बराहक्षेत्र / महिला बालिकाको क्षेत्रमा समाचार सम्प्रेषण गर्दा प्रहरी अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्ने गरी सम्प्रेषण गरिदिन वराहक्षेत्रका सन्चारकर्मीलाई आग्रह गरिएको छ । इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरका इन्स्पेक्टर पान्डव राजवंशीले प्रहरी अनुसन्धानका क्रममा केही गोपनियता राख्नु पर्ने भएकाले संचारकर्मीलाई सम्वेदनशीलता मनन गरिदिन आग्रह गरे । महिला र बालिकाको अधिकार र पुनस्थापनाको क्षेत्रमा काम गर्दै आएको गैर सरकारी संस्था ओरेक नेपालले बिहीबार इलाका प्रहरी कार्यालय चक्रघट्टीमा`महिला बालिकाका मुद्दा र सन्चार क्षेत्रको सम्वेदनशीलता' विषयक अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा
काठमाडौ २०७७ भदौ ११ बिहीबार १६:२२:०० प्रकाशित/ आज थप ११ सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ । नेपालमा मृतकको संख्या १८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५सय ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ७३ जना रहेका छन् । बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१&nbs
धरान । प्रतिबन्धीत औषधी संचय र दुरुपयोग गरेको आरोपमा धरान वडा नम्बर १५ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गणतन्त्र बस्तीका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको अवश्थामा स्पास्मो प्रोक्सीन प्लस लेखिएको ३ हजार क्याप्सुल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
धरान । सुनसरीमा बिहिबार ३१ जना कोरोना संक्रमित थपिए संगै ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा अहिले सम्म २ सय २३ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार बिहिबार धरान उपमहानगरपालिकामा १ जना पुरुष, १ जना महिला गरी २ जना, बर्जू गाउँपालिकामा ३ जना पुरुष, रामधुनी नगरपालिकामा २, इनरुवा नगरपालिकामा १ जना, गढी गाउँपालिकामा २ जना पुरुष, २ जना महिला गरी ४ जना, दुहबी नगरपालिकामा ७ जना पुरुष, ३ जना महिला सहित १० जना, इटहरी उपमहानगरपालिकामा १ जना महिला र ८ जना पुरुष गर
झापा । गोरु काटेको बिषयमा भएको झडपमा सशस्त्र प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका ३ कामाटोलीमा भएको झडपमा स्थानिय रमिकुल आलमको मृत्यु भएको हो । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोलि चलाएको बताएको छ । गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोलीले थप मद्दत मागेपछि सशस्त्र प्रहरीको टोलि पुगेको थियो । झडपमा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको थियो । स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बत
दुहबी । सुनसरीको दुहवी नगरपालिकामा थप ११ जनामा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । दुहवी नगरपालिका वडा नं। १ का १ पुरुष ४२ वर्षिय , वडा नं। ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिय, वडा नं। ५ का १ पुरुष २० वर्षिय, वडा नं। ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षिय रहेको त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताए । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन । भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबिमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ द
धरान । कोरोना संक्रमितको सम्पर्कमा आएका स्टाफ नर्सहरुको सुरक्षाको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कुनै चासो नदेखाएको भन्दै २ दिन देखि आन्दोलनमा रहेका स्टाफ नर्सको माग सम्बोधन गर्न समिती गठन गरिएको छ ।१६ बुदे माग सहित आन्दोलनमा रहेका स्टाफ नर्सको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशक प्रा।डा। गौरी शंकर शाहको संयोजकत्वमा ५ सदस्यीय समस्या समाधान समिती बनेको हो । आन्दोलनरत नर्सिङ स्टाफका प्रतिनिधिहरुसँग बुधबार बिहान प्रतिष्ठानका पदाधिकारीहरुसँग वार्ता भएको थियो । प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार समितिमा कर्मचारी प्रशासनका उमेश कोइराला, मेट्रोन उपेन्द्र यादव रहेक
धरान । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि सुनसरीमा बुधबार बिहान सम्ममा ५ सय ८ जना कोरोना संक्रमित पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीमा आज २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सुनसरीको धरानका १ जना, इटहरीका १४ जना, इनरुवाका ४ जना, बर्जू गाउँपालिकाका ३ जना र दुहबीका १ जना गरी ८ महिला र १५ पुरुष गरी जम्मा २३ जना नयाँ कोरोना संक्रमित थपिएको कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र
धरान/ समुदाय स्तरमा फैलिएको कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्नको लागि धरान उपमहानगरपालिकाले गत साउन २२ गते जारी लकडाउनलाई पुन निरन्तरता दिएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपलिकाको बैठकले संक्रमणको जोखिम कायमै रहेकाले लकडाउनलाई भदौ १७ गते सम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । यसअघि बिहान ८ बजेसम्म खाद्यान्न, तरकारी तथा दुधको पसल खोल्न दिइएको थियो भने अब २ घण्टा समय थप गरि खाद्यान्न तथा सागसब्जीको पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय आज बसेको बैठकले गरेको छ ।