धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो । कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै स
कालाबन्जर / भारतबाट सिधै घर आइपुगेका सुनसरीको वराहक्षेत्र ४ दुब्याही टोलका १ युवकलाई क्वारेन्टाइन पठाइएको छ । भारतको गुजरातमा मजदुरी गर्दै आएका उनी ५ दिन अगाडि सुनौली बोर्डर आइपुगेको बताउँछन् । उनले भने ‘कसैले खोजी खबर गरेन घरसम्म आउने आधार केही नभेटेपछि ७ जना मिलेर ६ हजारका दरले भाडा तिरेर आएका हौ ।’ उनीसँगै आएका मध्ये २ जना सप्तरीमा झरेका छन् भने अर्का १ जना सुनसरीको झुम्कामा र अरु ३ जना मोरङको सुन्दर हरैंचा गएका छन् । यसरी अव्यवस्थित रूपमा घरमै आइपुग्दा सुरक्षा व्यवस्था हेरेर आश्चर्यमा परेको सोही वडाका अध्यक्ष आशाराम चौधरीले बताउँछन् । उनले भने ‘मैले सिडियो साब लगायत मा
सुनसरी / वराहक्षेत्र नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्ने लेखनवृत्ति (फेलोसिप) स्थानीय ४ जना सञ्चारकर्मीलाई प्रदान गर्ने भएको छ । सुनसरी सामुदायिक एफएमको आयोजनामा स्थानीय सञ्चारकर्मीलाई प्रशिक्षणसँगै फेलोसिप प्रदान गरिने कार्यक्रम संयोजक विमला घिमिरेले जानकारी दिइन् । फेलोसिपमा सहभागीलाई दुई सेशनमा प्रशिक्षण प्रदान गरी फेलोसिप लेखनका लागि फिल्डमा पठाइने बताइएको छ । प्रशिक्षणको सहजीकरण जनता टिभीमा आबद्ध पत्रकार दिनेश गजमेर र स्थानीय पत्रकार सन्तोष गुप्ताले गर्नेछन् । फेलोसिपका लागि ‘वराहक्षेत्र नगरपालिकामा क्वारेन्टाइनको अवस्था’का विषयमा र ‘लकडाउनको अवस्थामा वराहक्षेत्रका
धरान । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६८ करोड रुपैया विनियोजन गरेको छ । मन्त्रालयले दोस्रो प्राथमिकतामा राखेर प्रतिष्ठानलाई संघले मात्र संचालन गर्ने कार्यक्रम अन्र्तगत ६८ करोड रुपैया विनियोजन गरेको हो । मन्त्रालयले स्वास्थ्य सेवाका लागि वार्षिक विकाश कार्यक्रम मार्फत विनियोजन गरेको ९० अर्ब ६९ करोड १ लाख रुपैया अन्र्तगत प्रतिष्ठानलाई ६८ करोड विनियोजन गरेको छ । विनियोजित बजेट नेपाल सरकारद्वारा जारी भएका विभिन्न नितिगत निर्णय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएका निर्देशिका र माप
सुनसरी । जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको राष्ट्रिय दलित पत्रकार संघको टोलिले गरेको स्थलगत अध्ययनबाट खुलेको छ । जातीय विभेद तथा छुवाछुत कै कारण प्रेम सम्बन्ध अस्विकार्य हुँदा सामुहित हत्या भएको प्रतिवेदन सार्वजनिक गरेको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा जेठ १० गते भएको घटना जातीय विभेदका आधारमा योजनावद्ध रुपमा घटाइएको संघले प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जागरण मिडिया सेन्टर, समता फाउण्डे्न र आइसीआरडी इन्टरनेशनल लगायतका संघसंस्थाहरुको अध्ययन टोलीको प्रतिवेदन अनुसार सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठा भ
कोरोना महामहारीको कारण सरकारले लकडाउन जारी गरे सँगै बन्द भएका उद्योग,व्यापार, व्यवसाय,पसल र डिपार्टमेन्ट स्टोरहरु सरकारले बिहिबारदेखि खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । खाद्य वस्तुको बिक्रीवितरण सहज गर्न खुला गरिएको उनले बताए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।
कोरोना महामहारीको कारण सरकारले लकडाउनसँगै बन्द भएका सरकारी तथा निजी कार्यालय र बैँक,वित्तीय संस्था सरकारले बिहिबारदेखि दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । चैत ११ गते लकडाउन सुरु गरेदेखि अत्यावश्यक सेवाबाहेक अन्य सरकारी कार्यालय बन्द थिए । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरिषद बैठकले गरेको हो असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन् । आर्थिक वर्षको अन्तिम समय भएकाले धेरै काम हुने र कार्यालयमा पनि
आज थप २५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ४ हजार ६१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न परीक्षणका क्रममा थप २५० जनमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमित मध्ये पछिल्लो २४ घण्टामा १८७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । हालसम्म नेपालको ७२ जिल्लामा संक्रमण देखिएको छ ।
धरान । भारतबाट काम गर्न फर्किएका एक भारतीय नागरिक सहित सुनसरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भए संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ । सुनसरीको हरिनगर क्वारेन्टाइनमा बसेका ३ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने हरुमा भारत घर भई सुनसरीमा रोजगारी गर्दै आएका एक भारतीय नागरिक रहेका छन् । उनी रोजगारीका लागि सुनसरी फर्केका थिए । हरिनगरमै बस्दै आएका उनी भारतबाट फर्के पछि स्थानीयले क्वारेन्टाइनमा लगेर राखेका थिए । त्यसै गरि रोजगारीका लागि भारत गएका हरिनगरकै एक जना र रामधुनीका १ जनामा पनि संक
धरान । झापाबाट आएका कोरोना संक्रमित बिरामीहरु निको भएर विहिबार ३० जना घर फर्किएका छन् । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई गरेको हो । पछिल्लो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । कोरोना मुक्त हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् । उनका अनुसार प्रतिष्ठानमा नयाँ ८ जना सहित पुराना २४ जना कोरोना संक्रमित उपचारमै रहेका छन् । केही दिन अघि झापाकै २८ जना निको भएर घर फर्किएका थिए ।