समाचार

    Showing 8,351-8,360 of 10,049 items.
  • कोरोना कहरबिच ५ हजार राजावादी सडकमा निस्कने,प्रहरीलाई हाइ अलर्ट रहन निर्देशन

    इटहरी । कोरोना संक्रमणको जोखिम उत्तिकै रहेको र मानविय क्षती समेत बढिरहेको अवस्थामा सरकारले कुनै पनि जिल्लामा भिडभाड हुने त्यस्तो कार्यक्रम नगर्न निर्देशन दिइरहेको बेला आगामि कार्तिक २७ गते प्रदेश एक अन्तरगत मोरङको बिराटनगरमा ५ हजार राजावादिहरू सडकमा निकाल्ने तयारी भएको छ । लोकतन्त्र स्थापना पश्चात देश संघियतामा गएपनि कुनै परिर्वतन नभएको , नेताहरूको राजनीतिले राष्ट्र र जनता प्रत्यक्ष मारमा परेको भन्दै मुलुकमा राजसंस्था ब्युताउन राजावादिहरूले आगामि कार्तिक २७ गते बिराटनगरमा बिशाल मोटरसाइकल र्यालीको आयोजना गरेका छन । र्यालीको बिषयमा राजावादिहरूले मंगलबार सुनसरीको इटहरी , मोरङको बिराटनगर , उर्ला

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,303 पटक पढिएको
    • "तेजबहादुर बन"
  • कोरोनाको डर देखाएर संस्कार माथि षडयन्त्र गर्न खोजेको आरोप,सुरक्षा मापदण्ड सहितको अन्त्येष्टी विधि बनाउन आग्रह

    धरान । कुनै संक्रमितको मृत्यु हुँदा आफन्तले धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्न चाहेमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर सजकता अपनाउँदै नेपाली सेनाको सहयोग र व्यवस्थापनमा शवको अन्त्येष्टी गर्न पाउने कुरा कार्यविधिमा उल्लेख रहेको छ । तर कोरोना संक्रमण पुष्टि भएका मृत्तकहरुलाई नेपाल सेनाले अन्तीम संस्कार गर्दै आएको छ । संक्रमण फैलिन सक्ने डरले आफन्तहरुलाई नजिक पनि पर्न दिइदैन । स्थानीय सरकारले व्यवस्थापन गरेको जंगलमा स्काभेटरले खाल्डो खनि नेपाली सेनाले पुर्ने गरेका छन् । न त आफन्तले हेर्न पाउँछन्, न त परिवारले दाहसंस्कार नै गर्न पाएका छैन्न । नेपाली हिन्दु धर्म अनुसार मृत्तकलाई छोर

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,513 पटक पढिएको
    • "दिनेश गजमेर "
  • विजयपुरका सबै मन्दिरहरु मंसिर ६ गते सम्म बन्द

    धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,761 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोराना उपचारको लागि इटहरीमा एकै दिन चारवटा स्वास्थ्य भवनको शिलान्यास

    इटहरी । कोरोना भाइरस संक्रमणको कारण सिंगो मुलुक नै अस्तब्यस्त भइरहेको बेला सुनसरिको इटहरी उपमहानगर भने बिकासको लहर समात्न ब्यस्त बनेको छ । कोरोना कहर चलिरहदा पनि इटहरीमा बिकासका काममा भने कुनै अवरोध नआएको प्रस्ट देखिएको छ । आइतबार एकै दिन इटहरी उपमहानगरमा ४ वटा स्वास्थ्य इकाई भवन शिल्यान्यास गरिएको छ । इटहरीको वार्ड नं ४,१९ , ११ र १३ वडामा भवन शिलान्यास गरिएको हो । वडा नं ११ मा बिहान उपमहानगरका प्रमुख मेयर द्वारिकलाल चौधरीले भवनको शिलान्यास गरेका थिए भने बाकिका तिनवटामा मेयर चौधरी संगै उपमेयर लक्ष्मी गौतमले पनि शिलान्यास गरेका थिए । अब इटहरीको १४ वटा वडामा स्वास्थ्य इकाई भवन निर्माण हुने भएक

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इतिहास संरक्षण गर्दे इलाम नगरपालिका

    इलाम । जिल्लाकै पहिलो नगरपालिका रहेको इलाम नगरपालिकामा रहेको देशकै पहिलो चिया कारखाना नजिकै चिया कमाण्ड डाँडामा गजराजसिंह थापाको प्रतिक सहित इलाम चोक बजारमा चिया टिप्दै गरेको प्रतिमा निर्माण गरेको छ । नेपालमा विक्रम संवत् १९२० मा पहिलोपटक चीनबाट चियाको बिरुवा झिकाएर तत्कालीन इलामका बडाहाकिम गजराज सिंह थापाको पहलमा चिया बगान र चिया कारखानाको स्थापना भएको थियो । डेढ सताब्दी अघिदेखिका तीनै चियाका बुटाबाट इलाममा अहिले पनि चियापत्ती उत्पादन भइरहेको छ । नेपालमा चियाको विकास गरेर जिल्लालाई चिनाएको कारण उनको प्रतिक बनाइएको छ । इलाम नगरपालिकाले नेपालका राष्ट्रिय विभुति अरनिकोको नामबाट संग्रहालय निर्म

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,570 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्यालय परिसरमै होटल रेष्टुरेन्ट,सुर्तीजन्य पदार्थको कुलतमा विद्यार्थी

    धरान । सूर्तीजन्य पदार्थ ऐन २०६८ अनुसार सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक स्थल, स्वास्थ्य संस्था लगायतका क्षेत्रको एकसय मिटर वरपर सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको छ । तर धरानमा भने अधिकांश विद्यालय वरिपरि होटल, रेष्टुरेन्ट, विभिन्न किराना पसलहरु संचालनमा छन् । कतिपय विद्यालय ले भाडामा दिएका पसलहरुमा खुलेआम सुर्ति जन्य पदार्थहरु बिक्रि वितरण गरिरहेका छन् । विद्यालय परिसरमा खुलेआम बिक्रि वितरण भईरहेका मादक पदार्थ, सुर्तिजन्य पदार्थहरु बिक्रि वितरण भईरहँदा सम्बन्धित निकायले कारवाही गर्न नसक्दा विद्यार्थीहरु कुलतमा फस्दै गएका छन् । सरकारले ऐन नै लागु गरे पनि स्थानी

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • 1,654 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तासको खालबाट नगद सहित ९ जना पक्राउ

    धरान । चाडपर्वको समयमा जुवातास खेलिरहेको अवश्थामा प्रहरीले छापा मार्दै पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ । केही दिन अघि मोरङको केराबारीमा तास खेल्दै गरेको अवश्थामा ठुलो समुहलाई पक्राउ गरेको थियो । पुनः प्रहरीले दुहबी नगरपालिकामा तास खेलिरहेको अवश्थामा ९ जनाको समुहलाई पक्राउ गरेको छ । प्रहरीले सुनसरीको दुहबीबाट तास खेलिरहेका अवश्थामा ९ जनालाई पक्राउ गरेको हो । दुहबी नगरपािलका ३ स्थित आलम हुसेनको काठ फर्निचरको कोठामा तास खेलिरहेका अवश्थामा उनीहरुलाई सोमबार पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा दुहबी ३ का ३४ बर्षीय अनिश सिंह, ४२ बर्षीय संसद मिया, ३६ बर्षीय मंगल साह, ३६ बर्षीय

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 978 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको बजेट अनुसारको सुविधा दिन सामाजिक विकाश मन्त्रीको निर्देशन

    विराटनगर । प्रदेश सरकारले बजेट दिए अनुसारको अस्पतालहरुले सेवा सुविधा देखिने गरि दिनु पर्ने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सोमबार प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार भएको प्रदेश स्तरीय अस्पतालहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरूलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए । चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरूलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको मन्त्री घिमिरेले बताए । पछिल्लो

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्ने निर्णय प्रति जनमुक्तिको आपत्ति

    धरान । दोस्रो जनआन्दोलनको उपलब्धीको रुपमा रहेको संविधानमा समेत उल्लेख गरिएको संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल नलेख्न सरकारले गरेको निर्णयको आपत्ति जनाउँदै राष्ट्रिय जनमुक्ति पार्टीले प्रेस विज्ञप्ती जारी गरेको छ । गत असोज ११ गते नेपाल सरकारको मन्त्रीपरिषदले गरेको निर्णय कानुन, न्याय तथा संसदीय मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेखी अब उप्रान्त नेपाल मात्र लेख्ने भनि असोज १८ गते पत्र जारी गरेको थियो । जारी परिपत्र प्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीले जनाएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै सरकारको निर्णय संघीयता, लोकतन्त्र र ग

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,499 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साल्बोटे डाँडाको पहिरो रोकथामका लागि डिपिआर बन्दै

    धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • 1,060 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved