कोरोना महामारीका बिच पनि धरान स्थित दन्तकाली मन्दिरमा फूलपाति भित्र्याइयो

  • कार्तिक ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याएसंगै अब सर्वसाधारणको घर घरमा दशै भित्रिएको आभाष भएको छ ।

विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाति यस बर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्र्याइएको हो । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्र्याइए पनि यस बर्ष भने फुलपाति भित्र्याउदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइएको थियो ।

फूलपाति भित्र्याउन सरिक धरान १४ का समाजसेवी एवम् शिक्षाविद् प्राध्यापक डाक्टर राजेन्द्र शर्माल विगत बर्षहरुमा जस्तोसुकै परिस्थितिमा पनि तामझामका साथ सप्तमीमा दन्तकाली मन्दिरमा फूलपाति भित्र्याउने गरिए पनि यस्तो अवस्था भने इतिहासमै पहिलो भएको बताए । उनले २०४५ साल भदौ ५ गते गएको भूकम्पले दन्तकाली मन्दिर भत्काउदा समेत त्यो सालको दशै दन्तकाली मन्दिरमा भव्यतासाथ मनाइएको स्मरण गर्दै अहिलेको भयावह अवस्था विगतमा कहिल्यै नभएको बताए ।

विगत बर्षहरुमा धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरबाट सेनाको मार्चपाससहित वेण्डबाजाकोे टोलीले दन्तकाली मन्दिरका पूजारी, सर्वसाधारणको उल्लेख्य उपस्थितिमा ९ पत्र अर्थात नौवटा जडिबटी मिश्रित फूलपाति दन्तकालीमा भित्र्याइने गरेपनि यस बर्ष भने औपचारिकतामा सीमित गरिएको मन्दिरका प्रमुख पुजारी विश्वप्रकाश शर्माले बताए । उनले नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अजना गरी दन्तकालीमा भित्र्याएको बताए ।

साथै फूलपाति भित्र्याएसंगै दन्तकालीमा सर्वसाधारणले बोका बली दिने प्रचलन भए पनि कोरोनाका कारण मन्दिर नै बन्द गरिएको अवस्थामा यस पटक भने मन्दिर भित्र बली दिन रोक लगाइएको उनले बताए ।

यस बर्ष कोरोना भाइरका कारण नेपालीहरुको मौलिक पर्वलाई समेत प्रभावित भएकोले यस पटकको दशै घरघरमा बसेर सुरक्ष्ँितसंग मनाउन समेत सबैलाई मन्दिरका पूजारीहरुले आग्रह गरेका छन् ।

IMG_7400 IMG_7429 IMG_7413 IMG_7434

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved