समाचार

    Showing 8,021-8,030 of 8,691 items.
  • विप्लवका सैन्य इन्चार्ज पक्राउ

    सुनसरी । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका पूर्वी कमाण्ड सैन्य इन्चार्ज नन्दबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । इन्चार्ज बोहोरालाई मोरङको उर्लाबारीबाट बुधबार पक्राउ गरेको हो । कालिकोट फेनेली घर भएका बोहोरा उर्लावारी नगरपालिका ३ मंगलबारेमा लुकीछिपी बस्दै आएका थिए । उनलाई प्रदेश १ प्रहरीको अनुसन्धान टोली र मोरङ प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । बोहोराको साथबाट पेस्तोल, गोलीका साथै पूर्व लडाकु लेखिएको एक थान छाप, टेलिकमको ७ वटा सिमकार्ड, एनसेलका २ वटा सीमकार्ड, १ थान मोबाइल लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लाग

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु विपी बाट डिस्चार्ज

    धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १५ जना आज मंगलबार डिस्चार्ज भएका छन् । उनीहरु ९ वर्षको बालक देखि ५० बर्ष सम्मका व्यक्तिहरु झापाका १२जना ,सुनसरीका १,दित्तेल१ जना,महोत्तरीको १ जना गरी जम्मा १५ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । महिला ६ जना र पुरुष ९ जना डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार १७ देखि २३ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा १३ जना उपचाररत छन् भने २५४ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,६६६ पिसि आर परिक्षण गरि

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,046 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण

    धनकुटा / सरकारले धनकुटालाई कोरोना मुक्त जिल्ला घोषणा गरेको केही दिनमै धनकुटामा ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका २ जना र सहिदभूमि गाउँपालिकामा १ जना गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकामा छथर जोरपाटीका ३८ र ३९ वर्षका पुरुष र सहिदभूमिका ८ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए । संक्रमितहरु छथर जोरपाटीका बहराइन र साउदीबाट आएका हुन् भने सहिदभूमिका कतारबाट १४ दिन अगाडि आएका हुन् । उनीहरु सम्बन्धित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । विदेशबाट आएर सहिदभूमिको क्वा

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 684 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जना डिस्चार्ज भएर घर फर्किए

    आज थप ११६  जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 567 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिरोमा पुरिँदा मोरङमा एक महिलाको मृत्यु

    केराबारी/  मोरङ जिल्ला स्थित केराबारी गाउँपालिका २ सिंहदेवी वर्षाका कारण चिसाङखोलामा आएको बाढिका कारण पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ । पहिरोले घर पुरिँदा स्थानिय ५८ वर्षीय धनकुमारी आङबो लिम्बुको मृत्यु भएको हो । वर्षा सगै आएको बाढीले एउटा घर र दुई वटा गोठ समेत बगाएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,455 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्राइम भिजनको शैक्षिक राहत

    धरान / प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट तथा प्रभात माविले आगामी साउन १ गतेदेखि वाणिज्य र होटल व्यवस्थापनका कक्षाहरु अनलाइन मार्फत सुरु गर्ने भएको छ । सोमबार विद्यालयले वर्तमान समयमा विद्यालय सञ्चालन र व्यवस्थापनका विषयमा धरानका सञ्चारकर्मीहरुसंग अन्तक्र्रिया गर्दै आगामी शैक्षिक कार्यक्रमका बारेमा जानकारी गराएको हो । ‘विद्यालय बन्द भए तापनि विद्या बन्द हुदैन’ भन्ने नारासहित विद्यालयले शैक्षिक राहत स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रिन्सिपल सुमिर मास्केले बताए । विद्यालयले आगामी साउन १ गतेदेखि शनिबारबाहेक बिहान ११ बजेदेखि अनलाइन कक्षा सञ्चालन गर्नेछ । दोहोरो अन्

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सयौं सिलिण्डर राखिएको ठाउमा आगो लगाउने प्रयास : ठुलो दुर्घटनाबाट बच्यो इटहरी

    इटहरी । सुनसरीको इटहरी स्थित हटिया लाइनमा अवस्थित सञ्ज्य ग्यास भण्डार तथा भाडा पसलमा सोमबार राती अज्ञात समुहले आगो लगाउने प्रयास बिफल भएको छ । शयौ सिलिण्डर भण्डारण गरिएको अवस्थामा अपिरिचित एक ब्याक्तिले टायर बालेर आगो लगाउने प्रयास गरेका थीए । ग्यास भण्डारण गरिएको ठाउमा आगो लगाउदै गर्दा स्थानीयहरूले देखेर चिच्याएपछि ति व्यक्ति फरार भएको जनाइएको छ । फरार ब्याक्तीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बिगत लामो समय देखि सो स्थानमा सञ्ज्य चौधरीले खाना पकाउने एलपी ग्यास भण्डारण तथा बिक्रि बितरण गर्दै आएका छन । साथै उनले सोहि स्थानमा भाडा पसल पनि सञ्चालन गर्दै आएका छन । के

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,104 पटक पढिएको
    • "तेजबहादुर बन"
  • १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया पारीत गर्दै बेलबारीको छैटौ नगरशभा सकियो

    बेलबारी ÷ १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट पारीत गर्दै बेलबारी नगरपालिकाको छैटो नगरशभा सम्पन्न भएको छ । नगरशभाले कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता दिने समेत निर्णय गरेको छ भने केहि नयाँ योजनाहरु समेत थपेको छ । बेलबारी १ मा बन्न लागेको बेलबारी कम्पलेक्सलाई समेत नगरपालिकाले गौरबको योजनाका रुपमा लिएको छ । केहि दिन अघि मात्रै कम्पलेक्स निर्माणका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर विकास कोष सँग सम्झौता गर्नु भएको थियो । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागिएको आधुनिक सपिङ कम्प्लेक्सक

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बडीगार्ड आत्महत्या प्रकरणः श्रीमती र प्रेमी पक्राउ

     इटहरी । गत असार १६ गते जिल्ला अदालतका न्यायाधीशका बडीगार्ड एवम् प्रहरी हवल्दार ओम प्रकाश खतिवडाले गरेको आत्महत्या प्रकरणमा  श्रीमती र उनका प्रेमिलाइ प्रहरीले पक्राउ गरी आत्महत्या दुरूत्साहन मुद्धा चलाइएको छ । मृतक खतिवडाले श्रीमती दीक्षा खतिवडाको चालचलन ठिक नभएको र परपुरूष संग अवैध सम्बन्ध रहेको जानकारी पाएर पटक पटक सम्झाउदा नलागेपछि अन्तत आफैले आत्महत्याको बाटो रोजेको प्रहरी अनुशन्धानबाट खुलेको छ । आत्महत्या दुरूत्साहन अन्तरगत श्रीमती खतिवडालाइ श्रीमानको काम सकेको १३ दिनमा पक्राउ गरिएको हो भने उनका प्रेमी उर्लाबारी ९ कै विशाल तामाङलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,171 पटक पढिएको
    • " तेजबहादुर बन"
  • गाँजा सहित एक युवा पक्राउ

    धरान । अवैध रुपमा गाँजाको बेचविखन र खेति गर्ने धरान १३ का नविन मगरलाई इलाका प्रहरीले कार्यालय धरानले पक्राउ गरेको छ । गत असार २६ गते धरान १३ का वर्ष २९ का नविन मगरले गाँजा लुकाई छिपाई घरबाटै बेचविखन गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेच्नलाई तयारी अवश्थामा रहेको ३ सय ग्राम तयारी गाँजा फेला पारेको थियो । मगरले घरकै बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि बरामद गरेको छ । उनलाइ आइतबार थप अनुसन्धानको लागि लागुऔषध गाँजा मुद्धामा म्याद थप गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द बस्नेतले बताए ।

    • प्रकाशित मितिः असार २९, २०७७
    • 957 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved