काठमाडौँ - विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जिल्ला भित्र पनि बढेको भन्दै शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ल प्रशासनले अर्को आदेश नभए सम्मको लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ । दैलेखमा हालसम्म २ सय १८ जनामा संक्रण्म पुष्टि भएको छ भने एकजनाको कोरोना कै कारण ज्यान गएको छ ।
धरान । रुकुम पश्चिममा घटेको जातीय नरसंहारको दोषिलाई कारवाहीको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सुनसरीले एमसिसिको बारेमा श्वेत पत्र जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । मञ्चले विभिन्न ४ बुँदे माग पत्र इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री कार्यालयलाई शुक्रबार ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा रुकुम पश्चिममा भएको दलित युवा नवराज विक सहित ६ जनाको हत्यामा संलग्न दोषिलाई कडा कारवाहीको माग गरेको छ । दलित शिल्पी समुदाय उपर यस्ता घटना दोहोरिन नदिन संविधान संशोधन गरि दलित शिल्पी गैर भौगोलिक प्रान्त स्थापना गर्न समेत माग गरिएको छ । त्यसै गरि लिपु
धरान सुनसरीमा शुक्रवार थप १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको संख्या ३३ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीको हरीनगरा क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बर्जु गाउँपालिकाको थप ३ जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थाे अव्जरभेसन वार्डमा उपचारमा रहेकी बराहक्षेत्र नगरपालिकाकी १ बालिकामा पनि कोरोना पुष्टि भएको । शुक्रबार दिउँसो यो समाचार
नेपालमा कोरोना संक्रमण बाट थप १ जनाको ज्यान गएको छ । २२ गते बिहिबार मृत्यु भएका सुर्खेतका २० वर्षीय युवामा कोरोना पोजेटिभ आएको आएको प्रदेश सरकारले पुष्टि गरेको छ । यो सगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । उनि पञ्चपुरी नगरपालिका-१ हाँसेका उनी क्वारेन्टाइन बसेर घर फर्किएका थिए । यसअघि पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी भारतबाट ५ दिन अघि नेपाल आएका थिए ।
विराटनगर । प्रदेश १ बाट हिजो ३० जना डिस्चार्ज भएका छन् । योसंगै प्रदेशमा कोरोना संक्रमित ठिक भई घर फर्कनेको संख्या ७८ जना पुगेको छ । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जनासमेत गरी विहीबार उनीहरु डिस्चार्ज भएका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने,“अस्पतालमा चिकित्सकको निगरानीमा रहि उपचारमा रहनु भई बिसेक भएर डिस्चार्ज हुनेको संख्या ७८ पुगेको छ ।” हालसम्म प्रदेश १ का दुई अस्पतालमा उपचारपछि फर्किएका कसैमा कोरोनाको लक्षण देखिएको थिएन तर उनीहरुमा कोरोना संक्रमण भने थियो । विराटनगरबाट बिहिबार डिस्चार्ज
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशमा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको बताएका छन् । गत वैशाख ५ गते उदयपुरको भुल्केमा पहिलो पटक १२ जनामा एकै पटक संक्रमण देखिएको थियो । त्यसपछि फेला परेका सबै ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के संक्रमणको अन्त्य भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले दाबी गरेका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत २७ जनालाई डिस्चार्ज आज डिस्चार्ज गर्दै मन्त्री घिमिरेले भने,“जिल्ला अस्पताल धनकुटामा देखिएको संक्रमणको पनि अन्त्य भएको छ । अस्पतालका ४ जना डिस्चार्ज हुनु भएको छ ।” धनकुटा जिल्ला
झापा । झापाका दुई नाकामा नेपाली सेना परिचालन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल गाउँ पालिका र मेचीनगर नगरपालिकामा सेना परिचालन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारीदिनुभयो । केचनाकेवलको सुकुनाडिगीमा र मेचीनगरको काँकडभिट्टा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको छ ।
सर्दू कोरिडोरले तोकेको मापदण्डअनुसार निर्माण गरिँदा सर्दू किनारमा बसेका करीब एक हजार सुकुम्बासी परिवार विस्थापित हुने समाचार प्रकाशमा आएको छ । धरानको विकासका लागि यो महत्वपूर्ण आयोजना हो तर विकासका क्रममा मानवको संरक्षणलाई विशेष ध्यान दिनु आवश्यक छ । सर्दू किनारमा रहेका बस्तीहरूलाई उचित व्यवस्थापन नगरी कोरिडोरको निर्माण कार्य अघि बढाउँदा सुकुम्वासी परिवार विस्थापित हुने विषय आएको छ । यो गम्भीर विषय हो । कुनै पनि विकास मानव समुदायको हितविरुद्ध लक्षित हुनु हुँदैन । मानव समुदायकै सुविधाका लागि विकास आयोजनाहरू सञ्चालित हुने भएकाले त्यस्ता विकास आयोजना सञ्चालन गर्दा मानव समुदायको अधिकतम हितलाई ध्य
धरान । रुकुम पश्चिम चौरजहारीमा भएको नरसंहारको स्थलगत अध्ययनका लागि लागि पुगेका दलित समुदायका पत्रकारलाई प्रवेशमा बन्देज गरेको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालले छानबिनका लागि माग गरेको छ । संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई रोकिएको घटनाको छानबिनको माग गरेका हुन् । संघका केन्द्रिय उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराईलीको नेतृत्वमा ९ सदस्यीय मिशन टोलि जाजरकोट र रुकुम गएको थियो । मिसन टोलिमा रहेका संघका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्मा, कर्णाली प्रदेश कमिटीका अध्यक्ष खगेन्द्र सुनारलाई गत जेठ २२ गते बिहान सल्यानको सिमा
धरान । बराहक्षेत्र स्थित महेन्द्र मावि क्वारेन्टाइनमा बसेका ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । गत जेठ ११ गते भारतबाट आएका तिन जनामा संक्रमण पोजिटिभ देखिएको हो । यो संगै सुनसरीमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । गत मंगलबार विराटनगर स्थित कोशी अस्पतालमा उनीहरुको स्वाब परिक्षणका लागि पठाएको थियो । कोरोना संक्रमण देखिएका बराहक्षेत्र वडा नम्बर ८ का २ जना र वडा नम्बर ७ का १ जना रहेका छन् । महेन्द्र माविको क्वारेन्टाइनमा ६४ जना भारतबाट आएर बसेका छन् । त्यसै गरि प्रकाशपुरको प्रकाश माविमा ६० जना क्वारेन्टाइन्मा बसेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईका अनुसार करिब