समाचार

    Showing 7,021-7,030 of 8,654 items.
  • दशैको चौथो दिन आज पनि टिका जमरासहित आशीर्वाद लिने क्रम जारी

    धरान । बडादशैंको आज चौंथो दिन पनि सुरक्षित रुपमा नजिकका आफन्तकहाँ पुगेर टीका र जमरासहित मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ । यो क्रम आश्विन शुक्ल पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा।डा। रामचन्द्र गौतमले भने, हाम्रा चाड पर्व, तिथि, श्राद्ध चन्द्रमास अनुसार मनाइन्छ, यसैले अहिले कोजाग्रत पूर्णिमासम्म कोरोना भाइरस सङ्क्रमण नफैलने गरी सुरक्षित रुपमा टीका ग्रहण गर्न शुभ छ, सौरमास अनुसार कात्तिकमा दशैं परेको यो पहिलोपटक होइन, यस वर्षमात्र किन यसरी हल्ला गरियो रु यसको खोजी गर्नु जरुरी छ, भ्रमको पछि नलागौँ ।’

    • प्रकाशित मितिः कार्तिक १३, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ५४जना कोरोना संक्रमित थपिए

    धरान/  नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा थप १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा ८२४८जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 620 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नियमित रुपमा हुदै आएको दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

    धरान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक रुपमा गर्दै आएको कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । नियमित रुपमा दैनिक हुदै आएको कोभिड १९ प्रेस ब्रिफिङ दशैंका समयमा केही दिन रोकिएर बुधबारबाट सुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले जानकारी दिए ।  

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 586 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सेक्षको एडभेन्चर पार्क शिलान्यास

    धरान । धरानको पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्याउने उदेश्य सहित सेक्ष पर्यटन समुहले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ । सेक्षले एडभेञ्चर पार्कको शिलान्यास गरेको छ । धरान २० स्थित विष्णुपादुकामा एडभेञ्चर पार्क को शिलान्यास गरेको छ । पर्यटनमा नयाँपन दिलाउन लगानी गर्न लागेको पर्यटनकर्मी एवं लगानीकर्ता वासुदेव वरालले बताए । उनका अनुसार एडभेञ्चर पार्क र रिसोर्ट निर्माण हुनेछ । पार्कमा डबल लेन भएको स्काई साइकल हुनेछ । पर्यटकहरुले तारमा साइकल कुदाउन पाउनेछन् । डबल लेन भएकोले एकै चोटी २ जनाले वा एक्लैले पनि साइकल कुदाउन सक्नेछन् । यस्तै, २ सय मिटर

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 1,141 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

    धरान/  पूर्वमन्त्री तथा नेकपाका नेता जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । शर्माकी पत्नी लक्ष्मीलाई पनि संक्रमण पुष्टि भएको छ । उनले आफुसग सम्र्पकमा आएका सबैजनालाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह समेत गरेका छन् । आफूलाई संक्रमण पुष्टि भएको बताउँदै शर्माले पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन्

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बडादशैँको आज नवौँ दिन, सिद्धिदात्रीको विशेष पूजा गरिदै

    धरान/ बडादशैँको नवौँ दिन आज सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ । शास्त्रीय मान्यता अनुसार आजको दिन बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुने विश्वास रहेको पाइन्छ । उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन् । यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो ।

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,276 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना महामारीका बिच पनि धरान स्थित दन्तकाली मन्दिरमा फूलपाति भित्र्याइयो

    धरान, कोरोना महामारीक बीच पनि धरानमा फूलपाती भित्र्याइएको छ । धरान १४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्र्याएसंगै अब सर्वसाधारणको घर घरमा दशै भित्रिएको आभाष भएको छ । विगत बर्षहरुमा हर्षोल्लासका साथ भित्र्याइने गरिएको फूलपाति यस बर्ष भने कोरोना महामारीका कारण दन्तकालीका पूजारीले मात्र फूलपाति भित्र्याइएको हो । विगतका बर्षहरुमा नेपाली सेना, सशस्त्र प्रहरीको बेण्डबाजासहित सर्वसाधारणको उल्लेख्य उपस्थितिमा फूलपाति भित्र्याइए पनि यस बर्ष भने फुलपाति भित्र्याउदा न्यून संख्यामा उपस्थित रहेका सर्वसाधारणलाई दन्तकाली मन्दिर परिसरभित्र प्रवेशमा रोक लगाएका कारण गेट बाहिरबाट नै पूजाआजा गर्न दिइ

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,559 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना उपचारमा गुनासो बढ्दै गएपछी बिपि प्रतिष्ठानका पदाधिकारी सग धरानका प्रदेश र संघीय सांसदद्वारा स्पष्टीकरण माग

    धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पतालमा ब्यबस्थापन कमजोड रहेको गुनासो बढदै गए पछि धरानका प्रदेश सभा र संघीय सभामा निर्बाचित जनप्रतिनिधिहरुले बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हरु सङ स्पष्टीकरण मागेका छन् । सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई सहिर प्रदेश १ का सभामुख समेत रहेका क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद प्रदिप कुमार भण्डारी, ख बाट निर्वाचित भिम आचार्य सहित समानुपातिक सदस्य उमिता बराइली र सावित्री श्रेष्ठको टोलिले कोरोना उपचारमा भैरहेको समस्याको बारेमा चासो राख्दै स्पष्टीकरण मागेका थिए। टोलिले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र ग

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 796 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालाबंजरमा नेबिसंघले गर्यो, सेनिटाइज कार्यक्रम

    बराहक्षेत्र । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले बराहक्षेत्र ५ का विभिन्न स्थानहरूमा सेनिटाइज गरेको छ । स्थानीय सरकार मौन बसिरहेको आरोप लगाउदै नेबि संघले शुक्रबार साबिक भरौलको मुख्य स्थान कालाबंजरमा सेनिटाइज गरेको नेपाली कांग्रेस बराहक्षेत्रका नगर प्रबक्ता जगतबहादुर कार्कीले बताए । बराहक्षेत्रमा रहेका नेबि संघ आबद्ध सक्रिय युवाहरूको अगुवाइमा कालाबंजरका सार्वजनिक स्थानहरु विधालय, वडा कार्यलय, स्वास्थ्य केन्द्र, बैंक तथा कालांबजर चोकमा सेनिटाइज गरिएको नेबिसंघ जनता क्याम्पसका इकाइ सभापति सहदेब काफ्लेले जानकारी दिए । बराहक्षेत्र ५ निवासी काफ्लेले भने, कोरोनाकहरमा स्थानीय सरकारले

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाबाट बच्न सिकाउँदै स्काउट

    विराटनगर÷ विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न नेपाल स्काउटले सचेतना अभियानसँगै स्वास्थ्य सामाग्री वितरणको अभियानलाई तिव्र बनाएको छ ।  नेपाल स्काउटको केन्द्रको निर्देशन अनुसार महामारीको रूपमा फैलिएको कोभिड १९ बाट बच्न सचेतना मुलक अभियानसँगै स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सुरू गरेको हो ।  नेपाल स्काउटले विराटनगरमा कार्तिक २ गतेदेखि अभियान सुरू गरेको छ । प्रदेश १ को राजधानी विराटनगरमा सामुदाय स्तरमा तिव्र रूपमा संक्रमण फैलिएको सहरमा अहिले स्काउटले स्वास्थ्य सचेतना अभियान सँगै कोभिडबाट बच्न स्वास्थ्य सामाग्रीहरू सर्वसाधरणलाई बितरण गर्दै आएको छ । विराटनगरक

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved