समाचार

    Showing 6,811-6,820 of 10,040 items.
  • ‘मेरोे जग्गा मेरो वन, बेच्ने बेलामा वनलाई भन’

    इलाम/ जग्गाको धनिपुर्जा भएर सरकारलाई राजस्व तिरिरहेको निजी जग्गामा रुख लगाएर विक्री गर्नको लागि अनेक झञ्झट ब्यहोर्नु परेको भन्दै निजी जग्गामा उत्पादन भएको काष्ठजन्य बस्तुलाई नगदेबाली सरह विक्री गर्न पाउनुपर्ने माग गरेका छन । पारिवारीक निजी वन संघ नेपाल जिल्ला शाखा इलामको आयोजनामा भएकोे ‘पारिवारीक निजी वनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा निजी जग्गामा लगाएका कृषि जन्य उत्पादन बेच्न कृषि ज्ञान केन्द्रलाई सोध्न नपर्ने तर निजी जग्गाकै रुख बेच्न वन कार्यालयलाई सोध्नुर्दा झन्झटिलो भएको गुनासो सरोकारवालाको रहेको छ । केन्द्रिय अध्यक्ष जोगराज गिरिले एउटै जग्गामा भएको धान बेच्न

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 998 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सप्तरंगी पार्कको २१ वर्ष: निर्माण पुरा नहुँदा अझै लथालिंग

    धरान । तत्कालिन धरान नगरपालिकाले गुरुयोजना अनुसार पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्न २१ वर्ष अघि सप्तरंगी पार्क बनाउन थालेको हो । धरान १७ मा रहेको सप्तरंगी पार्कले अहिले सम्म पनि पुरा हुन नसक्दा अझै लथालिंगनै छ । विडिआर भन्ने संस्थासंग सहकार्य गरेर ६२ विगाहा जग्गामा सुविधा सम्पन्न सहिद स्मारक पार्क, बाल उद्यायन, खेलकुदका गतिविधि लगायतका ठूलो महत्वांकांक्षी गुरु योजना बनाएर उपमहानगरपालिकाले थालेको काम बीचैमा रोकिएको थियो । तत्कालिन अवश्थामा करिब ३ करोड रुपैया लगानी गरेको थियो । यतिबेला संप्तरंगी पार्कको जग्गा समेत अतिक्रमणमा परेको छ । ६२ विगाहा जग्गा अहिले ९ विगाहा क्षेत्रफलमा मात्रै संप्तरं

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 1,245 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इक्यानको अध्यक्षमा धरानका प्रकाश लकान्द्री

    धरान । नेपाल शैक्षिक परामर्श संघ प्रदेश नम्बर १ को पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट टपयुनिभर्सल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश लकान्द्री अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । धनकुटाको हिले स्थित माउण्ट होराइजनमा भएको संघको बुधबार सम्पन्न सभाले अध्यक्षमा लकान्द्री सहित ७ कार्यसमिती सर्वसम्मत चयन गरेको हो । समितीको उपाध्यक्षमा दिपक गौतम, सचिवमा रबी कुमार गुप्ता, कोषाध्यक्षमा हेम जिवान निरौला चयन भएका छन् । त्यसै गरि सदस्यहरुमा दुर्लभ कार्की, रोजन थापा, गोपाल निरौला छन् । समितीको अर्को बैठकले दुई सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष लकान्द्रीले बताए ।   उनले संघलाई गुणस्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 1,311 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘गठबन्धन सरकार लामो समय टिक्दैन’

    खोटाङ/ वर्तमान गठबन्धन सरकार लामो समयसम्म टिक्ने अवस्थामा नभएकाले वर्तमान गठबन्धन भत्काउने वा चाँडो चुनावमा जाने अवस्थाबाट सरकार गुज्रिरहेको प्रदेश १ का पुर्व मुख्यमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले बताएका छन् । उनले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कारण प्रधानमन्त्री शेरबहादुर देउवा अफ्ठेरोमा परिरहेको दाबी गरेका छन् । एमाले खोटाङले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा राईले भने, ‘गठबन्धनको सरकार लामो समयसम्म टिक्ने अवस्था छैन, शेरबहादुर देउवालाई असाध्यै गाह्रो भइरहेको छ, एकातिर प्रचण्डजस्तो मान्छे छ, अर्कातिर माधव नेपाल, अर्कातिर उपेन्द्र यादव, यी

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्न अवरोध गर्नेलाइ स्पस्टिकरण दिन सर्बोच्चको आदेश

    धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका चिकित्सक, विद्यार्थी हरुले प्रमुख पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खुलाउन सर्बोच्च अदालतले दिएको आदेश कार्यन्वयनमा अवरोध गरे पछि आन्दोलनरत डा। सुर्य प्रसाद रिमाललाइ १ हप्ता भित्र स्पष्टीकरण दिन सर्बोच्चले आदेश दिएको छ । पुस ६ गतेको तेज बहादुर केशीको एकल इजलाशले १ हप्ता भित्र फैसला कार्यान्वयन गर्नु नपर्ने कारण खुलाइ हाजिर हुन आदेश गरेको छ । गत मंसिर २१ गते नवराज विष्टले दिएको निबेदन मा फैसला गर्दै प्रतिष्ठानमा लगाएको ताला खोल्न सर्बोच्चले आदेश दिएको थियो । सर्बोच्चको आदेश अनुसार स्थानीय प्रहरी प्रशासनले ता

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चर्चा बटुल्दै झापाली अनुजा

    झापा/ नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ । पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रति

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादी प्रदेश १ मा आकांक्षी धेरै : निर्वाचनको बाटो खुल्यो

    सुनसरी/ दुई साता अघि सम्पन्न नेकपा माओवादी केन्द्र प्रदेश १ को पहिलो अधिवेसनले पदाधिकारी चयन गर्न नसकेको बन्द सत्र स्थगित भएको थियो । पदाधिकारीमा आकांक्षी धेरै भए पछि अझै पनि टुङ्गो लाग्न सकेको छैन् । अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि दुई सय ७१ सदस्यीय कमिटी घोषणा गर्दै बन्दसत्र स्थगित भएको थियो । प्रदेश १ नेकपा माओवादी केन्द्रको नौ पदाधिकारीका लागि तीन दर्जन बढीले दाबेदारी गरेका छन् । पदाधिकारीको टुङ्गो लगाउन पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आंकाक्षी पदाधिकारीहरु सँग पटक पटक टुङ्गो लगाउन बैठकमा छलफल गरे पनि सहमतीमा ल्याउन सकेको छैन्

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 1,070 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनामा काटिएको ट्राफिक भवन निर्माण योजना अझै फर्किएन

    धरान/ बजेट विनियोजन भएर पनि कोरोनाका कारण कटौती भएको धरान स्थित जिल्ला ट्राफिक कार्यालयको भवन निर्माण योजना पुर्ण रुपमा सेलाएको छ । स्थानीय सरकारले पहल गर्न नसक्दा अन्तै जान लागेको भवन निर्माणको योजना ठप्प भएको हो । दुई वर्ष अघि प्रदेश नम्बर १ सरकारले २ करोड ३० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन सँगै धरान १५ स्थित नयाँ रात्रीकालिन बसपार्क परिषरमा ट्राफिक कार्यालयको भवन निर्माण गर्न लागिएको थियो । तर कोरोनाको जोखिम बढ्दै गए पछि बजेट रकमान्तर भएको थियो । ट्राफिक भवन निर्माणका लागि रकम अन्यत्रै लगे पछि भवन निर्माणको काम पनि ठप्प बनेको थियो । अहिले कोरोना संक्रमणको जोखिम कम

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 1,004 पटक पढिएको
    • "दिनेश गजमेर"
  • नागरीकता बनाउन इलाका, हस्ताक्षर गराउन जिल्ला

    इलाम/ नागरीकता बनाउनका लागि इलाका प्रशासन कार्यलय मंगलबारे गए पनि हस्ताक्षर गराउन भने जिल्लामा नै पुग्नु परेको छ । इलामका प्रशासन कार्यलय मंगलबारेमा नागरीकतामा हस्ताक्षर गर्ने कर्मचारी नहुँदा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला पुग्नु परेको हो । इलाकामै नागरीकता बने पनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा सेवाग्राही समस्यामा परेका हुन । सबै कागजात पुरा गरी नागरीकता बनेपनि हस्ताक्षर गर्ने कर्मचारी नहुँदा त्यसै फर्कनु परिरहेको छ । इलाका प्रशासनमा नागरीकता बनाएर हस्ताक्षर गराउन जिल्ला प्रशासन ल्याउनु पर्दा स्थानीयले हैरानी व्यहोर्नु परेको छ । जिल्लाको इभाङ, गजुरमुखी, लुम्दे, फुएतप्पा, आमचोक फ

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 852 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • २१ महिनाकी युनिसाको हत्यामा संलग्न २ जना रंगेलीबाट पक्राउ

    मोरङ / मोरङको रंगेली नगरपालिका-२ का चन्द्र उराउको २१ महिना कि छोरी युनिसा उराउलाई कर्तब्य गरि ज्यान मार्ने कसुरमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली नगरपालिका-२ का ४६ बर्षिय सैनी उराउ र ३५ बर्षिया संगिता उराउ रहेका छन । गत मंसिर २६ गते युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकि थिइन । खोज तलासको क्रममा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको शव घर नजिकै पैनीमा गाडेको अवस्थामा मंसिर २८ गते फेला परेको थियो । पक्राउ परेका दुवै जनालाई मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः पुस ६, २०७८
    • 947 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved