मेची राजमार्गको यात्रा : जताततै खाल्डै खाल्डा, यात्रुलाई पासो

  • कार्तिक २०, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / मेची राजमार्गको इलाम सडक खण्डको यात्रा ज्यान दाउमा राखेर गर्नुपर्ने अवस्था छ ।

भएको कालोपत्रे सडक कतै सग्लो छैन । कतै भासिएको छ । कतै खाल्डा । कालोपत्रेमा कतै पहाड झै डाडो उठेको छ, कतै थाहा नपाउने गरी भासिएको छ । बर्षाको बेला झन बिग्रीएको राजमार्गको यात्रा यात्रुलाई पासो थापे झै भएको छ । राजमार्गको अधिकाशंजसो ठाउँमा अघिल्लो वर्षनै आवाधिक मर्मतको लागि ठेक्का लागेको हो ।

फिक्कल तिनघरे बाहेकका ठाउँमा कामै भएनन् । बेलामा आवाधिक मर्मतको काम नहुँदा राजमार्गको कतिपय क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको छ । ठेक्काको सम्झौता गरेका निर्माण व्यवासयी मोभिलाइजेनको खर्च बुझेर बेपत्ता छन् ।

राजमार्गको चार देखि पाँच वर्षमा आवाधिक मर्मत गर्नुपर्ने सडक बोर्डको मापदण्ड छ । मापदण्ड अनुसार ठेक्का लगाएपछि कोरोना माहामारी र लकडाउनको बाहानाबाझीमा गरेर काम शुरु भएको छैन । सडकको आवाधिक मर्मत नहुँदा यात्रानै जोखिमपुर्ण छ । दुई पांग्रे यात्रीलाई झन जोखिम छ ।

फाकफोकथुम गाउँपालिका देखि दैनिक इलाम आउने गाडीका गाडी चालक गौरव लामिछाने यात्राको लागी सडक पासो थापे झैँ भएको बताउँछन । ‘राँके देखि इलाम आइपुदा खाल्डा बाट गाडी जोगाउँनकै हैरान हुुन्छ’, उनी थप्छन्,‘विपरित दिसाबाट गाडि आईरहेको हुन्छ कतिपय ठाउँमा त खाल्डोबाट जोगिन गाडि रोकेर पर्खेर अर्को गाडी गईसके पछि मात्रै जानुपर्छ ।

साविक मेचीका चार जिल्ला जोड्ने राजमार्ग मर्मतमा हेलचेक्रेई गरेका कारण सडक थाङथिलो बन्दा यात्रा गर्न समस्या बनेको हो । झापा र इलामको सिमाना जोरकलस देखि इलाम र पाँचथरको सिमाना राँके सम्ममा एक ठाउँमात्र मर्मत भएको छ ।

फिक्कल तिनघरे सडक मर्मत भए पनि अन्य सडक क्षेत्र भने खाल्डै खाल्डा परेको छ । तीनघरे–माईखोला, भञ्ज्याङ– विबल्याँटे, विबल्याँटे – पुवाखोला र नेपालटार – पौवा सडक खण्ड मर्मतका लागी अघिल्लो वर्ष नै ठेक्का लागेको डीभिजन सडक कार्यलय इलामले बताएको छ ।

पुवाखोला – नेपालटार खण्ड सडक मर्मतको लागि कुनै प्रक्रिया अघि बढेकै छैन । ठेका लागेको सडक पनि कोरोना संक्रमणले लकडाउन भएको कारण काम हुुन नसकेको डिभिजन सडक कार्यालयका प्रमुख अभिमन दास मुल्मी बताउँछन । ‘अघिल्लो वर्ष काम गर्ने समयमा लकडाउन भयो त्यसैले काम हुन सकेन’,उनले भने,‘अब चाडै काम थाल्छौ ।’

डिभिजन सडक कार्यालयले चियानडाडा फिक्कल सडकको आवाधिक मर्मतको लागि दुई करोड ६५ लाख तीन हजार तीसय ४८ रुपैयाँमा ठेक्का लगाएको छ । त्यस्तै फिक्कल माइखोला ३ करोड ३९ लाख ८५ हजार पाँचसय रुपैयाँ, माइखोला देखि पुवाखोलासम्म चार करोड ८१ लाख ३२ हजार दुईसय ६९ रुपैयाँ र नेपालटार पौवा भञ्ज्याङ दुई करोड ३७ लाख २५ हजार आठ सय ७५ रुपैयाँमा ठेक्का लगाएको भएपनि काम शुरु हुन सकेको छैन ।

ilam-sadak-2

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved