धरान । भारतीय बजारबाट अवैध रुपमा नेपाल भित्रयाउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले लागुऔषध पक्राउ गरेको छ । प्रहरी कार्यालयका अनुसार इनरुवा नगरपालिका ७ स्थित वर्छवा चौक चाँदबेलामा लागुऔषध ल्याउने गरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । हरिनगर गाउँपालिका ७ कविलासा घुस्की बस्ने वर्ष १९ का उपेन्द्र सरदारले ज ८ प ५९३६ नम्बरको मोटरसाइकलमा सोही स्थान बस्ने वर्ष १६ का हरिशंकर सरदारले ल्याउँदै गरेको लागुऔषध पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट डाइलेक्स डिसी १ सय एमएल ८९ बोतल, स्पास्मोप्रोक्सिनभोन ७ सय ६८ क्याप्सुल, निट्राभेट टेन ४ सय २० ट्याब्लेट, दुई थान मोबाइल
धरान । स्कुटर र मिनी ट्याक्टर एक अर्का बिच ठोक्कीदा धरान १४ का २५ वर्षिय गोकुल तामाङको मृत्यु भएको छ । आज (मंगलबार) बिहान करिब १० बजे धरान १५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका तामाङको मृत्यु भएको हो । दुर्घटना भए पछि घाइते बनेका तामाङलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज ओलिले बताए । प्रहरीका अनुसार को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर ठोक्किएको हो । ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक र ट्याक्टर चालकलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको
धरान । उपचारका लागि खर्च बोकेर आएका बिरामीका आफन्तहरु अस्पतालका सुरक्षाकर्मीबाटै लुटिएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सुरक्षा गार्डले एक महिला बिरामीको कुरुवाले ल्याएको ५० हजार रुपैया चोरी गरेका छन् । सर्जरी युनिटमा उपचारमा रहेकी बिरामीकी कुरुवा दिल कुमारी राईको पर्सबाट सुरक्षाकर्मीले ५० हजार रुपैया चोरी गरेका हुन् । भिआइपी सेक्युरिटी सर्भिस प्रालिका सुरक्षाकर्मी सुरज श्रेष्ठले नगद चोरी गरेको खुलेको छ । बिरामी तथा तिनका कुरुवाहरु निदाइरहेको बेला पर्स चोरी गरेको नजिकैका विरामीका कुरुवाले बताए पछि रकम चोरी गरेको खुलेको थियो । रातको १ बजेतिर रकम चोरी गरेर ट्वाइलेट
धनकुटा र/ धनकुटाको पाख्रीवास नगरपालिकामा करेन्ट लागेर आज एक जनाको मृत्यू भएको छ । रुखमा छोएको विधुतको तारबाट करेन्ट लागेर पाख्रीवास नगरपालिका–५ दियालेका १७ वर्षीय अनिल थापाको मृत्यू भएको हो । स्थानीय कमला तामाङको बारीमा रहेको टाँकीको रुखमा घाँस काट्ने क्रममा धनकुटा–भोजपुर जाने ३३ केभी विधुत् प्रसारण लाइनमा उक्त रुख टाँटिएको कारण थापालाई करेन्ट लागेको थियो । करेन्ट लागेर थापाको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । करेन्ट लागेर मृत्यू भएका थापाको शव तारमा नै अड्किएको थियो । उक्त शवलाई तारबाट निकालेर पोष्टमार्टमको लागि धनकुटा अस्पता
इलाम / इलाम र पाँचथरको संगमस्थलमा रहेको फिदिम नगरपालिका १४ सुकेपोखरीकी अस्मिता वान्तावा राईले तरकारी खेतीबाटै चार जनाको परिवार चलाएकी छन । चार महिनामा उत्पादन भएको आलु, कोपि र मूलाको आम्दानीले नै वर्ष भरीको घरखर्च चलिरहेको छ । उनले उत्पादन गरेका तरकारी स्थानीय व्यापारी मार्फत तराई र भारत सम्म पुग्ने गर्दछ । उनले यस वर्ष एक लाख भन्दा वढीको आलू र कोपि बेचीसकिन भने मूला खन्ने तयारीमा छिन । सोहि ठाउँकी रञ्जु राईपनी तरकारीबाट भएकै आम्दानीले घर खर्च चलाउछिन । अस्मीता सस्तै रञ्जुको पनी आलु,कोपी र मूला बाट भएको आम्दानीलेनै घर खर्च चलाउने गरेकी हुन । असार महिना देखि कार्तिक महिनाको समयमा उत्पादन
युरोप/ “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” नारा सहित सुरु भएको एनआरएनएको १३ औं युरोप बैठक ,११ औं यूरोपेली महिला भेला र युवा सम्मेलन १८ बुदे घोषणापत्र सहित सम्पन्न भएको छ। अक्टोबर ३ र ४ मा भएको बैठकको नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका थिए। हेरौं बैठकले जारी गरेको १८ बुदे घोषणापत्र १. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका
धरान । अवैधरुपमा लागुऔषध सहित सुर्ति, सालको काठ लगायत कारोबारमा संलग्नहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अनुसार शनिबार प्रहरीले ठुलो मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । इनरुवा नगरपालिकाको वडा नम्बर ३ महेन्द्र चौक स्थित पुर्व पश्चिम राजमार्ग नजिकै झाडीमा लुकाई राखेको अवश्थामा लागुऔषध पक्राउ गरेको हो । प्रहरीले डाइलेक्स डिसि १ सय एमएल लेखिएको १ सय ४० बोतल, स्मास्मो प्रोक्सिभोन प्लस लेखिएको १ सय ६५ फाइल र निट्रा भेट लेखिएको ४५ फाइल पक्राउ गरेको हो । लागुऔषधको कारोबारमा संलग्न रहेको दुहबी नगरपालिका घर भइ इनरुवा बस्दै आएका २६ वर्षिय दिपक क
उर्लाबारी । विश्वभरी फैलिएको कोरोना भाइरस र लकडाउनको कारण ब्यापार ब्यवसाय चौपट बन्यो । अहिले लकडाउन खुलेपनि ब्यापार ब्यवसाय राम्रोसँग चल्न सकेको छैन । व्यापार व्यवसाय नै ठप्प भए पछि वैलल्पिक आयस्रोतको खोजि भइरहेको छ । लामो समयदेखि मार्केटिङ व्यवसाय गर्दै आएका मोरङ रतुवामाईका निलम खड्काको वैकल्पिक रोजगारी बनेको छ, कृषि व्यवसाय । उनी मार्केटिङ व्यवसायलाई पनि सँगै लिएर कृषि पेशामा रमाउन थालेका छन् । उर्लाबारी नगरपालिका वडा नं. १ मा ४ विघा जग्गा लिजमा लिएर संजिवन खेती, पशुपालन, तरकारी खेती सुरु गरेका छन् । आसपासका क्षेत्रमा २० विघा जग्गा लिजमा लिएर करिब १ करोडको लगानीमा संजिवन र कुरिलो खेती गर्ने
इटहरी । सुनसरीको इटहरीमा दैनिक कोरोना संक्रमण फैलनु र मानवीय क्षति बढदै जानुमा जिल्ला प्रसाशन कार्यालय र उद्योग वाणिज्य संघका पदाधिकारीहरू जिम्मेवार रहनुपर्ने इटहरी उपमहानगरकी उपमेयर लक्षमी गौतमले आरोप लगाएकी छिन् । इटहरी अस्पतालका इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले संक्रमण बढदै जानुले इटहरी लगायतका शहरमा खतरा बढेको भन्दै सामाजिक सञ्जालमा लेखेको स्टाटसमा उपमेयर गौतमले आरोप लगाउँदै प्रतिक्रिया दिएकी हुन् । कोरोना महामारीले देश नै आक्रान्त बनिरहेको बेला प्रदेश एकको मुख्य ब्यापारीक केन्द्र इटहरीमा पनि दैनिक संक्रमण बढनुमा जिल्ला प्रसाशनको कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी
इटहरी । कोरोना कहर संगै नेपालसंग सिमा जोडिएका भारतीय नाकाहरु बन्द हुँदा नेपाली बजारमा किनमेल गर्नेहरुको भिड बढ्दै गएको छ । चाडपर्व नजिकिदै गर्दा नेपाली बजारहरुमा किनमेल गर्ने स्थानीय उपभोक्ताहरुको घुइचो लाग्न थालेको छ । बिगतको वर्षहरुमा चाडपर्व नजिकिदै गर्दा भारतीय बजारहरुले प्राथमिकता पाउने गरेको थियो । सामान्य घरायसी सामग्री लिन पनि भारतीय बजार बिराटनगरको सिमाना जोगवनी बजार पुग्ने गरेका थिए । यस वर्ष कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिन थाले पछि सिमानाकामा कडाई हुँदा स्थानीय बजारमा चहलपहल बढ्दै गएको हो । सरकारद्घारा जारी गरिएको निषेधज्ञा र लकडाउन केहि मात्रामा खुकुलो भएपनि सिमा नाकाहर