भोजपुर । भोजपुरका किसान अग्र्यानिक तरकारी उत्पादनमा लागेका छन् । विषादीरहित तरकारीको माग बढेसँगै कृषकले अग्र्यानिक तरकारी खेती गर्न थालेका हुन् । षादीको प्रयोगले गर्भवती महिला, बालबालिकासँगै मानवीय स्वास्थ्यमा प्रतिकूल असर पार्ने स्वस्थ्यकर्मीले सुझाएपछि यहाँका किसान अग्र्यानिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । कृषि ज्ञान केन्द्र भोजपुरको आर्थिक तथा प्रविधिक सहयोगमा अरुण गाउँपालिकाका २१ परिवारले अग्र्यानिक खेतीको थालनी गरेका छन् । स्याउला तथा गाईगोरुको मलमूत्रबाट तयार गरिएको कम्पोस्ट मलको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी लगाउन थालेको स्थानीय कृषक शान्तिकुमार कार्कीले बताए । यसरी लगाएको त
धरान । केही दिन देखिको निरन्तरको वर्षाले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका बिरामीका कुरुवाहरुले सास्ती भोग्नु परेको छ । झरी पर्न थाले पछि उनीहरु रातमा पनि जागै बस्नु परेको अवश्था छ । वर्षाको मौसम असार देखि शुरु भएको झरी साउन सम्मनै निरन्तर रहन्छ । हावा पानी सहितको झरीले बाँझिटा हाने पनि टेन्ट टाँगेर बनाइएका टहरा पनि बसि नसक्नुनै हुन्छ, भने कुरुवा घरमा पनि बाँझिटा पसेर भिजाउने गरेको छ । कोभिड अस्पतालमा बिरामी भर्ना गर्न थाले पछि धरान उपमहानगरपालिकाको पहलमा स्थानीय सामाजिक संस्थाहरुले टेन्ट टाँगेर बस्ने ठाउँ बनाइदिएका थिए । केही दिन अघि मारवाडी समाजले निर्मा
विराटनगर । मन्त्रीले सदनमा दिएको अभिव्यक्तिको कारण प्रदेश १ को बजेट अधिवेशन प्रभावित बनेको छ । मन्त्रालयगत रुपमा बजेट र कार्यक्रम माथिको छलफल अघि बढ्न नसकेपछि २० गते सम्मलाई स्थगन भएको प्रदेशसभा बैठक सूचारु हुने नहुने अझै टुंगो लाग्न सकेको छैन । नेकपाका माओवादी केन्द्रका सांसद मोहन खड्काले भौतिक पूर्वाधार मन्त्रालयतर्फको विनयोजित बजेट र कार्यक्रम माथि टिप्पणी राख्दा मन्त्री अम्मिरबाबु गुरुङ व्यक्तिगत लाञ्छना र आरोपमा उत्रिएपछि दुई दिनसम्म माओवादीले संसदको कारवाही अघि बढ्न दिएन । मन्त्री गुरुङले सदन समक्ष माफी नमागे सम्म अवरुद्ध गर्ने माओवादीको अडान पछि प्रदेशसभामा अन्य मन्त्रालयतर्फ विनियोजि
बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । असार मसान्तसम्म वडा नं २ देशकै पहिलो बिमा युक्त वडा घोषणा गर्ने योजना अनुसार अघि बढेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका निर्देशक डा. अनिल गिरिले बताए । ६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् । ९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमा गरेका छन् । सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्रथामिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेरै स्वास्थ्य बिमाको महत्व र बिमा नगर
सुनसरी । कोशीटप्पु क्षेत्रमा जंगली हात्तिको आक्रमणबाट बेलका नगरपालिका २ स्थित रामपुरका एक जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिकामा पर्ने कोसिटप्पु क्षेत्रमा बुधबार राति जंगली हात्तिको आक्रमणबाट ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको हो । बस्तीमा पसेको अवश्थामा धपाउने क्रममा जंगली हात्तिले आक्रमण गरेको थियो । आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जंगली हात्तिलाई धपाउन भागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा सफल भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बिगत ४ बर्षमा ७ जना भन्दा धेरैको जंगली हात्तिले ज्यान लिइसकेक
धरान / केही वर्ष अघि सम्म नेपालकै शैक्षिक हबको रुपमा धरानलाई हेरिन्थ्यो । देशका विभिन्न जिल्लाबाट धरानमा गुणस्तरिय शिक्षाका लागि विद्यार्थी आउने गर्दथे । पछिल्लो केही वर्ष यता धरानका विद्यार्थीहरु काठमाण्डौं धाउन थालेका छन् । विद्यार्थीहरु मात्रै होइन्, प्राध्यापकहरु पनि काठमाण्डौंमै पुगेर अध्यापन गराउने क्रम बढ्दै गएको छ । काठमाण्डौं केन्द्रित शिक्षालाई मोफसलमै स्थापित गराउन अहिले धरानको धरान मेघा कलेज नयाँ योजनाका साथ आएको छ । लामो समय सम्म अध्यापनको अनुभव लिएका शिक्षकहरुबाट धरानमै गुणस्तरिय शिक्षाका लागि अघि बढेको छ । एकै थलोमा विद्यालय तह देखि ब्याचलर सम्मको अध्ययन गराउन थालेको छ । ह
विराटनगर । अवैध रुपमा भारतबाट तस्करी गरी विराटनगरतर्फ ल्याइँदै गरेको चिनीसहितको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । ७० बोरा चिनीसहितको ट्रक सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट बखरी बिओपीका इनिसपेक्टर दिलबहादुर पन्तको नेतृत्वको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको बताइएको छ । सशस्त्र प्रहरीका अनुसार बिओपी बखरीले विराटनगर–६ ब्रम्हापुरामा को १ ख २१२९ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका सवारी चालक सुनसरी देवनगन्ज गाउँपालिका – २ का २८ वर्षीय राजेश कुमार खत्वीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । सवारी देवनगन्ज २ का विसनदेव मेहताको भएको र तस्करीको चिनी
सुनसरी । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ५ सय ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ सय ५१ महिला र ३ सय ४ पुरुष रहेका छन् । सामाजिक विकाश मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेशमा विहिबार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित थपिनेहरुमा झापामा १ सय ४३, सुनसरीमा १ सय ३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, उदयपुर र धनकुटामा ६–६, तेह्रथुममा ३, संखुवासभामा २, ओखलढुङ्गा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको छ । झापाको विर्तामोडमा ५४, कनकाईमा २१, दम
विराटनगर । प्रदेश १ मा बुधबार ७ सय १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय २४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १ सय ८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १ सय ५, धनकुटामा १०, इलाममा ६, उदयपुरमा २, पाँचथर, संखुवासभा र भोजपुरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमणदेखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४७, बेलबारीमा २२, लेटाङमा १२, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ८, उर्लाबारीमा ५, ग्रामथान, बुढीगंगा, कटहरी, मिक्लाजुङ र स्थानीय तह नखुल
धरान । वैशाख ७ गते देखि हराएका धरान ५ देउरालीका प्रदिप सुब्बाको शव करिब २७ दिन पछि पत्रङबारीको जंगलमा भेटिएको थियो । सुब्बाको परिवारले स्थानीय शंकास्पद व्यक्तिको नाममा उजुरी दिएको पनि ५ हप्ता पुगेको छ । तर अहिले सम्म न त ती व्यक्ति नै पक्राउ परेका छन् न त प्रहरीले उजुरीनै दर्ता गरेको छ । अहिले सुब्बाका बुबा, आमा र बैनी न्यायका लागि भौतारिरहेका छन् । वेवारिसे अवश्थामा शव भेटिएको १ महिना एक साता पुगिसक्दा पनि प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको भन्दै आक्रोशित बनेका छन् । उनीहरुले मंगलबार पत्रकार सम्मेलन गरि न्यायका लागि आग्रह गरेका छन् । मृत्तककी बहिनी कृतिमा सुब्बाले धरान ५ पत्रङबारीका रामकुम