इलाम / भन्सार छली नेपाल ल्याईएको मदिरा प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ । त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन
बेलबारी । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छ
धरान । कोरोनाको कारण स्थगीत रहेको विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अडिसन लकडाउन खुले सँगै शुरु भएको छ । साँस्कृतिक जागरण गर्ने उद्देश्यले विगत ६ वर्ष देखि किरात राई साँस्कृतिक कलाकार संघले प्रतियोगिताको आयोजना गर्दै आएको छ । जेठ २२ गते हुदै आएको प्रतियोगिता यस वर्ष कोरोनाको कारण रोकिएकाले भदौ २७ गते देखि खुल्ला गरिएको संघले जनाएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिताको अडिसन अनलाईनबाट हुने भएको छ । कोरोनाको कारण अनलाइन मार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भदौं २७ गते देखी नै खुल्ला गरिएको संघका अध्यक्ष राम
विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिए संगै ६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको छ । सुनसरीमा संक्रमण पुष्टि भएका ३६ जना मध्ये १२ महिला र २४ पुरुष रहेका छन् । त्यसै गरि मोरङमा ३० जना संक्रमित मध्ये ९ महिला र पुरुष ११ जना रहेका छन् । उता ओखलढुङ्गामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ भने खोटाङमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा २ पुरुष, धनकुटा र इलाममा १–१महिलामा कोरोना पुष्टि भएको
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भएर आए देखिनै व्यवस्थापनमा विवादित बन्दै आएका डा. ज्ञानेन्द्र गिरीले चिकित्सकहरुको माग प्रति चासो देखाउनुको साटो आफु अनुकुलका विभागमा कर्मचारीहरु सरुवामै व्यस्त बनेका छन् । प्रतिष्ठानमा उपकुलपति भएर आए पछि उनले कार्यकारिणी सदस्यहरु सँग सल्लाहनै नगरी आफु खुशी निर्णय गरेको आरोप लागेको थियो । त्यस पछि क्रमशः सिनेट बैठकमा लाने प्रस्ताव, कर्मचारीको सरुवा उनको विवादित विषयहरु हुन् । कोरोनाकै त्रासमा घोषित लकडाउनको बिचमा प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हाल्न आइपुगेका डा. गिरीलाई पहिलो चरण देखि नै चिकित्सकहरुले आफ्ना मागहरु पेश गरेका थ
विराटनगर । संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय संचालनको तयारी गरेका छन । तर, गृहमन्त्रालयको अर्को निर्देशनले भने स्थानीय तह विद्यालय खोल्ने अवस्थामै पुग्न सकेका छैनन् । उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउन र निषेधाज्ञा सहज भएपछि विद्यालय खोल्ने विषयमा तयारी थाल्यो । संघीय शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई टकेर भौतिक दूरी कायम गरी कक्षा चलाउने नगरपालिकाको तयारी थियो । तर, गृहमन्त्रालयले भने विद्यालय संचालन नगर्न खबरदारी गरेसंगै त्रियुगामा विद्यालय कसरी खोल्ने र कक्षा चलाउने भन्ने विषय छलफलमै सीमित बन्न पुगेक
विराटनगर । विराटनगरमा पहिलो पटक निजी अस्पतालबाट कोभिड १९ को परीक्षण शुरु भएको छ । लक्ष्यणसहितका कोरोना संक्रमितको उपचार गर्दै आएको प्रदेश राजधानीको न्युरो अस्पतालले पीसीआर प्रविधिबाट कोरोना परीक्षणपनि शुरु गरेको हो । अस्पतालका अनुसार नेपाल सरकारको अनुमतिमा प्रदशमै पहिलो पटक निजीस्तरबाट अत्याधुनिक ल्याबबाट कोरोना परीक्षण शुरु गरिएको जनाएको छ । न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आरटि पिसिआर ल्याब संचालनमा आएको हो । यो ल्याबमा दैनिक एक हजारभन्दा धेरै नमूना परीक्षण गर्न सकिने अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले जानकारी दिदै भने,“अस्पतालमै आई नमूना दिने अथवा स्वाबको घरबाटै
धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विहिबार राती उपचारमा रहेका धरान २ का एक ३८ वर्षिय महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तकलाई घरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज १२ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहेको तर प्रतिष्ठानको इमर्जेसिमा परीक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर
धरान / पोल्याण्डर पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी,उद्यमी,पेशाकर्मी तथा स्वरोजगारहरुलाई संगठित गर्दै नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको छ। पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदय देव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्। १७ जना संस्थापक सदस्यहरु रहेको व्यवसायी संघको जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र
धरान । सुनसरी जिल्ला प्रहरी कार्यालयले भारतबाट ल्याइएका भारी मात्रामा अवैध लागुऔषध पक्राउ गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट वर्ष २० का जमाल अन्सारी र सोही स्थान बस्ने वर्ष २२ का प्रविण कुमार उरावलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डाइलेक्स डिसि १ सय एमएल १ सय ७ बोतल, निट्रा भेट ३ हजार ट्याब्लेट र स्पास्मो प्रोक्सीभोन प्लस २९ पत्ता बरामद गरेको हो । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।