समाचार

    Showing 7,021-7,030 of 10,040 items.
  • लागूऔषध सहित एक जना पक्राउ

    मोरङ । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् । सोमबार (आज) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 627 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपद् व्यवस्थापनमा सामूहिक प्रयासको खाँचो :मन्त्री कार्की

    ओखलढुङ्गा / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापन सरकार एक्लैले मात्र गर्न नसक्ने बताउएका छन् । उनले भने, “यसको रोकथामदेखि उद्धार तथा राहतसम्ममा सर्वपक्षीय समन्वय हुनुपर्छ ।” ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीसँग आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा मन्त्री कार्कीले सङ्घीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् न्यूनीकरण र राहत तथा उद्धारमा प्रभावकारीरूपले काम गर्न सकिने बताए । “स्थानीयरुपमा हामीले नगरपालिकाका नगर प्रहरीलाई समेत तालिम दिएर उद्धारमा परिचालन गर्न सक्छौँ”, उनल

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 572 पटक पढिएको
    • "रासस"
  • बराहक्षेत्रमा कात्तिके मेला आज देखि

    बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ । कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ । मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत प

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 925 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिके राउतको जनमत पार्टीको धरान नगर कमिटी गठन

    धरान/ मधेशमा विद्रोह गदै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले धरान नगर समिति गठन गरेको छ । स्वतन्त्र मधेश गठबन्धनको नाममा विद्रोह गर्दै आएको पार्टीले गत चैत्रको पहिलो सातामा राष्ट्रिय परिषद् वैठकले जनमत पार्टी नामाकरण गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो । अहिले यो पार्टीले मुलुकभर आफ्नो संगठन विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा धरानमा समेत जनमत पार्टीको नगर कमिटी गठन भएको छ । शनिवार धरान १३ स्थित हेपील्याण्ड होटलमा आयोजित सम्मेलनबाट नगर कमिटी गठन भएको हो । मोहम्मद हसिम मियाको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको् छ । जसको उपाध्यक्षमा विकास मण्डल, सचिवमा व

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 1,068 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चण्डिका डिस्टिलरीका कामदारद्वारा आन्दोलन गर्ने चेतावनी

    रंगेली/ श्रम ऐन अनुसार पुर्ण रुपमा सुविधा नपाएको भन्दै रंगेली नगरपालिका ८ स्थित चण्डिका डिष्टिलरीका मजदुरहरुले ९ सुत्रिय माग राख्दै आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै आन्दोलन गर्ने तयारी गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । उनीहरुले नियमित कामदार तथा कर्मचारीहरु बाहेकका लागि पनि नियमित गर्दै सबै कामदार तथा कर्मचारीलाई वार्षिक बोनस ३ महिना बरावरको खाइ पाई आएको तलव भत्ता सहित दिने व्यवस्था गर्न माग गरेका छन् । दशै खर्च वापत ४५ दिन बराबरको खाई पाई आएको तलव भत्ता, श्रम ऐन २०७४ को परिच्छेद ९ मा निर्धारण गरेका सम

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 602 पटक पढिएको
    • "कोशीपत्र संवाददाता"
  • ओखलढुंगामा सवारी दुर्घटना ४ जनाको मृत्यु १२ जना घाईते

    ओखलढुंगा / ओखलढुंगाको सुनकोशी गाउँपालिका-९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । आज बिहान साँढे ७ बजेको समयमा ओखलढुंगाको च्यामनबाट ककनी मन्दिर तर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश-३-०१-०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु तथा १२ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका-१० बस्ने ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागी अस्पताल लैजाने

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 705 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्यक्षकप तेक्वाण्डो प्रतियोगिताको उपाधि आइटिएफ कानेपोखरीलाइ

    मोरङ/ प्रथम अध्यक्षकप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक आइटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरीले हात पारेको छ । मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको द्वितीय सुनसरी भएको छ । सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पा¥यो । झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै तृतिय बनेको छ । महिलातर्फ उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । प्रतियोगिताको अनुशासीत टिम पाँचथर घोषित भयो । इस्पारिङ जुनियर महिलातर्फ २०–

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महाधिवेसन प्रतिनिधी छनौटमा विवाद कायमै : दुवै समुहले सार्वजनिक गर्यो उम्मेदवारी

    धरान/ दुई समुहमा विभाजित बनेको नेकपा एमाले सुनसरीबाट १० औं महाधिवेसन प्रतिनिधी छनौट पनि विवादित बने पछि निर्वाचन हुने पक्का भएको छ । हुन त मनोनयन फिर्ता दाबी को समय आज साझ सम्म भए पनि दुबैको अडान कायमै रहेकाले निर्वाचन हुने देखिएको छ । विशेष गरि धरानबाटै समस्या उत्पन्न भए पछि त्यसको प्रभाव जिल्लामै परेको हो । दुई गुटमा विभाजित भए पछि धरानको नगर अधिवेसन दुई स्थानमा गर्दै दुईटै समिती बनेको थियो । जेठ २ अघिको समिती आधिकारिक रहेको दाबी गर्दै आएको रमेश बस्नेत समुह र रेवतीरमण भण्डारीको अध्यक्षतामा बनेको समुह बिच अहिले महाधिवेसन प्रतिनिधी छनौटमा पनि विवाद समाधान हुन नसक्दा अन्ततः निर्वाचनमै पुग

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लञ्च कटौति गरेको प्रति चिकित्सकको आपत्ति

    धरान/ अस्पतालले बर्षौदेखि उपलब्ध गराएको सुविधा कटौति गरेको भन्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल निर्देशकलाई ध्यानाकर्षण गराएका छन् ।प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले अस्पतालले ओटी काम गर्दा बर्षौदेखि उपलब्ध गराउदै आएको खाजा खर्च कटौती गरेकोमा आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएको हो । समाजका अध्यक्ष डा. अरुणकुमार सिह र उपाध्यक्ष डा. लोकेसकुमार जैसवालद्वारा हस्ताक्षरित पत्र प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरी शंकर साहलाई बुझाएका छन् ।पत्रमा अस्पतालले बर्षौदेखि उपलब्ध गराउदै आएको लञ्चको सुविधा खर्च कटौतिको नाम

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • 626 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लिम्बुवान मञ्च सुनसरीको अध्यक्षमा पुनः अमर इजम, नगरमा सञ्जुहाङ

    धरान/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशनले पुनः अमर इजमलाई अध्यक्ष बनाएको छ । गत शुक्रबार धरानको इजिराइडर स्थित सभाहलमा सम्पन्न अधिवेशनले पुनः अध्यक्षमा अम्बर (अमर) इजम सर्वसम्मत चुनिएका हुन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा पदम खेवाङ, उपाध्यक्षहरुमा देउमान लिम्बू, नरबहादुर लिम्बू, डम्बर थक्लुङ, सरस्वती सुब्बा, मोहम्मद ताहिर, दिलु सुब्बा राई, तिर्थराज मादेम्बा, राजकुमार वनेम र मनोहर थलङ निर्वाचित भएका छन् । सचिवमा निर्मल राई, पदम तामाङ, कृष्टिना राई र अर्थसचिवमा मित्रप्रसाद पतङ्वा चयन भएका छन् । यसैगरी सदस्यहरुमा

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • 690 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved