विराटनगर । कोभिड महामारीसंग जुध्न तीन तहकै सरकारबीच प्रभावकारी समन्वय र स्पष्ट जिम्मेवारी बोध गरेर अघि बढ्न गाउँपालिका राष्ट्रिय महासंघले आग्रह गरेको छ । महामारी नियन्त्रणमा सक्रिय तीनै तहका सरकारबीच समन्वय नुहँदा संघीयताको मर्म नै हराउँदै गएको महासंघको ठहर छ । महासंघले अनलाइन आवेदन दिएर कोरोना खोप वितरण गर्दा त्यो समानुपातिक नहुने र ग्रामीण भेगमा इन्टरनेटको पहुँच नभएकोले दूरदराजका नागरिक छुट्ने भएकोले यो सहर केन्द्रीत मात्र हुने जनाएको छ । स्थानीय सरकारका सन्दर्भमा संघीय सरकारबाट ल्याइएको बजेटका मुख्य विषय, सवालहरु र गाउँपालिकाहरुले आगामी आ.व.को बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयमा महा
झापा/ झापाको बिर्तामोड नगरपालिका-९ धौलापुरबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय पशुपती राजवंशी, २८ बर्षीय दिपक चौधरी र एक १७ बर्षीय बालकलाई बिहिवार राती ७ बजे १ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मोरङ । मोटरसाईकल चोरीको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् । जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका-४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश-१-०५-००१ प.००६१ एन.एस २०० सी.सी को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई ईटहरीको खनारबाट चोरी भएको मोटरसाईकल सहित २० गते बिहिवार राती १० बजे पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणको दर उच्च बनेपछि नियन्त्रणकालागि प्रसाशनले जारी गरेको निषेधाज्ञाको उलङ्घन गरेको भन्दै इटहरीबाट ६ सय ८१ सर्वसाधरण तथा व्यवसायिहरूलाइ प्रहरीइले नियन्त्रणमा लिइ जरिवाना तिराएर छाडेको छ । इलाका प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार निषेधाज्ञा सुरू भएको भोलिपल्ट वा बैशाख १५ देखि जेस्ठ १९ गतेको अवधिमा उपमहानगर क्षेत्रबाट ६८१ जनालाइ नियन्त्रणमा लिइ रू १ शय जरिवाना तिराइ छाडिएको हो । दोश्रो चरणमा देखा परेको र समुदाय स्तरमा फैलिएकोनयाँ भेरियन्ट सहितको कोरोना संक्रमणलाइ न्युनिकरण गर्ने उद्धेश्य साथ जिल्ला प्रशासन कार्यालय सुनसरीले गत बैशाख १४ गते दे
विराटनगर । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाईते छन् । विराटनगरको एयरपोर्ट मोड स्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताईएको छ । गम्भीर घाइते उनलाई कोसी अस्पताल लगिएको थियो । लगत्तै मृत्यु भएको हो । घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्मीचर
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञानको डेपुडी डाइरेक्टरमा डाक्टर दिब्यराज मिश्र नियुक्त भएका छन् । विहिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरिले मिश्रलाई दुई बर्षका लागि प्रतिष्ठानको डेपुटी डाइरेक्टरमा नियुक्त गरेका हुन् । डा दिब्यराज मिश्र प्रतिष्ठानको पल्मोनोजोलीष्ट हुन् ।प्रतिष्ठानमा अघिल्लो कार्यकालमा कार्यबाहक उपकुलपती प्राडा गुरु प्रसाद खनालले डा दिलीप ठाकुरलाई ठाडो आदेशमा प्रतिष्ठानको ऐन विपरित नियुक्ती गरेको भन्दै आलोचना भएको थियो ।यस पटक प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहाको सिफारीस
विराटनगर । प्रदेश १ मा बिहीबार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४सय ११ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३सय १, मोरङमा २ सय २, झापामा १सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीम
धरान/ कोरोनाको संक्रमण बढ्दै जादा उपचारमा समेत समस्या हुदै गएको छ । प्रतिष्ठानमा कोरोना विरामीको चाप बढ्दै जादा उपचार हुन नसक्दा विरामीको ज्यान समेत जाने अवस्था रहेको छ । यसैलाई मध्यनजर गरी महामारीको नियन्त्रण गर्ने उद्देश्यले धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लायन्स क्लव अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ नेपालले FineCare 3 Plus नामक मेशिन हस्तान्तरण गरेको छ ।यस मेशिनवाट कोभिड परीक्षणका अतिरिक्त कोभिड भएका विरामीको DDimer, CRP, PCT, IL6 लगायत अन्य चेक जांच गर्नुका साथै कोभिड ठीक भएर घर फर्किएका विरामीमा पनि पूर्ण रुपले ठीक भए नभएको समेत पत्ता लाग्ने जनाइएको छ । यस
मोरङ । मोरङको केरावारी गाउँपालिका(३ का ३२ बर्षीय हस्त बहादुर राईको हत्यामा संग्लग्न रहेका ४ जना, ४ थान भरुवा बन्दुक सहित पक्राउ परेका छन् । गत बैशाख ८ गते मृतक राई सहित १० जनाको समुहमा स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा शिकार खेल्न गएकोमा समुहकै गजेन्द्र राईले चलाएको भरुवा बन्दुकको गोली लागेर राईको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका मध्ये रुबिन लिम्बु र गजेन्द्र बहादुर राईलाई बैशाख ९ गते नै १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको थियो । उक्त घटना संग्लग्न रहेका अन्य अभियुक्तहरुको खोजतलास भईरहेकोमा जेष्ठ १९ गते केराबा
धरान । प्रदेश नं १ को बर्खे अधिवेशन आगामी जेठ २४ गते बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । बिहिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजबसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।