धरान / धुलिखेल समाज धरानमा युगल श्रेष्ठ तखाछेंको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आगामि ३ वर्षका लागि प्रथम उपाध्यक्षमा ईन्दु श्रेष्ठ कोजु, दुतीय उपाध्यक्षमा सुनिल श्रेष्ठ तुसुजु, सचिवमा मोहन श्रेष्ठ गज्याजु, कोषध्यक्षमा भिम श्रेष्ठ धालाछें, सहसचिवमा अभिमन्यू श्रेष्ठ खाछें, सदस्यहरुमा निःल श्रेष्ठ तुसुजु, प्रदिप श्रेष्ठ गज्याजु, अनिता श्रेष्ठ धालाछें, मेहरलाल श्रेष्ठ याकाछे., राजेन्द्र श्रेष्ठ तक्सारी, मेन कुमार श्रेष्ठ ध्वजु, सुमन श्रेष्ठ चोच्छे, निविरोध निर्वाचित भएको छ । संस्थाको विधान अनुरुप १५ जनाको कार्यसमिति रहेको जस्मा वर्तमान अध्यक्ष दिपक कुमार श्रेष्ठ कोजु निवर्तमान अध्यक्ष र
विराटनगर, २२ भदौ । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २० महिला र ३१ पुरुष छन् । मोरङको रतुवामाईमा ५ पुरुष, बेलबारीमा ५ पुरुष, जहदामा १ महिला २ पुरुष र धनपालथानमा ३ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको इनरुवामा २४ महिला १८ पुरुष, इटहरीमा ५ महिला १० पुरुष, धरानमा ४ पुरुष, दुहवीमा २ पुरुष, रामधुनीम
धरान । सुनसरीको इनरुवा नगरपालिकामा ४० जना कोरोना संक्रमण पुष्टि भए सँगै जिल्लामा ५२ जनामा एकै दिन कोरोना संक्रमित थपिएका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार २३ जना पुगेका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सोमबार इनरुवा नगरपालिकामा ८ पुरुष सहित २३ जना हिलासुनसरीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिकामा ४० जना, इटहरी उपमहानगरपालिकामा १० जना र गढी गाउँपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो । सबै भन्दा धेरै कोरोना संक्रमित देखिएको इनरुवाको ५ नम्बर वडा नै सिल गरिएको छ । वडा नम्बर ५ मा मात्रै ३८ जनामा हिजो साँझ कोरोना संक्रमण
विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ। कोशी अस्पताल मातहतको कोभिड–१९ उपचार केन्द्रमा सोमबार संक्रमित पुरुषको मृत्यु भएको हो । उनी विराटनगर महानगरपालिका वडा नम्बर १० निवासी हुन । ७६ वर्षीय पुरुषको बिहान सबा ३ बजे उपचारको क्रममा मृत्यु भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले बताएका छन । उनी होम आइसोलेसनमै रहंदा स्वास्थ्य समस्या देखिएपछि परिवारले शनिबार अस्पताल भर्ना गरेका थिए । उनमा गत भदौ ११ गते संक्रमण पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचापको समस्या रहेको बताईएको छ । विराटनगरमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।
धरान । शान्ति सुरक्षाका लागि खटिएका प्रहरीहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरु सँगको सम्पर्कमा रहेका प्रहरीबाटै ब्यारेकमा समेत कोरोना संक्रमण फैलिदै गएको हो । विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरुबाट प्रहरी हिरासत भित्र रहेका थुनुवामा पनि संक्रमण फैलिएको पाइएको छ भने बयान लिने क्रममा, अभियुक्त सँगैको सम्पर्कमा रहेका प्रहरीबाट ब्यारेकका अन्यमा पनि कोरोना संक्रमण फैलिदै गएको हो । सुनसरीमा दोस्रो पटकको लकडाउन घोषणा भए पश्चात समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएको छ भने प्रहरीहरुमा पनि देखिन थालेको हो । जिल्लामा १ हजार ५ जना प्रहरी ड्युटीमा खटिएक
इलाम/ सडक अवरुद्ध भएर सर्वसाधारण कति आजित छन् प्रस्ट्याउने उदाहरण खोज्न टाढै पुग्नु पर्दैन । रोङ गाउँपालिकाको सडक अवरुद्ध भएर स्टेचरमा प्रसूति बोकेर हिडेको यो तस्बिर हेर्दा मात्रैपनि थाहा हुन्छ कि सडकको समस्या कस्तो छ भन्ने कुरा । भत्किएको सडक पार गराएर अस्पताल पु¥याउनु पर्ने, त्यसमा पनि गाउँमा विरामी बोक्ने स्टेचर समेत नहुनु कति सम्म दुःखद कुरा हो । यही समस्याबाट अछुतो हुनै सकेका छैनन् अहिले रोङ गाउँपालिकाका सर्वसाधारणहरु । ३५ वर्षकी कृष्ण कुमारी राईलाई प्रसूतिको विराम लागेपछि मान्छेले नै बोकेर कष्टपूर्ण कच्ची सडक पार गर्दै अस्पताल पु¥याउनु परेको दृश्टान्त एकातिर छ भने अर्कातिर
इटहरी । सुनसरीको इटहरीमा कोरोना संक्रमणको दर दैनिक बढिरहेको बेला आइतबार पहिलो पटक जनप्रतिनिधिलाइ पनि कोरोना देखिएको छ । इटहरी वडा नं ५ का वडाध्यक्ष कल्याण र्काकीलाई कोरोना पुष्टि भएको हो । गत भदौ १८ गते गरेको पिसिआर परिक्षणको आइतबार आएको रिर्पोट अनुसार वडा नं ५ का अध्यक्ष कार्कीलाइ कोरोना पुष्टि भएको हो । केहिदिन यता ज्वोरो र रुघा खोकि एवम स्वास प्रस्वासमा समस्या आएपछि अध्यक्ष कार्कीकोे पिसिआर परिक्षणका स्वाब संकलन गरीएको थियो । कार्की सहित उनको परिवारको पनि पिसिआर परिक्षण गरिएकोमा अन्यको भने रिर्पोट नेगेटिभ आएको छ । कोरोना पोजेटभि देखाए पछि वडाध्यक्ष होम आइसोलेसनमा रहेका छन ।जनप्रतिनि
काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित / आज थप ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४६ हजार २५७ जना पुगेको छ । नेपालमा मृतकको संख्या २८९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८१४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ जना रहेका छन् । आइतबार काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित
विराटनगर, २१ भदौ । प्रदेश १ मा १ सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७८, मोरङमा २९, झापामा २८, संखुवासभामा ६, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ७१ जनामा संक्रमण देखिएको छ । १ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । इटहरीमा ५ महिला र २ पुरुष, मोरङको विराटनगरमा ९ महिला १६ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदा र बुढीगंगामा १–१ महिला, झापाको विर्तामोडमा ८ महिला २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ७ पुरुष, मेचीनगरमा २ महिला ४ पुरुष, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१ महिलामा कोरोना संक्रमण देखि
धरान । विगत सात महिना देखि देशले भाग्दै आएको महामारीको विपद सँग लड्न नागरिकहरुको महत्वपुर्ण भुमिका रहने बताउँदै प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले सामुहिक कार्यको आवश्यक्ता रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक तथा प्रकाशन सहयोगमा प्रकाशित विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार स्थानीय तहमा हुने विपद व्यवस्थापनमा सबैको भुमिका महत्वपुर्ण रहेको उनको भनाई छ । भयावह बन्दै गएको कोरोना संक्रमणलाई पराजित गर्न सामुहिक रुपमा एकताबद्ध भएर लड्नु पर्ने आवश्यक्ता रहेकोमा जोड दिदै देशको समृद्धि र विकाशको लक्ष्यलाई अघि बढाउन विपद न्युनिकरण र विकाशलाई सँगसगै अघि बढाउन