस हुने अवस्था आएकोले बजार, व्यवसाय र व्यापार सहज गराउने विषयमा सरकराले निर्णय लिनुपर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्रकुमार खड्क
विराटनगर । विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरु दिन तोकेर मात्र संचालन हुँदै आएका थिए । विराटनगरमा ठूला बैंकका एक भन्दा अघिक शाखा रहेपनि कुनै एक क्षेत्रको मात्र खुल्दा सवाग्रहीको ठूलो घुइँचो र भिंडभांड हुने गरेको थियो । प्रदेश राजधानी विराटनगरमा २७ वाणिज्य बैंक, १० वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीका शाखा छन् । विराटनगरमा कतिपय ठूला बैंकका चारवटासम्म शाखा छन् भने फाइनान्सका समेत एकभन्दा बढी शाखा छन । नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले बुधबारबाट विराटनगरमा बैंकका सबै शाखा खुलेको जानकारी दिदैं भने,“आर
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका ७ जना संक्रमित भेटिएका हुन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् । क्वारेन्टाइनमा ५१ जना बस्दै आएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएपछि आइसोलेसनमा लाने तयारी भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए ।
पुवाखोला–१ हाइड्रोपावरले उत्पादन गृहमा कार्यरत कर्मचारीलाई लामो समयदेखि तलब र अन्य सेवासुविधा नदिएको गुनासो छ ।इलाम नगरपालिका र देउमाई नगरपालिकाको बीचमा रहेको पुवाखोलामा तीन वर्षअघि निर्माण सम्पन्न भएको हाइड्रोपावरले २२ महिनादेखिको तलब नदिएको कर्मचारीहरुले गुनासो गरेका छन् । लामो समयदेखि कार्यरत कर्मचारीहरुलाई हाइड्रोपावर कम्पनीले छ महिनादेखि एक वर्षको अन्तरालमा दुई महिनाको तलब खातामा लगाइदिने गरेको कर्मचारीहरु बताउँछन् । यसरी कहिले काही मात्र थोरै तलब दिने गरेकाले झण्डै दुई वर्षको तलब आफूहरुले पाउन बाँकी रहेको कर्मचारीहरु बताउँछन् । खाईपाई आएको तलब उपलब्ध गराउन अनुरोध गर्दा हाइड्रोपावर
सुनसरी । पछिल्लो समय प्रदेश नम्बर १ को झापामा कोरोनाको संक्रमण बढ्दै गएका छन् । भारतीय सिमानाका बाट आएका झापाका दक्षिणी क्षेत्रका गाउँहरुमा कोरोनाको जोखिम पनि बढ्दै गएको छ, यसै बिच मेचिनगर उद्योग वाणिज्य संघ धुलाबारीले भने बजार खोल्ने निर्णय गरेको छ । मंगलबार मेचीनगर उद्योग वाणिज्य संघ धुलाबारीको आयोजनामा जिल्लाका सबै उद्योग वाणिज्य संघहरूबीच सम्पन्न भएको बैठकले जिल्लाका सबै बजार जेठ २४ बाट खोल्ने निर्णय गरेको हो । एकातिर कोरानाको संक्रमण पनि बढ्दै गएको छ, अर्को तिर लकडाउनका कारण उद्योग कलकारखाना बन्द रहँदा उद्योगि व्यवसायीलाई ठुलो घाटा व्यहोर्नु परेको छ । त्यसैले बैठकले लकडाउनका कारण हाल ब