इटहरी यातायातमा बेथिति: व्यवसायीलाई सास्ती ,राजस्व काउण्टर बन्दको समयमा पनि जरिवाना

  • मंसिर ८, २०७७
  • "दिनेश गजमेर"
alt

सुनसरी । इटहरी २ शान्तिनगरका मणिकुमार गिरीे कोशी अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीमा आफ्नो तिन चक्के सवारी साधनको जाचपास नविकरणका लागि पुगे तर सर्वर नभएको बहाना देखाउँदै फर्काइयो, पुनःभोली पल्ट कार्यालय खुलिसके पछि पुगे त्यो दिन पनि सोहि समस्याका कारण राजस्व बुझाउन पाएनन ।

उनी तिन पटक राजस्व बुझाउन गए तर पनि केही न केही समस्या देखाउँदै फर्काइयो । अहिले राजस्व तिर्न जादा जरिवाना लाग्छ भनेपछि गिरी थप मार्कामा परेका छन् । समयमै पैसा तिर्न आएका सेवाग्राहीलाइ सेवा नदिने अनि अहिले जरिवाना लाग्ने उनले दुखेसो पोखे ।

कोरोनाको महामारीका कारण लामो समय देखिको लकडाउनले मारमा परेका यातायात व्यवसायीहरुलाई यातायात व्यवस्था कार्यालयले थप सास्ती दिएको छ । एका तिर लकडाउनका कारण राजस्व तिर्न नपाएका व्यवसायीहरुले राजस्वमा लाग्ने विलम्ब शुल्क छुट दिनुपर्यो भन्दै सरकार गुहार्दै छन्, अर्को तिर यातायात व्यवस्था कार्यालय इटहरी कर तिर्नका लागि सरकारले खुल्ला गरेको अवश्थामा विभिन्न बहाना देखाउँदै ढिलाई गर्दा जबरजस्ती विलम्ब शुल्क तिर्नु पर्ने अवश्था छ ।

सरकारले असोज १ गते देखि सार्वजनिक सवारी संचालन गर्न अनुमती दियो । संगै दुई महिना भित्र राजस्व बुझाउने समय पनि तोकिदियो । असोज महिना भरी सवारी साधन संचालन गरेर केही आर्थिक जोहो गरिसके पछि कार्तिक महिना देखि राजस्व बुझाउन मानसिकतामा व्यवसायी रहे ।

तर यातायात व्यवस्था कार्यालयले असोज १२ गते देखि कार्तिक १४ गते राजस्व बुझ्ने बैंकका कर्मचारी र राजस्व रसिद बुझाउन एक कर्मचारीलो कोरोना संक्रमण देखिएको भन्द बन्द गर्यो । कार्तिक १४ पछि राजस्व बुझाउ गएका व्यवसायीहरु त्यस पछि पनि विभिन्न बहाना देखाउँदै बन्द नै भयो । कोरोना संक्रमण देखिएको भन्दै ३२ बन्द रहेको अवश्थाको पनि व्यवसायीले राजस्व तिर्नुपर्यो ।

राजस्व तिर्नेको भिड बढ्दै गए पछि यातायात व्यवस्था कार्यालयले ४ दिन मोटरसाईकल २ दिन ठुलो गाडिका लागि समय तोकिदियो । २ दिनको समयमा पनि विभिन्न बहाना देखाउँदै फर्काएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ प्रदेश नम्बरका संयोजक सरोज श्रेष्ठले बताए ।

उनले भने, ‘अन्तिमको एक हप्ता बाँकी रहदा झन बढ्यो, त्यस पछि पनि नेट स्लो, भन्दै काम भएन्, सेवाग्राही ५ हजारको छ, तर ३ हजार भन्दा बढीको राजस्व काट्न सकेन ।’ सरकारी राजस्व जुनसुकै बैंकमा पनि तिर्न पाउने व्यवस्था भए पनि यातायात व्यवस्था कार्यालयले भने त्यहीको बैंकमा राजस्त तिर्नु पर्ने कारण भिड बढेको उनको भनाई छ । उनका अनुसार एकै ठाउँमा मात्रै काट्ने भएकाले सेवाग्राहीले दुख पाएका छन् ।

उनले भने, इसेवा, इबैकिङ छ तर कार्यालयले व्यवस्थाको सफ्टवेयर सिस्टम पुरानै शैलिको छ, करिब ६० प्रतिशत व्यवसायीले राजस्व बुझाउन पाएका छैनन्, उनीहरु आन्दोलनमा जाने भएका छन् । मंसिर सम्म म्याद थप गरि कार्यलयको क्षमता वृद्धि गरेर छिटो छरितो तरिकाले सेवा दिनु पर्ने माग गरेका छन् ।

कहिले इन्टरनेट सुविधा नहुने, कहिले सरकारी बिदा त कहिले बिविध कारण देखाउदै राजस्व काउण्टर बन्द रहेने समस्याले विभिन्न जिल्लाबाट आएका सेवाग्राहीले राजस्व बुझाउन नपाउँदा सास्ती भोग्नु परेको छ ।

कोशि अञ्चल यातायात ब्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख हरिप्रसाद लामिछानेले विविध कारण काममा ढिलासुस्ती भएको स्वीकार गरेका छन् ।

माथिल्लो निकायबाटै सर्वर खराब भएको जानकारी आफुले पाएकोले सेवाग्राहीहरूले पाएको असुविधा प्रति क्षमायाचना गरे । साथै अब केहि दिन भित्रै समस्याको सामधान हुने आश्वासन दिएका छन् ।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved