धरान / धरानका स्व. मेयर तारा सुब्बाको दोश्रो स्मृति दिवसको सन्दर्भमा आज धरान १९ स्थित हरियाली सामुदायिक वन स्मृति सभा सम्पन्न भएको छ । नेकपाको धरान उपमहानगर कमिटीको आयोजनामा भएको सभा भन्दा अगाडी सामुदायिक वनमा बन्दै गरेको तारा सुब्बा स्मृति पार्कमा रहेको स्व. सुब्बाको मुर्तिमा नेकपाका नेता तथा धरानका जनप्रतिनिधीहरूले मार्ल्यापण गरी श्रृद्धान्जलि अर्पण गरिएको थियो । कार्यक्रममा पार्कको निर्माणका लागी खगेन्द्र नेपालीले ५० हजार, फिरोज अलि र सागिर अलिले १० हजार, मैया तामाङले १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, तारा सुब्बा उधान पार्कका लागी लहरू जीमीले ३० हजार प्रदान गर्ने प्रतिबद
काठमाडौं । संसदीय विशेष समितिले गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं। ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको जघण्य अपराध जातीय विभेदकै कारण भएको निष्कर्ष निकालेको छ । ‘मृतक नवराज बिक र निजको प्रेमीकाको पनि प्रेम सम्बन्ध कायम रहेको करिव २ वर्ष भन्ने कुरा प्रायः सबैबाट सुन्नमा आएको पाइयो । तर स्थानीय रुपमा कम उमेरमा विवाह गर्ने चलन भएता पनि जातीय भेदभाव र छुवाछूतकै कारणले उनीहरूको प्रेम सम्बन्धलाई अस्वीकार गरेको देखिन्छ’ मंगलबार सभामुख अग्नीप्रसाद सापकोटालाई बुझाइएको प्रतिवेदनमा भनिएको छ, ‘उक्त घटनामा पीडक पक्षका प्रतिवादी वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्ति
धरान / विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभा बुधबार सम्पन्न भएको छ । विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा मंगलबार सुरुभएको सभा बुधबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै बुधबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको छ । नगरसभाले आगा
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २ जना आज बुधबार डिस्चार्ज भएका छन् । उनीहरु सिरहा १ जना ,मोरङ १ जना गरी जम्मा २ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । आज २ जना पुरुष डिस्चार्ज भएका छन् । उनका अनुसार उनिहरु असार २३ र २७ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल जम्मा ११ जना उपचाररत छन् भने २५६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा ११,८५५ पिसि आर परिक्षण गरिएको छ ।
विराटनगर । प्रदेश १ मा कोरोना रोग ठिक हुने दर उच्च देखिएको छ । प्रदेश १ मा संक्रमण देखिएकामध्ये ९० प्रतिशत हाराहारीले स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।प्रदेशमा भारत र तेस्रो देशबाट आएकाहरुमा नै अधिक मात्रामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको संख्या थपिने क्रममा समेत कमी आएको र रोग ठिक भई अस्पतालबाट डिस्चार्ज हुने दरसमेत बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले संक्रमणलाई समुदायमा फैलनबाट रोक्न सरकार सफल भएको बताएका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको छ । जबकी अस्पतालमा उपचारपछि ठिक भई घर फर्कनेको
विराटनगर/ प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई आज सम्मानित गरेको छ । एकल तर्फ स्वर्ण पदक विजेता ६ जना, एकल तर्फ रजत पदक विजेता ४ जना र एकल तर्फ कास्य पदक विजेता १० जना खेलाडी, टीम तर्फ स्वर्ण पदक विजेता १५ जना, टीम तर्फ रजत पदक विजेता २२ जना र टीम तर्फ कास्य पदक विजेता ४१ ज्ना गरि ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मानित गर्नुभयोे । खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश स
विराटनगर/ प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । ३ पुरुष र २ महिलामा संक्रमण देखिएको छ । आज संक्रमण देखिएकामा इलामका २, धनकुटा, मोरङ र ताप्लेजुङका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलाको सुर्योदय नगरपालिका २ महिला, धनकुटाको महालक्ष्मी, मोरङको सुनबर्षी र ताप्लेजुङको मेरिङ्देनका १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ ।
आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । बुधबार थप १को मृत्यु भएको छ मृत्यु हुनेमा रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार २५ जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरान । बैदेशिक रोजगारी बाट फर्किएर धरानका विभिन्न क्वारेन्टाइन मा बसेका ७० जनाको रिपोर्ट नेगेटिभ आए पछि सबै जना घर फर्किएका छन । एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मी सहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । दुई दिनअघि एन्फा क्वारेन्टाइनमा उनिहरुको स्वाब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । रिपोर्ट नेगेटिभ आएका ७० जना मध्ये ४० जना एन्फा क्वारेन्टाइनमा थिए भने १५ जना होटल र १२ जना होम
धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बुधबार (आज) ११ बजे बस्ने भनेको बैठक १ बज्दा सम्म हुन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने नगरसभामा मेयर, उपमेयर सहित केही कार्यपालिका सदस्यहरु छलफलमा व्यस्त हुँदा तोकिएको समयमै बैठक शुरु हुन नसकेको हो । नगरसभामा खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन मेयर सहित उपमेयर र केही कार्यसमिती सदस्यहरु छलफलमा रहेकाले सभामा ढिलाई भएको एक वडाअध्यक्षले बताए । असार १० गते उदघाटन भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपान