सेक्षको एडभेन्चर पार्क शिलान्यास

  • कार्तिक १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्याउने उदेश्य सहित सेक्ष पर्यटन समुहले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ ।

सेक्षले एडभेञ्चर पार्कको शिलान्यास गरेको छ । धरान २० स्थित विष्णुपादुकामा एडभेञ्चर पार्क को शिलान्यास गरेको छ । पर्यटनमा नयाँपन दिलाउन लगानी गर्न लागेको पर्यटनकर्मी एवं लगानीकर्ता वासुदेव वरालले बताए । उनका अनुसार एडभेञ्चर पार्क र रिसोर्ट निर्माण हुनेछ । पार्कमा डबल लेन भएको स्काई साइकल हुनेछ । पर्यटकहरुले तारमा साइकल कुदाउन पाउनेछन् । डबल लेन भएकोले एकै चोटी २ जनाले वा एक्लैले पनि साइकल कुदाउन सक्नेछन् । यस्तै, २ सय मिटरको छोटो दुरीको जिपलाइन पनि हुनेछ भने नेपालकै पहिलो ग्लास ब्रिज पनि निर्माण गरिने भएको छ ।

पार्कमा थप एडभेन्चरका लागि ह्याङगिङ पुल, रेष्टुरेष्ट, इन्डोर चिल्ड्रेन पार्क र रिसोर्ट पनि बनाउने उनले बताए । उनले भने, ञआगामी ३ बर्षभित्र एडभेञ्चर पार्क, रेष्टुरेष्ट, चिल्ड्रेन पार्क र रिसोर्टलगायत सम्पुर्ण काम सकिनेछ ।

शुरुवात लगानी ५ करोड अनुमान गरिएको छ भने सम्पुर्ण संरचना निर्माण भइसक्दा १० करोड लगानीको अनुमान छ । यो पार्क ३ बिघा क्षेत्रफलमा हुनेछ । कोभिडको महामारीले पर्यटन थला परेको छ, तर यो बेला पुर्वाधारमा लगानी गर्ने मौका पनि हो,’ उनले भने, अहिले लगानी गरिराख्दा कोभिडको असर सकेपछि पर्यटनले पिकअप लिन्छ ।’

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved