धरान । मोटरहेड बाइकको अधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले काठमाण्डौंको बलाजुमा शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याउने भएको छ ।
ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले ललितपुर र भक्तपुरपछि बालाजुमा शाखा सञ्चालनमा ल्याउन लागेको प्रालिले जनाएको छ ।
प्रालीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार ग्राहकले शुक्रबारदेखि बालाजु शाखाबाट पनि सेल्स, सर्भिस र स्पेयर्स पार्टस्को सुविधा प्राप्त गर्नेछन् ।
बालाजु शाखाको उद्घाटनको अबसरमा ग्राहकलाई विशेष छुट अन्तगर्त नगद १५ हजार छुट दिने व्यवस्था गरिएको जोशीले बताए ।
त्यसैगरी स्पेयर्स पार्टसमा १० प्रतिशत र लेबरचार्जमा ५० प्रतिशत छुट प्रदान हुनेछ । स्पेयर्स पार्टस र लेबरचार्जमा प्रदान गरिने छुट एक सातासम्म जारी रहने जनाइएको छ ।
नेपाली बजारमा मोटरहेडका बाइकहरु अफ रोड र पिच दुवै सडकका लागि उपयुक्त रहेका छन् ।
मोटरहेडका डट बाइकदेखि स्क्र्याम्ब्लर तथा क्रस ओभर गरी ३ सेगमेन्टमा ७ वटा मोडलका बाइकहरु नेपाली बजारमा उपलब्ध छन् ।
बजारमा प्रख्यात रहेका टेक्कन २५०, एमएच २००, स्क्र्याम्ब्लर २५० र स्पोर्टस २५० बाइक रोड र अफरोड भर्सनमा उपलब्ध छन् । मोटरहेडका २ लाख ८८ हजार रुपैयाँदेखि ४ लाख ५० हजारसम्मका बाइकहरु बजारमा बिक्री भइरहेका छन् ।
सबैको पहुँच हुने गरी राम्रो प्रडक्ट बिक्री गरेको धेरै ग्राहकको विश्वास जित्न सफल भएको कम्पनीको दावी छ ।
मोटरहेडका डिलहरु पोखरा, चितवन, विरगञ्ज, बागलुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, इटहरीमा तथा काठमाडौंको टेकु, मित्रपार्क, बनेपा लगायतका ठाउँमा छन् ।