कोरोनाबाट बच्न सिकाउँदै स्काउट

  • कार्तिक ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर÷ विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।

 नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो ।

122259019_1028726690922870_7236807563494415809_n

 नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरको एक दर्जन ठाउँमा छुट्टा–छुट्टै स्थानमा सचेतना मुलक कार्यक्रमसँगै स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

scout-brt

 स्काउटले विराटनगरको पुष्पलालचौक, तीनपैनी चौक, हाटखोला, चाँदनी चौक, जुटिमल चौक, डिएसपी चौक, ट्राफिक चौकलगायतको क्षेत्रमा सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

हालसम्म विराटनगर महानगरपालिका भित्र ३० हजार भन्दा बढी निःशुल्क मास्क वितरण गरिएको नेपाल स्काउटले जनाएको छ ।

स्काउटले सर्वसाधरणहरूलाई मास्क वितरण सँगै सहि तरिकाले लगाउन सिकाउनुको साथै लगाएको मास्कको डिस्पोज गराउने तरिका पनि सिकाउँदै आएको छ ।

नेपाल स्काउटले अहिले दशभरी सचेतना मुलक अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved