समाचार

    Showing 8,411-8,420 of 10,050 items.
  • यस वर्षको बडादशैँ आज समापन हुँदै

    धरान / वडा दशैंको अन्तिम दिन आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसि यस वर्षको बडादशैँ समापन हुँदै छ । धार्मिक मान्यता अनुसार जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने विश्वास छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । सौभाग्य, सम्पत्ति

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • 1,096 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपि प्रतिष्ठानको बेथिती प्रति धरानका नागरीक समाज तथा राजनितिक दलको ध्यानाकर्षण, बिपि सुधार दबाब समूह गठन

    धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ । कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् । वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफ

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा करणी घटनाका संलग्न रुपन्देहीमा पक्राउ

    विराटनगर । जर्बजस्ती करणी गरेको आरोपमा फारार अभियुक्तलाई प्रहरीले मोरङमा पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बािलकलाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ को सन्देश लिम्बू समेतका ५ जना मानिसहरुले समुहिक रुपमा जबरजस्ती करणी गरेका थिए । मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही पक्राउ परेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । तर, दुई

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निजीमा उपचार गर्ने कोरोना संक्रमितको उपचार शुल्क घटाउन विराटनगर कांग्रेसको माग

    विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले महंगो शुल्क घटाउन सरकारसंग माग गरेको हो । कांग्रेसले आईसियू र भेन्टिलेटरमा पुग्ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकोले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ । विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसियू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने,&l

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,169 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १० हजार संक्रमितले कोरोना जिते

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण ठिक भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् । प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८ हजार भन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आईसोलेसन र होम आईसालेसनमा छन । सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ । प्रदेश १ का खासगरी बाक्लो जनसंख

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विष्फोटक पदार्थ सहित विप्लव समुहका कम्पनी कमिसार र सदस्य पक्राउ

    धरान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिसार सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरीको बिशेष टिम रिजनल इन्भेष्टिगेशन टिमको संयुक्त टोलीले पक्राउ गरेको छ । बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको टोलिले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विप्लव समूहका नेता कार्यकर्ता रहेको स

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,260 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दशैको चौथो दिन आज पनि टिका जमरासहित आशीर्वाद लिने क्रम जारी

    धरान । बडादशैंको आज चौंथो दिन पनि सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले भने, हाम्रा चाड पर्व, तिथि, श्राद्ध चन्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैं परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो रु यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ ।’

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 1,036 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ५४जना कोरोना संक्रमित थपिए

    धरान/  नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा थप १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा ८२४८जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमित रुपमा हुदै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

    धरान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक रुपमा गर्दै आएको कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । नियमित रुपमा दैनिक हुदै आएको कोभिड १९ प्रेस ब्रिफिङ दशैंका समयमा केही दिन रोकिएर बुधबारबाट सुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले जानकारी दिए ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 714 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेक्षको एडभेन्चर पार्क शिलान्यास

    धरान । धरानको पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्याउने उदेश्य सहित सेक्ष पर्यटन समुहले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ । सेक्षले एडभेञ्चर पार्कको शिलान्यास गरेको छ । धरान २० स्थित विष्णुपादुकामा एडभेञ्चर पार्क को शिलान्यास गरेको छ । पर्यटनमा नयाँपन दिलाउन लगानी गर्न लागेको पर्यटनकर्मी एवं लगानीकर्ता वासुदेव वरालले बताए । उनका अनुसार एडभेञ्चर पार्क र रिसोर्ट निर्माण हुनेछ । पार्कमा डबल लेन भएको स्काई साइकल हुनेछ । पर्यटकहरुले तारमा साइकल कुदाउन पाउनेछन् । डबल लेन भएकोले एकै चोटी २ जनाले वा एक्लैले पनि साइकल कुदाउन सक्नेछन् । यस्तै, २ सय मिटर

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 1,249 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved