समाचार

    Showing 8,071-8,080 of 8,693 items.
  • बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकमा पहिरो खस्यो

    बुधबार राति परेको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा पहिरोले २३ जना बेपत्ता भएका छन् भने १५ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा धन जनको ठुलो क्षति पुर्याएको छ । गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खोला बस्ती पस्दा १५ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका ११ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको सेना,प्रहरी र स्थानीय मिलेर खोजी गरिरहेका छन् । सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबिसे बजारछेउको ढिस्को खस्न थालेपछि नदि तटीय क्षेत्रका

    • प्रकाशित मितिः असार २५, २०७७
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई

    धरान/  सुनसरी उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सरुवा हुन लागेका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई विदाई गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पौडेलले सुनसरीवासीहरुको साथ र सहयोग कहिल्यै नबिर्सने र हात मिलाएर बिदा हुन नपाएपनि कामको कारणले जिल्लावासीसंग सामिप्यता बढेको बताए । “सुशासन र सदाचारका कार्यहरुलाई मैले व्यवहारमा ल्याए, र त्यसको मूल्याकंन नागरिक समाज र राजनीतिक दलले गर्ने नै छ” कार्यक्रममा पौडेलले भने । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष गौरीशंकर अग्रवालले मन्तव्य र

    • प्रकाशित मितिः असार २५, २०७७
    • 671 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपीबाट आज थप ३ जना कोरोना संक्रमितहरु डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना डिस्चार्ज भएका छन् । उनीहरु २० देखि  ४१   बर्ष  सम्मका व्यक्तिहरु झापाका   २   जना र सुनसरीका १ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा.  निदेश सापकोटाले जानकारी दिए । महिला २ जना र पुरुष १ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १६, १७ र १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ४४ जना उपचाररत छन् भने २१४  जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १०,७९४   पिसि आर परिक्षण गरिएको छ ।

    • प्रकाशित मितिः असार २४, २०७७
    • 667 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

    विराटनगर २४ असार । प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरंगमा ३, झापामा ७ र सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुष, झापाको मेचीनगरमा एक महिला, ४ पुरुष, विर्तामोड र हल्दिबारीमा १–१ जना पुरुष, सुनसरीको इटहरीका २ पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा २ पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ । प्रदेश १ मा आज ४९ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स

    • प्रकाशित मितिः असार २४, २०७७
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश प्रहरीलाई अधिकार सम्पन्न बनाउन जोड

    विराटनगर । प्रदेश प्रहरी सम्बन्धी सदनमा प्रस्तुत भएको विधेयकमाथिको छलफल सकिएको छ । यसमा उठेका प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका छन् । सदनमा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले प्रदेश प्रहरीको अधिकार संघीय सरकार नियन्त्रित र कन्जुस्याईं गरेर दिएको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । नेकपाका सांसद कुलप्रसद साम्बाले प्रहरीको पारिश्रमिक कम भएको बताए । भने,“तालिमको विषयलाई पारदर्शी बनाइनु पर्छ । र विदेशमा समेत पठाइँदा आफन्त अनि आसेपासेभन्दा पनि क्षमता भएकालाई दिइनु पर्छ ।” नेकपाकी सांसद खिनुलङ्वा लिम्बूले प्रहरीको बालबच्चा र परिवार

    • प्रकाशित मितिः असार २४, २०७७
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप २५५ जनामा कोरोना संक्रमण पोजेटिभ पुष्टि , संक्रमितको संख्या १६ हजार ४ सय २३

    आज थप २५५ जनामा संक्रमण  पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या  १६ हजार ४ सय २३  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५५ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप  २५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या  ७७५२  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    • प्रकाशित मितिः असार २४, २०७७
    • 558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोपाईं गर्ने किसानलाई मलखाद दिन सांसदको माग

    विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा

    • प्रकाशित मितिः असार २४, २०७७
    • 606 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामानन्दाचार्य सेवापिठको होल्डिङ केन्द्रमा १ हजार भन्दा बढीले सेवा लिए

    चतरा । कोरोनाको जोखिमका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई राख्दै आएको सुनसरीको बराहक्षेत्रमा रहेको रामानन्दाचार्य सेवा पिठ होल्डिङ केन्द्रमा मंगलबार सम्ममा १ हजार १ सय ५० जना बसिसकेका छन् । बराहक्षेत्रको वडा नम्बर १ मा रहेको होल्डिङ केन्द्रमा नेपाली सेनाले सुरक्षा दिएको छ । विदेसवाट फर्किएका हरुलाई होल्डिङ केन्द्रमा राखी उनीहरुलाई आ–आफ्नो नगरमा पठाइने गरिएको छ । नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखि स्वाब परिक्षण पश्चात मात्रै घर जान दिइने व्यवस्था गरिएको छ । होल्डीङ केन्द्रमा राखिएकाहरुलाई प्रदेश सरकारको तर्फबाट नेपाली सेनाले नै व्यवस्था गरिदिने गरेको छ । उनीहरुलाई खाना, वस्

    • प्रकाशित मितिः असार २४, २०७७
    • 941 पटक पढिएको
    • "हिमाल राई"
  • केन्द्रिय प्रविधि क्याम्पसले खुलायो छात्रवृत्ति (लिंक सहित)

    धरान । केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारले पहिलो पटक गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्तिका लागि निवेदन आव्हान गरेको छ । क्याम्पसले असार २२ गते सुचना जारी गर्दै साउन ९ गते सम्म अनलाइन आवेदनका लागि आव्हान गरेको छ । स्नातक तथा स्नातकोत्तर तह अन्र्तगत कार्यक्रमको प्रत्येक वर्षमा अध्ययनरत १ जना जम्मा १८ जना विद्यार्थीहरुलाई १० हजारका दरले छात्रवृत्ति प्रदान गरिने जनाएको छ । विद्यार्थीहरुले आवश्यक कागजपत्र सहित अनलाईन आवेदन दिन सक्ने जनाएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको पहलमा छात्रवृत्ति वितरण गरिएको हो । युनियनले अघिल्लो वर्ष देखिनै गरिब तथा जेहेन्दार विद्यार्थीह

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,952 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी मा आवश्यक सामग्री वितरण

    धनकुटा/ सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिकामा आवास निर्माणको लागि आवश्यक सामग्री वितरण गर्न शुरु गरिएको छ । संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साँगुरीगढी गाउँपालिकाको दुई वटा वडामा जस्तापाता लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरिएको हो । संघीय सांसद राजेन्द्र राईको पहलमा सो गाउँपालिकाको वडा नं. ७ र ८ का विपन्न ५० घरधुरीलाई सुरक्षित आवास निर्माणको लागि आवश्यक सामग्रीहरु खरिद गरेर वितरण गर्न शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले बताईन् । गाउँपालिकाको फुसको छाना रहित अभियानसँग जोडेर सुरक्षित नागरिक आवास कार्यक्रमलाई अगाडी बढाएको गाउ

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,184 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved