समाचार

    Showing 7,751-7,760 of 10,045 items.
  • जाली नोट सहित ३ जना पक्राउ

    धरान ।  सुनसरीको ईनरुवा नगरपालिका ४ स्टार होटल अगाडीबाट प्रहरीले मंगलबार साँझ ५ बजे जाली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १९ का ६६ बर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ बर्षीय नजिम साफि र धरान १७ का महेन्द्र तामाङ रहेका छन् । जाली नोटको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनिहरुको साथबाट नेपाली जाली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जाली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्वन्धि कसुर अन्तरगत मुद्धा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 875 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको हटस्पट बन्यो विराटनगर : पाँच दिनमा दोब्बर बढे संक्रमित

    विराटनगर/ पछिल्लो चार दिनसम्म औसत बीस जनामा कोरोना संक्रमण पुष्टि हुँदै आएको विराटनगरमा मंगलबार एकसाथ ४७ जना सक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएसंगै १ नम्बर प्रदेशको राजधानी फेरि कोरोना हटस्पट बन्ने संकेत देखिन थालेको छ । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पछिल्ला पाँच दिनमा विराटनगरमा १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको तथ्यांकको ग्राफ पनि उकालो लाग्ने क्रममा छ । कोरोनाको पहिलो लहरमा समेत सबैभन्दा धेरै संक्रमित प्रदेश राजधानीमै देखिएका थिए । खासगरी प्रदेशका ठूला शहरहरु धरान, इटहरी, बिर्तामोड र उदयपुर जिल्लामा संक्रमितको संख्या थपिदों थियो । जनस्वास्थ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,180 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकारको निर्णय मान्दैन स्थानीय सरकार : इटहरीमा विद्यालय देखि बजार खुल्ला

    इटहरी / तिब्र रूपमा फैलिदै गएको दोश्रो चरणको कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले देशभर भिडभाड नगर्न तथा बजारहरू सँगै बिद्यालयहरू बन्द गर्ने निर्णय गरेपनि स्थानीयतहबाट कार्यान्यवन नभएको पाइएको छ । दोश्रो चरणको कोरोना भाइरस नयाँ प्रजातिको र शक्तिशाली भएकाले संक्रमण छिटो भन्दा छिटो फैलन सक्ने भन्दै सुनसरी जिल्ला प्रसाशन कार्यालयले पनि आवश्यकीय सतर्कता अपनाउन आग्रह गर्दै आएको छ । प्रसाशनले स्थानीय स्तरमा रहेका बजारहरू बन्द गर्न, २५ भन्दा बढी मानिसहरू भेला नहुन र भिडभाड हुने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरे पनि जिल्लाकै ठुला शहरहरूले अवज्ञा गर्दै आएका छन ।सुनसरीको इटहरी, धरान, दुहबी, इ

    • प्रकाशित मितिः वैशाख ८, २०७८
    • 1,035 पटक पढिएको
    • "तेजबहादुर बन"
  • माछा मार्ने क्रममा नदीमा खसेर मृत्यु

    संखुवासभा / संखुवासभा मकालु गाऊपालिका ३ एकुवाफेदी का ३० बर्षीय रामजी तामाङको नदिमा खसेर मृत्यु भएको छ । सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदिमा माछा मार्ने क्रममा तामाङ ढुङगामा चिप्लिएर नदीमा खसी बेपत्ता भएका थिए । बेपत्ता भएका उनको प्रहरी र स्थानियबासीले खोजतलास गर्ने क्रममा आज बिहान ८ बजे डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा लाश फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 824 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्र

    बराहक्षेत्र / सुबिधा सम्पन होटलहरु सँचालन हुन थाले पछि बराहक्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटनहरुमा वृद्धि भएको छ । अघिल्ला वर्षहरुको तुलनामा अहिले बराहक्षेत्रवासीको आम्दानी पनि बढेको छ । चतरामा सप्तकोशीमा मोटरेवल पुल, कोसीमा पानी बोट चल्न थालेपछि खानपीनमा खर्च गर्ने रुचाउने मनोरञ्जनात्मक पर्यटकहरुको आगमनमा पनि वृद्धि हुन थालेको छ । केही वर्ष अघि सम्म बराहक्षेत्र मन्दिरमा पुजाआर्चना गर्न, मेला पर्वमा आएर नागबेली फोटो बोकेर तस्बिर खिचि धरान तथा इटहरीको होटलमा बस्ने पुग्थे । बराहक्षेत्रका व्यवासायीहरु धार्मिक पर्यटकहरुलाई स्बागत गर्ने र मिठाई बेचेर खुशि हुने गरेका थिए । अहिले पर्यटकहरु बराह

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 1,664 पटक पढिएको
    • "संगम विष्ट"
  • खुकुरी उद्योग संकटमा : उत्पादन विदेश निर्यात हुन छाड्यो

    धरान/ अझै पनि कोरोनाको संक्रमण कायमै रहँदा खुकुरी उद्योग व्यवसायीहरुले उत्पादन गरेको खुकुरी निर्यात हुन नसक्दा उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।०७२ सालमा भएको नाकाबन्दीमा थलिएको खुकुरी उद्योग बल्लतल्ल तङ्ग्रीन लागेको अवस्थामा पुनः अघिल्लो वर्ष देखि विश्व महामारीको रुपमा फैलिएको कोरोनाका कारण उत्पादन भएको खुकुरी विदेश निर्यात नहुँदा खुकुरी व्यवसायी झन पिडामा परेका छन् । नाकाबन्दीको समयमा उत्पादित खुकुरी निर्यात हुन नसक्दा पनि व्यवसायीले धैर्यता राखेका थिए । नाकाबन्दी खुले सँगै उत्साहित बनेका व्यवसायीले फेरी अर्को समस्या नआउँला भन्ने सोचेका थिए । तर पुनः कोरोनाको संक्रमणले पुरै बन्द

    • प्रकाशित मितिः वैशाख ७, २०७८
    • 930 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • धरानमा सुकुम्बासीलाई फारम वितरण भराउने तयारी

    धरान । धरान उपमहानगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन प्रमाणिकरण तथा नाप नक्शा गर्ने कार्यमा सहयोग र सहजिकरण गर्न बनेको भूमि सम्बन्धि समस्या समाधान सहजिकरण समितिको आज (सोमबार) बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको छ । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाएको छ । सहजिक

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 929 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • “रेड पाण्डा” को तस्करहरुलाई पक्राउ गर्ने प्रहरी निरक्षक मन्दिप बने चैत्र महिनाको सर्वाेतिकृष्ट प्रहरी

    धरान / उत्कृष्ट कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधिबाट चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी (Police Of The Month) मन्दिप चौहान घोषित भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु दरवन्दीका प्रहरी निरक्षक चौहान चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु-याउनुको साथै “रेड पाण्डा” को चोरी शिकारी तथा अबैध कारोवार गर्नेहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको र  आम नागरिकहरुमा सुर

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,975 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेस्तोल सहित १ जना पक्राउ

    धरान । सुनसरीको कोशी गाऊपालिका ४ स्थित जुद्धगंजबाट पेस्तोल सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका – १ का २४ बर्षीय जमाल भन्ने तालिम मन्सुरी रहेका छन् । उनलाई गत राती साढे ९ बजे अस्थाई प्रहरी पोष्ट शिबचौकबाट खटिएको प्रहरी टोलीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ गरेको हो । मन्सुरी रोजा पर्व मनाउन ससुराली घर जुद्धगंजमा आएको अवस्थामा उनलाई बिशेष सुराकका आधारमा पक्राउ गरी उनि माथी खानतलासी गर्ने क्रममा हतियार र गोली फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । साथै उनि माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,112 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शहिद स्कुल भ्रस्टाचार प्रकरण : बिद्यार्थी पनि आन्दोलनमा, शिक्षा शाखाले थाल्यो अनुसन्धान

    इटहरी / विद्यालयमा भएको अनियमितता ढाकछोप गर्न प्रधानाध्यापक र लेखापाललाई निष्कासन गरे पछि इटहरी १९ भवानिपुर स्थित शहिद स्मृति आवसिय माध्यमिक बिद्यालयका विद्यार्थीहरु पनि आन्दोलित बनेका छन् । विद्यालय व्यवस्थापन समितीले नियम विपरित प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लिलाराज काफ्लेलाई पदमुक्त गर्दै निष्कासन गरेको थियो । विद्यार्थीहरुले आइतबार विद्यालय परिषरमा व्यवस्थापन समिति बिरूद्ध नारावाजी गर्दै पद मुक्त गरिएका राई र काफ्लेलाइ सम्मानपुर्वक पुनः पदबहाली गरिनुपर्ने माग गरेका छन् । उनीहरुले विद्यालय स्थापना देखि अहिले सम्म भएका सम्पुर्ण आर्थिक कारोबारहरू तत्काल सार्वजनिक गरिनुपर्ने पनि

    • प्रकाशित मितिः वैशाख ६, २०७८
    • 1,100 पटक पढिएको
    • "तेबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved