विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकाले संकलन गरेको स्वाब कोशी अस्पतालको प्रयोगशालमा परीक्षण गराइएकामध्ये १३ जनामा कोरोना देखिएको हो । महानगरको जनस्वास्थ्य महाशाखाले जनाएअनुसार विराटनगर–२, ६, ७, ८, १०, ११ र १३ नम्बर वडाका व्यक्तिहरुमा कोरोना देखिएको छ । जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“संक्रमितको पहिचान गर्ने र अस्पताल भर्ना गर्न लैजाने प्रक्रिया शुरु गरिसक्यौं ।” कार्कीका अनुसार उनीहरु सबैको बुधबार अबेर रिर्पोट आएको थियो । संक्रमितहरु ८ पुरुष र ५ महिला रहेका छन । विराटनगरमा कोरोना कोरोना संक्र
धरान ।दुई साता अघि भारतको बिहार बाट आएका धरानका एक तरकारी ब्यापरी मा पनि कोरोना पुष्टि भएको छ । धरान ९ मा डेरा गरि बस्ने ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो । धरान २ स्थित भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ । तरकारी बिक्री गर्ने क्रममा उनको धेरै जना सङ सम्पर्क भएको हुन सक्ने भएकोले कोरोना संक्रमण फैलिन सक्ने देखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग
बेलबारी / बेलबारी नगरपालिकाले २०७७ साउन २२ गते राति १२ बजे देखी ३२ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण बेलबारी नगर समन्बय समितिकोका संयोजक ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बसेको वैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन लाई कडाई गर्ने समेत समितिले निर्णय गरेको छ । औषधी पसल, अस्पताल, किल्नीक, दुधडेरी, पेट्रोलपम्प ,पानिजन्य उद्योग, भेटेनरी भन्दा अन्य पसलहरु बन्द गर्ने निर्णय गरेको छ । बेलबारी नगरपालिका क्षेत्र भित्रका साप्ताहिक लाग्ने हाट बजार, नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय,बैक बित्तिय सस्था, सहकारी सस्थाबाट प्रबाहा हुने सेवा , याता
धरान / धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ८ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा ७७ जना संक्रमित उपचाररत छन् भने २८६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १६,०६९ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ११ जना नयाँ भर्ति भएका छन् ।
धरान । सार्वजनिक सम्पत्ती हानी नोक्सानी मुद्दामा सर्दु र खर्दुको मुहानमा पाइपलाइन तोडफोड गर्ने हर्क साम्पाङ्लाइ सुनसरी जिल्ला अदालतले ५ दिन को म्याद थप गरेको छ भने खानेपानी संस्थानका प्रमुख राम कुमार श्रेष्ठ लाई पक्राउ पुर्जी आदेश गरेको छ । फुस्रे सिस्टममा सर्दु र खर्दुको खानेपानीको मुहान क्षेत्र तोडफोड गरेको आरोपमा पक्राउ साम्पाङलाइ प्रहरी ले मङलबार पक्राउ गरेको थियो । सार्वजनिक सम्पनि हानी नोक्सानीको मुद्धामा ५ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । धरान उपमहागरपालिका खानेपानी व्यवस्थापन बोर्डले मंगलबार बेलुका हर्क स
इटहरी । छिमेकि नगरहरूले पालै पालो लक डाउन घोषणा गरे संगै कोरोना संक्रमित न्युनिकरण तथा उच्च सतर्कता अपनाउदै सुन्दरहरैचा नगरपालीकाले पनि बिहिबार राती १२ बजेदेखि एक साता लकडाउन गर्ने निर्णय गरेको छ । बुधबार कार्यालय अन्तरगत मेयर शिव प्रशाद ढकालकाे कार्यकक्षमा गरिएकाे पत्रकार सम्मेलन मार्फत लकडाउन बारे जानकारी गराइएकाे हाे । मंगलबार बसेको कार्यपालीकाको बैठकले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन लकडाउनको घोषणा गरेको पत्रकार सम्मेलनमा जनाइएकाे छ । साउन ३२ गते सम्म जारी हुने लकडाउनको नियमसंगत पालना गराउन नगरपालीकाले नगरवासीहरूमा अनुरोध गरेको छ । लक डाउन अवधिभर औषधी पसल बाहेकका ब्यापार व्यवसाय
विराटनगर । कोरोना संक्रमणका कारण बुधबार मोरङमा दुई जनाको ज्यान गएको छ ।कोशी अस्पतालमा उपचाररत विराटनगर ९ गुद्री बजार र मोरङको रंगेली ८ का अर्का एक जना पुरुषको मृत्यु भएको हो ।गुद्रीका पुरुष गएराति अस्पतालमा भर्ना भएका थिए । यसैगरी रंगेलीका ४५ वर्षीय पुरुषमा श्वास प्रश्वासको समस्या भएपछि अस्पताल ल्याउनासाथ मृत्यु भएको थियो । मृतक दुबैको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको कोशी अस्पताल आइसोलेशन विभागका इञ्चार्ज डा. लक्ष्मीनाराययण यादवले बताएका छन् । योसंगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि विराटनगर ५ का ७७ वर्षीय पुरुष र सुनवर्षी नगरपालिका ८ का पुरुषको धरानमा मृत्
विराटनगर / प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ । प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पत
काठमाडौ / थप २ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ३ सय ९० जना पुगेको छ । थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्जका १ जना वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुष , पर्साको पोखरिया नगरपालिका–९ की १८ वर्षकी युवतीको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ६० जना संक्रमितको मृत्यु भएको छ।
धरान । कोरोनाको संक्रमण फैलिदै गएको अवश्थामा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाहरुबाट बिरामी रिफर भएर आउने क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग समन्वय नहुँदा बिरामीले सास्ती भोग्नु परेको छ । प्रतिष्ठानमा अन्य उपचारका लागि आउने बिरामीको सँख्या पनि बढिरहेको अवश्थामा कारोना संक्रमित बिरामीहरु समन्वय नगरी अन्य शहरका स्वास्थ्य केन्द्रहरुले पठाउने गरेका कारण प्रतिष्ठानले व्यवस्थापन गर्न कठिनाई भएको छ । समन्वयको अभावमा बिरामीले समस्या भोग्नु परेका कारण बाहिरी जिल्लाबाट आउने कोरोना संक्रमणका बिरामीहरुलाई प्रतिष्ठान सँग समन्वय गरेर मात्रै पठाउन प्रतिष्ठानले आग्रह गरेको छ । बु