धरान/ पूर्वमन्त्री तथा नेकपाका नेता जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । शर्माकी पत्नी लक्ष्मीलाई पनि संक्रमण पुष्टि भएको छ । उनले आफुसग सम्र्पकमा आएका सबैजनालाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह समेत गरेका छन् । आफूलाई संक्रमण पुष्टि भएको बताउँदै शर्माले पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन्
धरान/ बडादशैँको नवौँ दिन आज सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । शास्त्रीय मान्यता अनुसार आजको दिन बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने विश्वास रहेको पाइन्छ । उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् । यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो ।
धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याएसंगै अब सर्वसाधारणको घर घरमा दशै भित्रिएको आभाष भएको छ । विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाति यस बर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्र्याइएको हो । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्र्याइए पनि यस बर्ष भने फुलपाति भित्र्याउदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइ
धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पतालमा ब्यबस्थापन कमजोड रहेको गुनासो बढदै गए पछि धरानका प्रदेश सभा र संघीय सभामा निर्बाचित जनप्रतिनिधिहरुले बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हरु सङ स्पष्टीकरण मागेका छन् । सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई सहिर प्रदेश १ का सभामुख समेत रहेका क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद प्रदिप कुमार भण्डारी, ख बाट निर्वाचित भिम आचार्य सहित समानुपातिक सदस्य उमिता बराइली र सावित्री श्रेष्ठको टोलिले कोरोना उपचारमा भैरहेको समस्याको बारेमा चासो राख्दै स्पष्टीकरण मागेका थिए। टोलिले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र ग
बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बराहक्षेत्र ५ का विभिन्न स्थानहरूमा सेनिटाइज गरेको छ । स्थानीय सरकार मौन बसिरहेको आरोप लगाउदै नेबि संघले शुक्रबार साबिक भरौलको मुख्य स्थान कालाबंजरमा सेनिटाइज गरेको नेपाली कांग्रेस बराहक्षेत्रका नगर प्रबक्ता जगतबहादुर कार्कीले बताए । बराहक्षेत्रमा रहेका नेबि संघ आबद्ध सक्रिय युवाहरूको अगुवाइमा कालाबंजरका सार्वजनिक स्थानहरु विधालय, वडा कार्यलय, स्वास्थ्य केन्द्र, बैंक तथा कालांबजर चोकमा सेनिटाइज गरिएको नेबिसंघ जनता क्याम्पसका इकाइ सभापति सहदेब काफ्लेले जानकारी दिए । बराहक्षेत्र ५ निवासी काफ्लेले भने, कोरोनाकहरमा स्थानीय सरकारले
विराटनगर÷ विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ । नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो । नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरक
धरान/ प्रदेश नं १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले आफ्नो फेसबुक पेज माफर्त जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गदो रिपोर्ट नेगेटिभ आएको र त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको जानकारी दिएका छन्। संक्रमण पुष्टि भए पनि स्वास्थ्य अबस्था सामन्य रहेकाले उनि बिराटनगर स्थित आफ्नै निवासमा होमआइशोलेसनमा बसेका छन् । साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपन
धरान/ बडादशैँ अन्तर्गत नवरात्रको सातौँ दिन अर्थात आज घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ । देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि न
धरान । सरकारको निर्णय कार्यान्यवन गरेको भन्दै धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचारका लागि धरौटी राखे पछि मात्रै उपचार गरिने जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर शाहले सुचना जारी गर्दै ४ वटा वर्गिकरण गरेर उपचार खर्च र धरौटी रकम राख्नुपर्ने जनाएको हो । कार्तिक ९ गते देखि लागु हुने गरि धरौटी रकम र उपचार खर्च सार्वजनिक गरेको छ । उनका अनुसार कुनै लक्षण नभएका संक्रममितलाई ७ हजार धरौटी राख्नुपर्नेछ भने प्रतिदिन २ हजार शुल्क तिर्नुपर्नेछ । हल्का लक्षण भएकाले १२ हजार धरौटी भर्ना हुनु अघि नै राख्नुपर्नेछ भने प्रतिदिन ३५ सय शुल्क तिर्नुपर्
धरान/ बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको घरघरमा विशेष पूजा गरिदैछ । शास्त्रीय मान्यता अनुसार कात्यायनीलाई साहसको प्रतिक मानिने र आजको दिन दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्ने गरिन्छ । यज्ञयज्ञादी दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला