समाचार

    Showing 8,221-8,230 of 10,049 items.
  • इलाममा बहुतले पार्किङ सहितको सिनेमाहल बन्दै

    इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,444 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • कोरोना नियन्त्रणमा इलामका तिन स्थानीय तहको खर्च २ करोड बढी

    इलाम । इलामको तिन नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि २ करोड १७ लाख ७५ हजार ४ सय ६० रुपैया खर्च गरेको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार र इलाम नगरपालिकाको ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 986 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

    धरान । सुनसरी भोक्राहा नर्सीङ गाँउपालिका-८ बस्ने १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज विहान पौने १० बजे भोक्राहा नर्सीङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी(२ का ३५ बर्षीय अनिल उराउ नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,330 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनिर्मित दुई वटा प्रहरी कार्यालयको भवन उद्घाटन

    ओखलढुङगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गरेका हुन्।  २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुबिधा सम्पन्न कार्यालय भवन ,भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्म

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को विभिन्न स्थानमा भएको सवारी दुर्घटना २ जनाको मृत्यु

    बिराटनगर ।  मोरङ र पाँचथरमा मंगलवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मंगलवार राती सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका-९ ईटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीदा घाईते भएका २८१० नम्बरका मोटरसाईकल चालक भोजपुरको दिङला घर भई ईटहरी बस्दै आएका ३५ बर्षीय बिजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लावारीमा मृत्यु भएको हो । यसैगरी पाँचथरको जोरसालमा मंगलवार राती पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका-१ का २० बर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसाल तर्फ जाँदै गरेको पिकअप अचा

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छथर जोरपाटी गाउँपालिकाद्वारा औधोगिकग्रामको निर्माण कार्य शुरु

    धनकुटा÷ धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो पालिकाको दुर्गम क्षेत्र मानिएको वडा नं. ३ को सिंभुवा क्षेत्रमा औधोगिकग्रामको निर्माण कार्य शुरु गरेको छ । संघीय सरकारको एक स्थानिय तह एक औधोगिकग्रामको नीति अनुसार उद्योग मन्त्रालयको बहुबर्षिय योजना अन्तर्गत गाउँपालिकाले काम शुरु गरेको हो । ४८ रोपनी सरकारी जमिनमा निर्माणधिन ग्रामको धनकुटाका संघीय सांसद राजेन्द्र कुमार राईले उद्घाटन गरेका छन् । औधोगिकग्रामको उद्घाटन गर्दै सांसद राईले उक्त औधागिकग्रामको स्थापनाले उक्त क्षेत्र तथा गाउँपालिकाको आर्थिक बिकासमा टेवा पुग्ने बताए । चालु आर्थिक बर्ष २०७७÷०७८ मा ९२ लाख बिनियोजित उक्त ग्

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 820 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • बजेट सुनिश्चित नहुँदा अलपत्र काठेपुल

    धरान । दिगो बजेटको सुनिश्चित नहुँदा विगत ५ वर्ष देखि धरान उपमहानगरपालिकाको वडा नम्बर १५ र ४ जोड्ने सेउती पुल अलपत्र बनेको थियो । ३ वर्षमा सम्पन्न हुने गरि २०७३ सालमा निर्माण शुरु भएको सेउती पुलमा ३ वटा पिल्लर बने पछि बजेटको सुनिश्चित नहुँदा निर्माण कार्य ठप्प रहेको थियो । पक्की पुल निर्माण कार्य शुरु भएको ५ वर्ष पछि बल्ल पुल निर्माणले गति पाएको छ । पोहोर साल संघीय सरकारबाट बजेट सुनिश्चित भए पछि ठेक्का लागेको थियो । गत बर्ष नै ठेक्का लागेको पुलको निर्माण कार्य कोरोनाका कारण बन्द रहेको थियो । कोरोनाको त्रास कम हुँदै गए पछि खामपचे कम्पनीले ७ महिना भित्र निर्माण सम्पन्न गरिसक्ने गरि काम शुरु गरे

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 1,051 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको पत्तो छैन

    विराटनगर । प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो छैन । तर, निजी क्षेत्रसमेतको साझेदारीमा शुरु गर्ने भनिएको कोभिड केयर सेन्टर संचालनमा समेत ढिलाइ भएको छ । सरकारको ढिलासुस्तीका कारण विराटनगर– १० को रोडशेष चौक दक्षिण नेशनल ट्रेडिङ कम्पनीको परिसरभित्र हाल कोसी कोभिड–१९ अस्पताल संचालनमा छ । त्यसलाई नै विस्तार गर्ने गरी हजार क्षमताको अस्पताल संचालन गर्ने निर्णय भएको थियो । तर, अस्पताल बनाउने र यसको संचालनको अझै अत्तोपत्तो छैन । चिसो बढ्न शुरु भएसंगै कोरोना संक्रमण फैलने त्रास उत्तिकै छ । सामाजिक विकास मन्त्रालयले जिम्मेवारीमा अस्पताल

    • प्रकाशित मितिः मंसिर १७, २०७७
    • 905 पटक पढिएको
    • "कुमार लुइटेल"
  • प्रदेश १ मा १ सय ७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

    विराटनगर। प्रदेश १ मा आज १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 1,073 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टी कुनै हालतमा फूट्दैन’ : पूर्व प्रधानमन्त्री खनाल

    इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् । प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब

    • प्रकाशित मितिः मंसिर १६, २०७७
    • 965 पटक पढिएको
    • "भगीरथ भण्डारी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved