धरान । भन्सार छलि गरि ल्याएका अवैध लत्ता कपडा सहितका सामानहरु प्रहरीले भारतीय सिमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । सुनसरीका जिल्लाका विभिन्न युनिटबाट खटिएको प्रहरीको टोलिले भारतीय सिमावर्ती नाकाहरुबाट नेपाल तर्फ अवैध ढंगले भित्र्याउँदै गरेको अवश्थामा पक्राउ गरेको छ । विभिन्न किसिमका करिब १ लाख ६ हजार दुई सय पचपन्न मुल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, साइकलका स्पेयर पार्टसहरु बरामद गरेको छ । बरामद भएका सामानहरु सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा पठाईएको जनाएको छ ।
धरान /गत कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएका नेपाली काङग्रेस नेता मीन बिश्वकर्माको स्वास्थ्य अबस्थामा गम्भिर समस्या देखिए पछि अस्पताल भर्ना भएका छन् । संक्रमण पुष्टि भए सगै ४ दिन होम आइसोलेसनमा बसेका उनको स्वास प्रस्वासमा समस्या आएपछि ग्रान्डी अस्पतालमा कन्टिन्यु पोजेटिभ एअरवेज प्रेसर दिएर राखिएको स्रोतले जानकारी दिएको छ । चार दिनयता आइसियुमा राखिएको उनको अबस्था गम्भीर बनेको छ। अस्पताल लगेको दुई हप्ता सम्ममा पनि उनको स्वास्थ्य अबस्थामा उल्लेखनीय सुधार आएको छैन स्रोतले भन्यो । बिशकर्मा पूर्व आपुर्ती मन्त्री समेत रहेका थिए ।
विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो । सुनसरीको धरानमा ४७, इटहरीमा ७, राम
धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज
धरान / वडा दशैंको अन्तिम दिन आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसि यस वर्षको बडादशैँ समापन हुँदै छ । धार्मिक मान्यता अनुसार जाग्राम बस्दा मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउने विश्वास छ । माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । सौभाग्य, सम्पत्ति
धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ । कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् । वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफ
विराटनगर । जर्बजस्ती करणी गरेको आरोपमा फारार अभियुक्तलाई प्रहरीले मोरङमा पक्राउ गरेको छ । उनलाई रुपन्देहीको तिलोत्तममा नगरपालिकामा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार २०७६ माघ १५ गते अन्दाजी राति ९ बजे मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका वडा न. ०७ बडहरामा एक बािलकलाई बुढीगंगा गा.पा वडा न.०६ वस्ने वर्ष १९ को सन्देश लिम्बू समेतका ५ जना मानिसहरुले समुहिक रुपमा जबरजस्ती करणी गरेका थिए । मुद्दाको अनुसन्धानको सिलसिलामा वारदातमा संलग्न रही पक्राउ परेका ४ जना प्रतिवादीहरु मध्येका सन्देश लिम्बु र टंके भन्ने कुमार राईलाई पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । तर, दुई
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले महंगो शुल्क घटाउन सरकारसंग माग गरेको हो । कांग्रेसले आईसियू र भेन्टिलेटरमा पुग्ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकोले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ । विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसियू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने,&l
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण ठिक भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् । प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८ हजार भन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आईसोलेसन र होम आईसालेसनमा छन । सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ । प्रदेश १ का खासगरी बाक्लो जनसंख
धरान । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कम्पनी कमिसार सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश १ प्रहरीको बिशेष टिम रिजनल इन्भेष्टिगेशन टिमको संयुक्त टोलीले पक्राउ गरेको छ । बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको टोलिले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । विप्लव समूहका नेता कार्यकर्ता रहेको स