समाचार

    Showing 671-680 of 10,268 items.
  • धरानमा माघ ६ देखि मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

    धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ। रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्। सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए। आगामी वर्षहरूमा इ

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 404 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टीका अध्यक्ष सुनसरी–१ बाट चुनाव लड्ने

    धरान/ श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने घोषणा गरेका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि साम्पाङले सुनसरी–१ बाट उम्मेदवारी दिने स्पष्ट पारेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “म सुनसरी क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु। जय माटो, जय देश।” सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाका ५ वड

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष

    सुनसरी/ कोशी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ। नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको सहमतिअनुसार भागबन्डा मिलाउन मन्त्रिपरिषद् हेरफेर गरिएको हो। मङ्गलवार मुख्यमन्त्री हिकमतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथग्रहण गराएका छन्। काँग्रेस–एमाले–माओवादी भागबन्डामै बित्यो कोशी प्रदेश सरकारको तीन वर्ष नवनियुक्त मन्त्रीहरूमा काङ्ग्रेसबाट प्रदीपकुमार सुनुवार (भौतिक पूर्वाधार), मानबहादुर लिम्बू ९स्वास्थ्य०, इस्राइल मन्सुरी (कृषि) र भीम पराजुली (पर्यटन तथा वन–वातावरण) मन्त्री बनेका छन्। शोभा चेम्जोङलाई भौति

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 407 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित

    धरान/  श्री विश्वकर्मा कल्याण सेवा समितिको अध्यक्षमा घमानसिंह बराइली निर्वाचित भएका छन्। सोमबार धरान–१० स्थित सैनिक भवनमा सम्पन्न समितिको १२ औँ अधिवेशनमा निवर्तमान महासचिव समेत रहेका बराइलीले अध्यक्षमा उम्मेदवार दिएका निवर्तमान सचिव सन्दीप शंकरलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन मण्डलका अधिकृत डिबी शाहशंकरका अनुसार बराइलीले ६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकरले ५५ मत प्राप्त गरेका थिए। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरू भने सहमतिमै चयन भएका छन्। उपाध्यक्षमा मिरा बराइली, महासचिवमा वलिन्द्र बराइली, कोषाध्यक्षमा ललन जनकर्मी तथा सचिवमा कला शंकर चयन भएका

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माघमा बीपी प्रतिष्ठानमा ‘सिन्याप्स–२०२६’हुदै

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आगामी माघ महिनामा अखिल नेपाल मेडिकल कलेज भेटघाट कार्यक्रम ‘सिन्याप्स–२०२६’ आयोजना हुने भएको छ । विद्यार्थी कल्याण समाज, बीपी प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रम माघ १६ गतेदेखि २३ गतेसम्म सातौँव्यापी रूपमा चल्ने आयोजकले जानकारी दिएका छन् । आयोजनाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष प्रज्वल विक्रम खाणले सिन्याप्स–२०२६ अन्तर्गत खेलकुद, सांस्कृतिक, साहित्यिक तथा विविध सिर्जनात्मक र बौद्धिक गतिविधिहरू सञ्चालन गरिने बताए । मेडिकल तथा स्वास्थ्य विज्ञान अध्ययनरत विद्य

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 671 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः पौडेल निर्वाचित

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ मा रहेको सुनसरी जिल्लाकै प्रतिष्ठित सहकारी संस्थाको रुपमा स्थापित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन: सिता भण्डारी पौडेल निर्वाचित भएकी छिन् । मङलबार संस्थाको २७ औँ वार्षिक साधारण सभा तथा २८ औं वार्षिकोत्सव कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिकृष्ण भट्टराईले संस्थाको ४ वर्षका लागि अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएको बताए । अध्यक्षमा भण्डारी सहित उपाध्यक्षमा मीन बहादुर बानियाँ, सचिव ज्ञानेन्द्र (आदेश) गौतम , कोषाध्यक्ष राधिका कार्की, सदस्यहरू मदन (राजन ) बस्नेत , प्रभा कुमरी घिमिरे , सुनिता निरौला, श

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 454 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रबाट ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ

    बराहक्षेत्र/सुनसरीको बराहक्षेत्र नगरपालिका–४ तिसबिघेमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। मिति २०८२ साल पुस २१ गते दिउँसो करिब ४:१० बजे प्रहरी चौकी भरोलबाट खटिएको प्रहरी टोलीले इटहरीबाट कालाबन्जारतर्फ जाँदै गरेको को १९ प १७५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको हो। प्रहरीका अनुसार मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरिएको अवस्थामा TRAMADOL ६२० क्याप्सुल र SPASPAIN ५७० ट्याब्लेट बरामद गरिएको छ। लागूऔषधसहित मोटरसाइकल चालक रामधुनी नगरपालिका–६ का ३३ वर्षीय सुनिल चौधरी, पछाडि सवार सोही स्थानका २५ वर्षीय सुजन राई र बराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपाप्रति जनआकर्षण बढ्दो : माधव नेपाल

    धरान/नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले नेकपाप्रति जनताको आकर्षण निरन्तर बढ्दै गएको बताएका छन्। पार्टीको इटहरी उप-महानगर समितिद्वारा आइतबार दुर्गा पार्टी प्यालेसमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै सह–संयोजक नेपालले माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १७ दल एकताबद्ध भइसकेपछि अन्य राजनीतिक घटकहरू समेत एकतामा आउन इच्छुक देखिएको उल्लेख गरे। यसले नेकपाप्रति जनविश्वास र आकर्षण बढेको उनको भनाइ थियो। नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भइसकेकाले त्यसको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। साथै पार्टी

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी-१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस

    धरान/   प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्। किराँतीलाई प्रलोपाले सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो। सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ। एउटा मात्रै निर्वाचन क्षेत्र भएको भोजपुरबाट भने प्रलोपाले किराँतीसहित हेमन्त राई पनि सिफारिस भएका छन्। किराँती २०६४, २०७४ र २०७९ को चुनावमा विजयी भएका थिए।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रभातलाई हराउँदै पुलिस स्कुल पहिलोपटक च्याम्पियन

    धरान/  सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता–२०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो) ले जितेको छ। धरान–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पुलिस स्कुलले धरानकै प्रभात सेकेन्डरी बोर्डिङ स्कुल लाई १–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक पहिलो उपाधि हात पारेको हो। पुलिस स्कुललाई पहिलो पटक च्याम्पियन बनाउने क्रममा जर्सी नम्बर ७ का विकास मगर नायक बने। उनले खेलको निर्णायक गोल टिम क्याप्टेन जर्सी नम्बर १० का समिर राई को पासमा डिबक्स बाहिरबाट प्रहार गर्दै जाली चुमाएका थिए। उक्त गोल नै फाइनल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved