विराटनगर । आगामि वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले कृषिक्षेत्रका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैया बजेट विनियोजन गरेको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले कोरोना संक्रमणका कारण शिथिल भएको कृषि क्षेत्रलाई माथि उठाउन कृषि तथा पशुपालनमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको बताएका छन् । उनका अनुसार कृषि तथा पशुपालन तर्फको बजेटबाट अग्र्यानिक कृषिलाई प्रोत्साहन दिदै ९ करोड ८४ लाख बजेट विनियोजन गरिएको बताए । उनले धुलो दुध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि ६ करोड बजेट विनियोजन गरिएको बताए । त्यसै गरि कृषि उत्पादनमा वृद्धि कार्यक्रम, कृषि प्रोत्साहन लगायतका
विराटनगर । प्रदेश १ को आगाकि अर्थिक वर्ष २०७७ ७८ को बजेट बतmव्यको क्रममा अर्थिक मामिला मन्त्री ईन्द« आङ्बोले प्रदेशका सबै स्थानियतहलाई समान रुपमा अनुदान उपलब्ध गराउने बताएका छन् । प्रदेशसभामा सोमबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पेस गर्दै आर्थिक मामिला मन्त्रि इन्द्र आङ्ग्बोले प्रदेश भित्रका स्थानीयतहहरुलाई समान रुपमा बित्तिय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउन बजेट छुट्याएको बताएका हुन् ।
विराटनगर ।प्रदेश सरकारको आगामि आर्थिक वर्ष २०७७ ७८को बजेट बयतmव्यको क्रममा क्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बिराटनगरमा रहेको कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने बताएका छन् । मन्त्री आङ्बोले त्यस कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको बताए । यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको
काठमाडौं ।लकडाउनको समयमा बन्द रहेको फर्म दर्ता तथा नविकरणको कामलाई सोमबार देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुनः संचालन गरेको छ । विभागले सोमबार देखि फर्मको दर्ता, नविकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाको लागि इमेल बाट काम शुरु गरेको हो । भागिको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ । साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए । उनका अनुसार व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्प
धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको
धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् । आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् । कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा
काठमाडौं । कोरोना भाइरस कोभिड १९ का कारण मलेसियास्थित समस्यामा परेका नेपाली नेपाल फर्कन पाउने भएका छन् । अलपत्र परेका नेपालीलाई फर्काउन नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले चार्टर्ड उडान गर्दै छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार यसअघि असार १ गते पहिलो उडान हुने जनाइएको थियो । दूतावासले मितिसँगै भाडादर र नेपाल फर्किने संख्या पनि अद्यावधिक गरेको हो । दूतावासका अनुसार तीन हजार १७५ जना नेपाल फर्कंदै छन् । दूतावासले एकतर्फी भाडादर १५९० मलेसियन रिंगिट वा नेपाली रुपैयाँ ४५ हजार १ सय रुपैयाँ तोकेको छ । नेपाल एयरलायन्सको टिकट काठमाडांैस्थित टिकट बिक्री शाखाबाट काट्न सकिनेछ भने मलेसिया र काठ
आशिष भुजेल/ मोरङको उर्लाबारीमा अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय गर्न ब्यवसायीहरुलाई उर्लाबारी उद्योग बाणिज्य संघका अध्यक्ष प्रितम खड्गीले आग्रह गर्नुभएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले आब्हान गरेको लकडाउनलाई पालना गर्दै हरेक दिन अपराहन्न १२ बजेसम्म मात्र ब्यापार ब्यवसाय सञ्चालन गर्न उहाँले आग्रह गर्नुभएको हो । अर्को सूचना जारी नभएसम्म सोही समयसम्म पसल खुल्ला गर्न उर्लाबारी नगरपालिकाको बैठकबाट निर्णय भएको खड्गीले जानकारी दिनुभयो । ब्यापार ब्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग तथा सेनिटाइजरको प्रयोग गर्ने जस्ता कार्यमा पनि ध्यान दिन
विराटनगर । विश्व्यापी महामारीको रुपमा फैलिएकोे कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लगि सरकारले जारी गरेको लकडाउन जारी गरेको छ । लकाडाउन जारी भएसगै प्रदेश १ का विभिन्न नाका बाट १० हजार भन्दा बढी नेपालीहरु नेपाल फर्किएका छन् भने १८ हजार भन्दा बढी भारतीयहरु नेपालबाट भारत फर्किएका छन् । झापाबाट ६ हजार २ सय ६५ जना, इलामबाट ३ सय २२, मोरङबाट २ हजार ६ सय ५८ र सुनसरीबाट १ हजार ३१ जना नेपालीहरु भारतबाट नेपाल फर्केको प्रदेश नं १ प्रहरी कार्यालयले जनाएको छ । यो तथ्याङ्क जेठ ३१ गते सम्मको हो । यस्तै नेपालबाट झापाको नाका हुदै भारत तर्फ जानेहरुको संख्या सबैभन्दा बढी छ । झापाको नाकाबाट १५ हजार
भोजपुर/ चट्याङले लागेर आइतबार भोजपुरमा एक बलिकाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय दिंलाका अनुसार ट्याम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी छोरी रितिका राउतको मृत्यु भएको हो । खेतमा रोपाईं गरिरहेको बेला परेको चट्याङ लागेर घाईती भएकाी उनको उपचारको लगिा स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै उनको मृत्यु भएको थियो ।