धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५८ करोड भन्दा बढीको बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०७७/०७८ का लागि नगरको पाँचौ नगरसभामा उपप्रमुख मञ्जु कार्की अधिकारीले महालक्ष्मी नगरपालिकाले ५८ करोड ७४ लाख ६ हजार ७ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छिन् । अघिल्लो आर्थिक बर्ष ५३ करोड र चालु आर्थिक बर्ष ५४ करोड बराबरको बजेट ल्याएको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट बढाएर ५८ करोड पु¥याएको हो । संघीय सरकार र प्रदेश सरकारबाट हस्तान्तरण गरिएको शसर्त, विशेष र समपुरक अनुदान तथा सामाजिक सुरक्षा भत्ता शीर्षकगत रुपमा तोकिएर आएको हुनाले त्यो बाहेक संघ
सुनसरी । दुई दिन देखिको लगातारको वर्षाले सप्तकोशीमा पानीको सतह बढ्न थालेको छ । विहिबार देखि निरन्तर परेको पानीले सप्तकोशीमा पानीको सतह बढाएको छ । शुक्रबार दिउँसो १२ बजे सम्म गरिएको मापनमा १ लाख ७२ हजार ९ सय ६० क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ । बहाव बढे पछि खतराको संकेत जनाउँन थालिएको छ । सप्तकोशी नदीमा पानीको सतह बढदै गएकाले कोशी व्यारेज कन्ट्रोल रुमले उच्च सुरक्षा सर्तकता अपनाउदै ५६ वटै ढोकामा उच्च निगरानी राखेर कर्मचारीहरुलाई अर्लट गराएर राखेको छ । पानीको वहाव बढेसगै पुर्व तर्फका ढोकाहरु खुल्ला गरि कोशी वेसिनका कर्मचारीहरुले पानीको सतह बढदै गएपछि कन्ट्रोल रुम मार्फत कोशी परियोजना
इलाम/ देउमाई नगरपालिका वडानम्बर ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम फिष्फोट हुँदा उनका छोरा मौसम श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठले द्वन्द्व कालदेखि लुकाई राखेको सकेट बम उहाँका २५ बर्षीय छोरा मौसमले झिकेर खेलाउने क्रममा बिहीबार राती विष्फोट भएको हो । मौसमले खेलाउदै गरेको बम विष्फोट हुँदा उनका दुवै हातका औंला चुँडीएको र आँखामा पनि चोट लागेको इलाका प्रहरी कार्यालय मंगलबारेका इन्सपेक्टर राजकिसोर शाहले जानकारी दिनुभयो । तत्कालिन विद्रोही माओवादी र सेनाबीच स्थानीय देवि डाँडामा भिडन्त हुँदा छोडेको बम श्रेष
विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. १ मा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्की र जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काललाई विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका छन् । उद्योग संगठन मोरङले विहीबार स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना औपचारिक रुपमा डिआईजी र एसपीलाई न्यानो स्वागत गरेको हो । भेटघाट तथा स्वागत कार्यक्रममा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानीय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताए । भने,“निजी क्षेत्र र प्र
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २१ जना डिस्चार्ज भएका छन् । १८ महिना देखि ६० वर्ष सम्मका मोरङका २०, सुनसरीका १ जना सहित जम्मा २१ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार उनिहरु जेठ २ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३२ जना उपचाररत छन् भने १७६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना ठिक भई विहीबार ७० जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररतमध्ये ७० जना डिस्चार्ज भएका हुन । कोरोना ठिक भई डिस्चार्ज हुनेहरुमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २,उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका एक एक जना छन् । उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना आईसोलेसनमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेलले जानकारी दिएका छन् । उनीहरुलाई बिदाइ गर्न स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतसहित
आज थप ४३४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ४८ महिला र ३८६ जना पुरुष रहेको उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुष र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्
आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । बुधबार, सृजनशिल नेपाल धरान ६ को सभा हलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरुमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशिलतकामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सृजना, अवशरको विश्लेषण, स्रोत व्यवस्थापन, वजारको खोजी सम्बन्धी विषयमा ता
धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सभामा प्रस्तुत गरिएको बजेट अन्तरगत पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख २१ हजार नौ सय रहेको छ भने सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख गरी ४४ करोड १३ लाख २१ हजार नौ सय रहेको गाउँपालिका उपाध्यक्ष रुचालले बताईन् । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेकको आन्तरिक आयतर्फको कुल रकम २२ करोड ७५ लाख २१ हजार नौ सय रहेको छ । उक्त रकम मध्ये व्यय शिर्षकको पूँजीगततर्
काठमाडौं – काठमाडौंको टोखामा आफ्नै श्रीमानको चक्कु प्रहार बाट श्रीमतीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयलका अनुसार बुधबार राति करिब १ बजेको समयमा उनिहरु बिच विवाद भएको र साही विवादको क्रममा चक्कु प्रहार गरि श्रीमति सलिना खड्काको हत्या गर्ने श्रीमन ४३ वर्षीय कृष्णहरि बानियाँलाई बिहिबार बिहानै प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहारबाट सलिनाको घटना स्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।