समाचार

    Showing 7,901-7,910 of 10,045 items.
  • इटहरीमा दिनहुँ आन्दोलन

    इटहरी/ लोकमार्ग सुधारका उपायहरू अविलम्ब लागू गराउन पटक–पटक पहल गर्दा पनि सरोकारवालाहरूले चासो नराखेपछि निर्माणाधीन रानी–इटहरी–धरान ६ लेन सडकअन्तर्गत यहाँ स्थानीय व्यवसायीहरूले दिनहुँ आनदोलन गर्न थालेका छन् । निर्माणको पहिलो चरणदेखि नै यो सडकमा विवाद आएको थियो । अहिले इटहरीको धरान लाइनमा निर्माणले निरन्तरता पाएको छ भने विराटनगर लाइनमा निर्माण अवरूद्ध छ । निर्माण कार्य समयमै पूरा नहुँदा धुँवा र धूलोबाट पीडित बनिरहेको भन्दै स्थानीयले दैनिक आन्दोलन गरेका हुन् । धुँवा र धूलोको कारण स्थानीयको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै व्यवसायीहरू प्रत्यक्ष मर्कामा परेको भन्दै वि

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 1,155 पटक पढिएको
    • "तेजबहादुर बन"
  • धरानमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव हुने

    धरान / धरानलाई साहित्यिक बहुसांस्कृतिक पर्यटनको केन्द्रको रूपमा स्थापित गर्न धरानमा दुईदिने अन्तर्राष्ट्रिय साहित्यिक तथा सांस्कृतिक पर्यटन महोत्सव हुने भएको छ । धरान–१३ को कला साहित्य प्रतिष्ठानको आयोजनामा यही फागुन २८ र २९ गते अमरहाटमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव सम्पन्न गर्न साहित्यकार बम देवानको संयोजकत्वमा १७ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको वडाअध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । नेपाल र भारतका साहित्यकारहरूलाई भेला गरी साहित्यिक पर्यटन महोत्सवमा गजल, कविता गोष्ठीको आयोजना गरिएको समितिका अध्यक्ष देवानले बताए । देवानका अनुसार महोत्सवमा चित्रकला प्रदर्शनी, नृत्य

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 1,235 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करेन्ट लागेर इलाममा एक युवाको मृत्यु

    इलाम/ इलाम नगरपालिका वडा नं। ९ शेरामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ । इलाम नगरपालिका वडा नं। ४ मलातेका अन्दाजी २० वर्षीय पुजन सोङ्मीको करेन्ट लागेर मृत्यू भएको हो । एक इन्टरनेट प्रदायक कम्पनीको फाइबर विस्तारमा काम गर्दै आएका सोङ्मी पोलमा चढेर काम गरिरहेको बेला भर्याङ्क चिप्लिँदा विद्युतको तारले छोएपछि करेन्ट लागेको उनका आफन्तले बताएका छन् । सोङ्मीको शव पोष्टमार्टनका लागि इलाम अस्पतालमा ल्याइएको बताइएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 1,400 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खैरो हेरोइनको कारोबार बढ्दो: लागूऔषधका २८ मध्ये खैरो हेरोइनका १५ मुद्दा

    धरान/  पछिल्लो समय धरानमा खैरो हेरोइनका प्रयोगकर्ता बढ्न थालेका छन् । सामान्य रूपमा प्रयोग गरिने लागूऔषधको तुलनामा खैरो हेरोइनको प्रयोग अत्यधिक हुन थालेको छ । केही समययता यहाँ पनि खैरो हेरोइनको प्रयोगमा वृद्धि भएको पाइएको छ । धरान प्रहरीले दैनिकजसो खैरो हेरोइनसहित प्रयोगकर्ता पक्राउ गर्नुले यसलाई पुष्टि गर्छ । अहिले खैरो हेरोइनको लहर नै चल्न थालेको छ । धरान प्रहरीले मङ्गलबार एकै दिन पाँचजनालाई खैरो हेरोइन कारोबारमा पक्राउ गरेको छ । उनीहरूको साथबाट ८ दशमलव ४ मिलीग्राम खैरो हेरोइन बरामद गरेको छ । एकै दिन पक्राउ परेका आठजना लागूऔषध कारोबारीमध्ये तीनजना सामान्य प्रकारका लागूऔषधसहित पक्र

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संस्थान र बोर्डको द्वन्द्वले खानेपानीको समस्या झन् चुलियो

    धरान/ सुख्खायाम सुरु भएसँगै धरानमा बर्सेनी खानेपानीको चरम अभाव हुने गरेको छ । यसको दीर्घकालीन समाधानमा सम्बन्धित पक्ष गम्भीर नबन्दा खानेपानी समस्या झन् चुलिएको छ । खानेपानी आपूर्तिका लागि नेपाल खानेपानी संस्थान र धरान खानेपानी बोर्डले दीर्घकालीन समाधानमा ध्यान नदिई आपसमा द्वन्द्व सिर्जना गर्दा अन्योल थपिएको छ । सुख्खा मौसम आएसँगै धरानेहरूले खानेपानीको जोहोमै दिनरात बिताउने गर्छन् । धरान–१६ का सुवास शंकर आप्mनो धारामा पाँच दिनयता खानेपानी नआउँदा धरान–२० र १३ को संगम स्थल वीपी पार्कमा टेम्पो लिएर खानेपानी लिन पुगेका थिए । धारामा पानी नआउँदा जसोतसो खानेपानी जोहो गरे पनि नुहाउने

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 880 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • व्यावसायिक बन्दै महिलाहरू

    धरान/ केही समययता महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् ।पुरुषबाट चलेको घरमा परिवारको आवश्यकता पूरा हुने गरे पनि धेरै महिला घरेलु हिंसाबाट पीडित बन्ने गरेका छन् । यस्तो अवस्थालाई अन्त्य गर्दै व्यावसायिक पशुपालनमार्फत् आत्मनिर्भर बन्ने उद्देश्यले लेटाङ नगरपालिकाका महिलाहरू समूह नै बनाएर बाख्रापालन गरिरहेका छन् । व्यवसायमा सफलता हात पार्न थालेपछि उनीहरू बजारको खोजी गर्दै धरानको कृषि उपज बजारमा आइपुगेका छन् । लेटाङ नगरपालिकाकी दिलमाया तामाङ स्थानीय महिलालाई समूह बनाएर आत्मनिर्भर बनाउन अग्रसर भइन् । २५ वर्षअघि अर्थात् २०५२ सालमा २५÷३० जनाको समूह बनाएर दैनिक ५–१० रूपैयाँ सङ्कलन गरेर उनी

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 888 पटक पढिएको
    • "गोबिन्द बस्नेत"
  • कृषिमा रमाउँदै कृषक

    वराहक्षेत्र / सन् १९९३ देखि २०१२ सम्म करीब १९ वर्ष २ महिना थाइल्यान्डको वाखवङ सेन्टर प्रजेन्ड (जेल) मा बिताएका चन्द्रकुमार राई अहिले भने कृषि उद्यममा लागिपरेका छन् । थाइल्यान्डमा साथीहरूसँगको सङ्गतका कारण राईले २७ वर्षदेखि ४७ वर्षको उमेरसम्म ऊर्जाशील समय जेलमा बिताउनु परेको थियो । सन् २०१२ को अन्तिममा नेपाल फर्केपछि उनले शिक्षालय खोलेर शिक्षाको ज्ञान बाँड्न सुरु गरे । आफ्नो पुख्र्यौली थलो वराहक्षेत्र–२ को जब्दी (मधेशी टोलमा) नै मन्टेश्वरी खोलेर उनले बालबालिकालाई कखरा सिकाउन थाले । उनलाई उनकी श्रीमतीले साथ, सहयोग र उत्पे्ररणा दिइन् । मन्टेश्वरी सञ्चालनसँगै राईले एक वर्षयता पुख्र्यौल

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 748 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यक्षका कारण पार्टी दोधारमा : पौडेल

    इटहरी/ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको एकलौटी हैकमका कारण कार्यकर्ताहरू अलमल्लमा परेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । पार्टीमा समाभति एक्लै हावी भइदिएका कारण सरकारले मनोमानी गर्न पाएको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक रहेको दोहो-याए । ‘ओलीको कदमविरूद्ध एक ढिक्का भएर लागौँ भन्दा सभापति देउवा मान्नुभएको छैन’, नेता पौडेलले थपे, ‘बरू उल्टै निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको सुन्दा

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • 828 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिउँसै ताला फुटाउने पक्राउ

    इटहरी/ दिउँसै घरको ताला फुटाएर लाखौँका गरगहना र नगद चोरी गरी भाग्ने क्रममा बिहीबार यहाँ एकजना पक्राउ परेका छन् । इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा बिहीबार दिउँसो ताला फुटाएर १२ तोला सुनका गरगहना तथा नगद चोरेर फरार हुन खोज्दा स्थानीयले तिनलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । ती व्यक्ति मकवानपुर जिल्लाको हेटौडा उपमहानगर–२ घर भएका २९ वर्षीय मनिष घिमिरे भएको प्रहरीले जनाएको छ । घरका सबै सदस्य तेस्रो तल्लामा रहेको र केही सदस्य तलको किराना पसलमा रहेको मौका छोपेर चोरी गरी फरार भइसकेका घिमिरेलाई स्थानीयले इम्पेरियल होटलको कम्पाउन्डबाट नियन्त्रणमा लिएका थिए । उनको

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘हाम्रो पक्षमा निर्णय नभए आन्दोलन’

    धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनस्र्थापना गरेर देशलाई अस्थिरतातर्पm धकेल्ने छुट कसैलाई पनि नभएको बताएका छन् । संसद् विघटनलाई जनताले अनुमोदन गरिसकेकाले नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प नभएको उनको भनाइ छ । नेकपा (ओली समूह) प्रदेश एकले विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हाम्रो पक्षमा निर्णय नभए देशभर आन्दोलन हुनेछ ।’ जनसभालाई सम्बोधन गर्दै ओलीले संसद् पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनीसमेत दिए । ‘संसद् विघटन जनताले अनुमोदन गरिसकेका छन्’, उनले भने, ‘नयाँ जनादेशमा जानुबाहेक अर्को विकल्प छैन ।’ उनले चुनाव

    • प्रकाशित मितिः फागुन ९, २०७७
    • 762 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved