मोरङ । बिराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खा सहिद गाऊपालिका ७ का २२ बर्षीय मनिष श्रेष्ठ रहेका छन् ।
सोमबार (आज) बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईहेको छ ।