समाचार

    Showing 8,371-8,380 of 10,049 items.
  • माया गर्ने नाटक गर्दै यौन शोषण गर्ने पक्राउ

    धरान । माया गर्ने नाटक गर्दै पटक पटक यौन शोषणा गर्ने सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ का महेन्द्र प्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको छ । पिडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलिले उनलाई पक्राउ गरेको हो । उनले विभिन्न प्रलोभन देखाउँदै माया गर्ने नाटक गरि नसालु पदार्थ समेत सेवन गराई पटक पटक जबरजस्ती करणी गरेको आरोप लागेको छ । उनलाई पिडित महिलाको उजुरीका आधारमा मुलुकी संहिता ऐन २०७४ बमोजिक जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,498 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपति बाइडेनलाई बधाई

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएको जो बाइडनलाई बधाई दिएका छन्। प्रधान्मन्त्री ओलीले आइतबार आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै बाइडन र उपराष्ट्रपति कमला ह्यारिसलाई ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। ओलीले नयाँ अमेरिकी नेतृत्वसँग नजिक रहेर काम गर्न चाहेको बताउँदै ट्वीटमा मर्फात दुई देशबीच मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिमा डेमोक्रैटिक पार्टीका जो बाइडेन निर्वाचित भएका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। Heartiest congratulations to Presi

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुख्खा क्षेत्र सोयाकमा इनपाले डीपवोरीङबाट खानेपानी निकालेपछी स्थानीय खुसी

    इलाम / इलाम नगरपालिका ११ का मिलन मगर खानेपानी लिनको लागी एक घण्टा हिनेर ल्याउने गरेको बताउँछन । बस्तीभएको ठाउँ भन्दा माथि खानेपानीको मूहान नभएको कारण पानीको गाग्री डोकोमा बोकेर एक घण्टा सम्म हिँड्नुपर्ने थियो । तर डिप वोरीङबाट घर घरमा खानेपानी आएपछि पानी बोक्नुनपर्दा खुसी छन । इलाम नगरपालीका ११ कै नरेन्द्र प्रसाद आचार्य पानीको दुख भएपछि आजभन्दा १० वर्ष पहिले बँसाईसरेर ब्याँसीमा गएर बसे । उनकोघर बामघ एक घण्टा तल आफ्नै ब्याँसीमा दश वर्ष पहिले बँसाईसरेका आचार्य पहिलेको ठाउँमा खानेपानी आए पछि पहिलेकै ठाउँमा जाने तयारीमा रहेको बताउँछन । इनपाकै ११ की ७० वर्षिय टिका पराजुली २०३२ सालमा विवाह गर

    • प्रकाशित मितिः कार्तिक २२, २०७७
    • 1,921 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • अवैध रुपमा ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित ४ जना पक्राउ

    धरान । अवैध रुपमा सुनसरीको दक्षिण क्षेत्रबाट ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित पुष्पलाल चौकमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइ गएको प्रहरीको टोलिले विहिबार ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको विष्फोटक पदार्थ पटाका फेला पारेको हो । रातको समयमा को २२ प ३००२ नम्बरको मोटरसाइकल र को १ ह ७२६० नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । पटाका ल्याउँदै गरेका इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ को मोटरसाइकल चालक सतम अन्सारी, हरिनगर गाउँपालिका २ का वर्ष २० का दि

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,248 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्तिक २३ गते देखि प्रदेश एकमा अनिश्चितकालिन यातायात बन्दको घोषणा

    इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ । महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • त्रिशुलेदेखि लेगुवासम्मको बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन सुरु

    धनकुटा ÷ धनकुटाको जोरपाटी गाउँपालिका त्रिशुलेदेखि महालक्ष्मी नगरपालिकाको लेगुवासम्म ३३ किलोमिटर बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन (फिजिबिलिटी) शुरु गरिएको छ । स्थानिय पूर्वाधार बिभाग ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आर.सि.आई.सी.) अन्तर्गत सम्पन्न हुने उक्त आयोजनाको गाउँपालिका र नगरपालिकाले संयुक्त रुपमा प्रारम्भिक अध्ययन शुरु गरेका हुन् । आयोजना शुरु गर्न महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको संयुक्त टोलीले प्रभावित क्षेत्रका जनसमुदायसँग छलफल गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । सरोकारवाल

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,158 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • इटहरीमै पिसिआर परिक्षण गर्न स्थानीयको माग

    धरान । प्रदेशमै सबै भन्दा बढी कोरोना संक्रमण फैलिएको ईटहरी उपमहानगरपालिकामा कोरोना परिक्षणको दर भने शुन्य जस्तै भएको छ । इटहरीमा कोरोना संक्रमितको यकिन तथ्याङक समेत रहेको छैन तर दैनिक जसो ठुलो खर्च तिरेर इटहरीका सर्वसाधारण अन्यत्र गएर परिक्षण गर्न बाध्य रहेका छन् । दैनिक जसो कोरोना संक्रमण बढीरहेको इटहरी उपमहानगरपालिकाका स्थानीयहरु अन्य शहरमा रहेका अस्पतालमा गएर पिसिआर परिक्षण गराउन बाध्य छन् । इटहरी उपमहानगरपालिकाले कोरोना परिक्षण गर्न बन्द गरे पछि स्थानीयहरु आफ्नै खर्चमा पिसिआर परिक्षण गराउन बाध्य छन् । उपमहानगरपालिकाले आफ्ना जनताको पिसिआर परिक्षण गर्न नसक्नु भन्नु लज्जास्पद रहेको नागरिक स

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 1,017 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका कोरोन संक्रमितको उपचारमा खर्च सहयोग गर्ने

    धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब

    • प्रकाशित मितिः कार्तिक २१, २०७७
    • 908 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • लकडाउनले थलिएको भेडेटारमा पर्यटकहरुको चहलपहल शुरु

    धरान । कोरोनाको महामारीका कारण थलिएको पर्यटकीय गन्तव्यहरु पुरानै लयमा फर्किन थालेका छन् । प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्य भेडेटारमा अहिले पर्यटकहरुको चहलपहल शुरु भएको छ । विगत ७ महिना देखि ठप्प रहेको पर्यटकहरुको आवागमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । कोरोनाको महामारीका कारण घोषणा गरिएको लकडाउन गत असोज १ गते देखि खुकुलो भए सँगै आन्तरिक पर्यटकहरु भेडेटार आउन थालेका छन् । छिनमै बादलले छोप्ने, छिनमै उघ्रदा हिमालहरु पनि प्रष्ट देखिन्छ । त्यसैले पनि भेडेटारमा पर्यटकहरु आउने मुख्य सिजन चैत्र देखि मंसिर सम्म हो । तर चैत्र देखि नै लकडाउन घोषणा गरिए पछि व्यवसाय नै ठप्प भएक

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेची राजमार्गको यात्रा : जताततै खाल्डै खाल्डा, यात्रुलाई पासो

    इलाम / मेची राजमार्गको इलाम सडक खण्डको यात्रा ज्यान दाउमा राखेर गर्नुपर्ने अवस्था छ । भएको कालोपत्रे सडक कतै सग्लो छैन । कतै भासिएको छ । कतै खाल्डा । कालोपत्रेमा कतै पहाड झै डाडो उठेको छ, कतै थाहा नपाउने गरी भासिएको छ । बर्षाको बेला झन बिग्रीएको राजमार्गको यात्रा यात्रुलाई पासो थापे झै भएको छ । राजमार्गको अधिकाशंजसो ठाउँमा अघिल्लो वर्षनै आवाधिक मर्मतको लागि ठेक्का लागेको हो । फिक्कल तिनघरे बाहेकका ठाउँमा कामै भएनन् । बेलामा आवाधिक मर्मतको काम नहुँदा राजमार्गको कतिपय क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको छ । ठेक्काको सम्झौता गरेका निर्माण व्यवासयी मोभिलाइजेनको खर्च बुझेर बेपत्ता छन् ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७७
    • 1,175 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved