इलाम । निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबार देखि बन्द हुने भएको छ । पालिकामा मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो । पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा ) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ । पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका
इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न निर्माण नभएको दाबी गरेका छन । सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको शिलान्यास कार्यक्रममा राईले नेकपालाई फुट्न निर्माण नभएको र फूटाउने अधिकार कसैलाई नभएको भन्दै कुनै हालतमा पार्टी फुट्न नदिनेमा आफू रहेको बताए । राईले भने, ‘तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको छ, कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको छ ।’ उनले अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प नरहेको बताए । फरक प्रसंगमा राईले नेपालमै पहिलो चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र स्थापनाले नेपाली चियाको अन्तराष
धरान । निर्वाचनताका गरेका प्रतिबद्धताहरु १ वर्ष बितिसक्दा पनि पुरा गर्न नसकेको आक्षेप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई अहिले सल्लाहाकार मनोनितको विषय पनि विवादित बनेको छ । निर्वाचित भएको १ वर्ष पछि गत १२ गते नगर प्रमुख स्तरिय निर्णय अनुसार विज्ञ समिती र सल्लाहाकार समिती गठन गरेका थिए । मंसिर १६ गते निर्णय अनुसारको नामावली सार्वजनिक गरे पछि उनको मनोनयन प्रक्रिया विवादित बनेको हो । सल्लाहाकार समिती र विज्ञसमितीको निर्णय आफै गर्ने र सुचना पनि आफै जारी गर्ने प्रक्रियाले प्रशासन कर्मचारीहरु सँगको समन्वय हुन नसकेको भन्दै एक थरीले प्रसाशनिक त्रुटि रहेको जनाएको छ भने अर्को थरी उनकै पार्
धरान । नेपालमा पहिलो पटक सरकारी स्रेस्ता प्रणालीबाट सफ्टवेयरमा आधारित भएर धरान उपमहानगरपालिकाले वडा बाटै खर्च तथा भुक्तानी गर्ने प्रक्रियाको शुरुवात गरेको छ । संघीयताको मर्म तथा ऐन अनुसार वडा तहमा नै खर्च तथा भुक्तानी गर्ने प्रक्रिया शुरुवात गरेको हो । धरानले बित्तिय संघीयता कार्यान्वयनको उदाहरण पेश गरेको छ । वडा कार्यालयहरुलाई नै वडाको बजेट खर्च गर्ने, लेखा राख्ने, लेखा परीक्षण गराउने, बेरुजु फछ्यौट गर्नेलगायत सबै अधिकार प्राप्त भएको छ । वडाको बजेट खर्च तथा भुक्तानीको लागि अब विगतमा जस्तो उपमहानगरपालिका धाइरहनुपर्ने बाध्यता हटेको छ । धरानमा बुधबार धरानको वडा नं १५ मा संघीय सांसद जयकुमार राईल
धरान । मोटरहेड बाइकको अधिकारीक बिक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले काठमाण्डौंको बलाजुमा शुक्रबार देखि शोरुम सञ्चालनमा ल्याउने भएको छ । ग्राहकलाई स्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले ललितपुर र भक्तपुरपछि बालाजुमा शाखा सञ्चालनमा ल्याउन लागेको प्रालिले जनाएको छ । प्रालीका जनरल म्यानेजर उज्वल जोशीका अनुसार ग्राहकले शुक्रबारदेखि बालाजु शाखाबाट पनि सेल्स, सर्भिस र स्पेयर्स पार्टस्को सुविधा प्राप्त गर्नेछन् ।बालाजु शाखाको उद्घाटनको अबसरमा ग्राहकलाई विशेष छुट अन्तगर्त नगद १५ हजार छुट दिने व्यवस्था गरिएको जोशीले बताए । त्यसैगरी स्पेयर्स पार्टसमा १० प्रतिशत र लेबरचार्जमा ५० प्रतिशत छुट प्रदान हुन
धनकुटा÷ प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चालु आर्थिक वर्षभित्र नै धनकुटामा एक सय बेडको अस्पताल संचालन हुने बताएका छन् । जनस्वास्थ्य प्रयोगशाला विराटनगर बाहेक प्रदेशकै पहिलो पटक धनकुटामा शुरु भएको पाठेघरको मुखको क्यान्सर परिक्षणको आज उद्घाटन गर्दै सामाजिक विकास मन्त्री घिमिरेले धनकुटामा बन्न लागेको शिक्षण अस्पतालको प्रारम्भिक चरण अन्तरगत यस आर्थिक वर्षदेखि एक सय बेडको अस्पताल धनकुटामा शुरु हुन लागेको बताएका हुन् । जिल्ला अस्पताल धनकुटाको स्तरोन्नतिसँगै विशिष्ट स्वास्थ्य सेवा प्रवाह गर्दै १५ बेडबाट एक सय बेड निर्माणको लागि आवश्यक पर्ने बजेट प्रदेश सरकारले १० करोड भन
इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो । नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’ ब
इलाम । इलामको तिन नगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि २ करोड १७ लाख ७५ हजार ४ सय ६० रुपैया खर्च गरेको छ । सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार र इलाम नगरपालिकाको ९३ लाख ५८ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार
धरान । सुनसरी भोक्राहा नर्सीङ गाँउपालिका-८ बस्ने १० बर्षीया रेहना खातुनको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आज विहान पौने १० बजे भोक्राहा नर्सीङ गाँउपालिका-८ स्थित भित्री सडकखण्डमा को २ त २०२३ नम्बरको ट्याक्टरले को ११ प १२०० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल पछाडी सवार रहेकी बालिका खातुनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी गढी(२ का ३५ बर्षीय अनिल उराउ नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ओखलढुङगा । जिल्ला प्रहरी कार्यालय ओखलढुङगा मातहतका प्रहरी चौकी रगनी र प्रहरी चौकी गाम्नाङटारको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले मंगलवार दुबै प्रहरी कार्यालयका नवनिर्मीत भवनहरुको बिधिवत रुपमा उद्घाटन गरेका हुन्। २ करोड ३४ लाख २० हजार ६ सय ४३ रुपैयाँको लागतमा प्रहरी चौकी रगनीको २ तले सुबिधा सम्पन्न कार्यालय भवन ,भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो । यसैगरी २ करोड ३४ लाख २० हजार ४ सय ९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको २ तले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्म