सुनसरी । वर्षौ देखि बिग्रिएर थन्किएको सुनसरीको इनरुवा नगरपालिकाको दमकल नगरपालिकाले नै बनाउन नसकेको भन्दै स्थानीयले भिक्षादान गरेका छन् । इनरुवामा पटक पटक आगलागी हुँदा पनि दमकल मर्मत सम्भार गर्न नसकेको भन्दै मंगलबार स्थानीयले सडकमै भिक्षा मागेका थिए । भिक्षा वापत उठेको रकम नगरपालिकालाई दमकल मर्मतका लागि दिने भएका छन् । दुई दिन अघि इनरुवाको बिच बजारमै रहेको हनुमान बस्त्रालयबाट शुरु भएको आगलागीले करिब ५ करोड मुल्य बराबरको क्षति गरेको थियो । समयमै आगो नियन्त्रण हुन नसक्दा ४ वटा पसल जलेका थिए । इनरुवामै रहेको दमकल बिग्रीएको र छिमेकी नगरबाट दमकल ल्याएर आगो नियन्त्रण गर्न करिब ५ घण्टा भन्दा बढी सम
झापा । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी माथिको आक्रमण बढ्दै गएको छ । सिमा सुरक्षामा शसस्त्रले कडाइ गर्न थाले पछि भारतीय तस्करीको निशानामा शसस्त्र प्रहरी पर्न थालेका छन् । सोमबार राती झापा गाउँपालिका–१ लसुनामा भारतीय तस्करले सिमामा खटिएका शसस्त्र माथि आक्रमण गरेका छन् । भारतबाट आएको ४० जनाको समूहले सोमबार राति आक्रमण गरेको हो । यस अघि पनि अवैध सामान ल्याउन रोके पनि शसस्त्र प्रहरीले आक्रमण गरेका थिए । स्थानीयका अनुसार भारतीय तस्करले एक सशस्त्र प्रहरीलाई घिसार्दै भारतीय भुमितर्फ एक सय मिटरभित्र पुर्याइसकेका थिए । सशस्त्र प्रहरीले गुहार मागेपछि स्थानियले उद्दार गरेका थिए । सशस्त्र प
सुनसरी । क्यान्सर रोग पिडित सोलुखुम्बुका गाउँपालिका अध्यक्षको निधन भएको छ । पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । निदान अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकले उनलाई गाउँ फर्कन सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार गाउँ फर्कने तयारी गरिरहेकै बेला उनको निधन भएको हो ।
रंगेली/ मोरङको सुनवर्षी नगरपालिकामा थप २१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै सुनवर्षीमा मात्रै संक्रमितहरुको संख्या २८ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको १८८ जनाको परीक्षणमा आज थप २१ ज्ना संक्रमण पुष्टि भएको सुनवर्षी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिएका छन् । उनिहरु सबै भारतको विभिन्न सहरबाट आएर नगरपालिकाले निमार्ण गरेको वडा नम्बर ८ स्थित क्वारेनटाईनमा बस्दै आएका थिए । संक्रमितहरुलाई उपचारका लागि काहा“ लाने भन्नेबारे निश्चित भइनसकेको स्वास्थ्य शाखा प्रमुख मण्डलले जानकारी दिएका छन् । उनले धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान , क
धरान । राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसि लगायत बढ्दै गरेको कोभिड १९ को चुनौतीलाई समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसिसि सार्वभौम संसदले अनुमोदन गर्न नहुने भन्दै सबै दलहरुलाई खबरदारी र ध्यानाकर्षण गराएको छ । केन्द्रिय अध्यक्ष केपी पालुङवाले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते संघीय संसदले नेपालको लिम्पियाधुरा लिपुलेक कालापानी सहितको भुमि समेटेर नयाँ नक्सा सम्बन्धी प्रस्तावलाई पारित गरेकोमा स्वागत गरेका छन् । त्यसै विज्ञप्तीमा मुलुकमा ब
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
इटहरी । सुनसरी माेरङ औद्याेगिक करीडाेर अन्तरगत दुहबीकाे एक उद्याेगमा कार्यरत महिलाहरूमाथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित पक्राउ परेका एक उद्याेगका प्रडक्सन इञ्चार्ज पवन शर्मा २४ घण्टा बित्न नपाउदै छाडिएका छन । सुनसरीकाे दुहबी स्थित पशुपति सिन प्याक इन्ड्रस्टिजमा कार्यरत महिलाहरूले कुनै उजुरी नदिएपछि आरोपित शर्मा रिहा भएका हुन । रातकाे समय डयुटीमा खटिएका महिला कामदारहरू माथी याैन दुर्व्यवहार गरेकाे अभियाेग सहित प्रकउ परेका भारत राजस्थान घर भई सुनसरी दुहबी बस्ने २४ वर्षीय शर्मा पक्राउ परेकाे केहि घण्टामै छुटेका हुन । माैखिक उजुरीकाे अाधारमा प्रहरीले
धरान । प्रदेश नम्बर १ को सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि भौतिक पुर्वाधार तथा विकाश मन्त्रालयमा सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पुर्वाधार विकाश मन्त्रालयलाई १७ अर्ब ९३ करोड २९ लाख ८२ हजार कुल बजेटको ४३ दशमलव ८४ प्रतिशत बजेट विनियोजन गरेको हो । सबै भन्दा कम बजेट अर्थ मन्त्रालय अन्र्तगतको आन्तरिक ऋण भुक्तानी तर्फ शुन्य दशमलव शुन्य २४ प्रतिशत रहेको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबोले पेश गरेको बजेटमा प्रदेश व्यवस्थापिकामा २३ करोड ५० लाख ३६ हजार रुपैया विनियोजन गरेको छ भने प्रदेश लोक सेवा आयोगका लागि ५ करोड ५९ ला
विराटनगर । प्रदेश १ सरकारले आगामि आर्थिक वर्ष २०७७ ७८ का लागि कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशसभा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामि वर्षको चालु खर्च तर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार (४६.२९ प्रतिशत) र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार (५३ .७१ प्रतिशत) विनियोजन गरिएको बताएका छन् । यस्तै मन्त्री आङबोले वित्तिय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको जनाएका छन् । राजस्व बाँडफाँडबाट१० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चा
काठमाडौं / पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ । जसमध्ये पुरुष ९३७ र १०४ जना महिला छन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।