समाचार

    Showing 6,711-6,720 of 8,642 items.
  • उपभोक्ता समितिको शतप्रतिशत लागतमा धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडक निर्माण हुने

    धरानउपभोक्ता समितिको शतप्रतिशत लागतमा निर्माण हुन लागेको धरान १५ स्थित तोप्थुम्का तिर्थलोक त्रीशुल मार्ग लुप सडकको हिजो बिहिबार शिल्यान्यास भएको छ ।सडकको ड्रेन, एजिङ, ल्याप र सवबेसको काम स्थानिय उपभोक्ताबाट निर्माण गरीने समितिका अध्यक्ष तिलक राईले बताएका छन् ।  उनका अनुसार उक्त कार्यको लागि करीब १८ लाख १३ हजार ७ सय ६० रुपैयाँको आर्थिक अनुमान गरीएको जानकारी दिएका छन् । धरान १५ का वडाध्यक्ष नरेश कुमार इवारमले सो सडको शिल्यान्यास गरेका हुन् । सडक शिल्यान्यासको क्रममा सडक कालोपत्रे गर्नको लागि भने वडाले सहयोग गर्ने वडाध्यक्ष नरेशकुमार इवारमले प्रतिवद्धता जनाएको समितिका अध्यक्ष राईले बताएका

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,668 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचार वृद्धिको मुख्य कारण कर्मचारी

    धरान । भ्रष्टाचार सार्वजनिक सेवा प्रवाह र सुशासनमा गम्भीर चुनौतीको रुपमा रहेको छ । भ्रष्टाचारले देशको सुशासन, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा समेत प्रभाव पारिरहेको छ । भ्रष्टाचारको वृद्धि हुनुमा मुख्य कारण सार्वजनिक सेवामा रहेका कर्मचारीहरुनै रहेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचार नियन्त्रण गर्न राज्यले स्थापना गरेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहेका अधिकृततह देखि मुनिका कर्मचारीहरुबाट सबै भन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्यांक देखाएको छ । आयोगले विहिबार राष्ट्रपती कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा बढी भ्रष्टाचार सहायक तथ

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ

    उदयपुर ।उदयपुर उदयपुरगढि-६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढि-५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढि-६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय युवराज कार्की, ३३ बर्षीय यादव खत्री र ४० बर्षीय शरद खत्री रहेका छन । यसै गरी रौतामाई(७ का ४३ बर्षीय प्रकाश दाहाल छन भने उदयपुरगढ-८ का २७ बर्षीय सुदिप खत्री, ४० बर्षीय श्याम खत्री र ४२ बर्षीय बिदुर खत्री रहेका छन । घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा शुक्रबार विहानको राती ३ बजे जिल्ल

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,029 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोड आइटीको तेस्रो वार्षिकत्सव सम्पन्न

    धरान । कोड आइटीले आफ्नो स्थापनाको तीन वर्ष पुरा गरेको छ । बुधबार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मानाएको हो । देशभरी ५ हजार भन्दा बढी विद्यार्थीहरुलाई प्रशिक्षित गरिसकेको संस्थाले विभिन्न संस्थाहरुलाई आफ्ना उत्कृष्ट सेवा प्रदान दिदै आएको छ । संस्थाले धरान उपमहानगरपालिका, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार लगायत धरानका प्रतिष्ठीत संस्थाहरुलाई सेवा प्रदान गर्दै प्रदेश नम्बर १ कै उत्कृष्ट आइटी कम्पनीको रुपमा स्थापित भएको कम्पनीका मेनेजिङ डाइरेक्टर सजल श्रेष्ठले बताए । उनले काठमाण्डौं भ्यालीमै गएर अध्ययन गर्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश१ का विद्यार्थीहरुलाई लक्षी

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रेडपाण्डा संरक्षणका लागि ७ सय रोपनीमा वृक्षारोपण

    इलाम । विश्वमै लोपोन्मुख रुपमा रहेको रेडपाण्डा (हाब्रे) संरक्षणका लागि इलामको सन्दकपुर गाउँपालिका पाँच स्थित जौवारीमा वृक्षारोपण शुरु गरिएको छ । रेडपाण्डा आवत जावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षारोपण थालिएको हो । लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका अध्यक्ष धनबहादुर खाम्दाक बताउँछन । उनी भन्छन ‘नेपाल र भारतको सिमा क्षेत्रमा पर्ने यस ठाउँमा भारत तर्फ सिंहलिला नेशनल पार्क रहे

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,284 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • जेटबोट सञ्चालनमा सरकारी सहयोग नपाएको गुनासो

    सुनसरी । पर्यटन प्रवद्र्धनका साथै कोशी पारीका स्थानीयलाई सेवा प्रवाह गर्ने उद्धेश्यले सप्तकोशीमा निजी क्षेत्रबाट मिनी पानीजहाज जेटबोट सञ्चालनमा ल्याइए पनि सरकारी स्तरबाट कुनै किसिमको सहयोग नभएको व्यवसायीले गुनासो गरेका छन । सप्तकोशी नदीमा केही वर्ष देखि जेटबोट सञ्चालनमा आएपनि सञ्चालनका लागि सरकारी स्तरबाट निती निर्माणका साथै व्यवस्थापनका लागि कुनै किसिमको सहयोग नभएको उनीहरुको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको परिकल्पना गरेपनि सरकारी स्तरबाट गर्न नसकिरहेको समयमा निजी लगानी गरेर मिनी पानीजहाज सञ्चालन ल्याएपनि राज्यले व्यवसायीहरुको लगानी सुरक्षण गर्ने काम समेत नगरेको सप्तकोशी

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,739 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिँसा पिडितको पक्षमा राज्यले लगानी नगर्दा चुनौती

    मोरङ । हिँसा प्रभावित किशोरी तथा महिलाहरुको सामाजिकरणमा राज्य पक्षको अझै लगानी हुन नसक्दा हिँसा न्युनिकरण र पुनस्र्थापना कार्य अझै चुनौती बनिरहेको छ । महिला पुर्नस्थापना केन्द्र (ओरेक) विराटनगरले आफनो बार्षिक प्रगती प्रस्तुत गर्दै अझै हिँसा प्रभावितहरुका लागि राज्य पक्षले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ओरेक विराटनगरका संयोजक दिपक सेन्चेउरीले टोल विकास समितिहरुमा पनि अझै लैंिङगक दृष्टिकोणबाट कार्यक्रम बन्न नसकेको बताए । उनका अनुसार प्रभावितहरुको कानुनी उपचार सहयोगमा अदालतको शुल्क बृद्धि हुँदा पनि न्यायप्राप्तीमा समस्या भैरहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले अ

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकमा सरकार परिवर्तनको चर्चा

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत आइतबार राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद बिघटनको घोषणा गरेसंगै फुटको संघारमा पुगेको नेकपाको विघटन केन्द्र देखि प्रदेश हुदै स्थानीय स्तर सम्म आइपुगेको छ । औपचारीक रूपमा बिभाजित हुन थालेको नेकपा बिवादले प्रदेश एकमा सरकार परिवर्तन हुने सम्मको चर्चा चुलिएको छ । केन्द्रमा नेकपाका अध्यक्ष ओली र प्रचण्ड पक्षले बेग्ला बेग्लै बेठक डाक्दै केन्द्रीय सदस्यहरू तानातान गर्न थाले पछि यता प्रदेश एकमा भने सरकार परिवर्तनको हल्ला चुलिएको हो । नेकपाको गुटगतरुपमा बेग्ला बेग्लै समिती गठन हुन थाले प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अल्पमतमा पर्ने र सरकार परिवर्

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,446 पटक पढिएको
    • "तेजबहादुर बन "
  • लागुऔषध सहित ३ जना पक्राउ

    मोरङ । मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र बुधबार बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका(१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका(७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी इलाका

    • प्रकाशित मितिः पुस ८, २०७७
    • 1,432 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गायक ज्ञान सुब्बाको ‘धरान शहर’ सार्वजनिक

    धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो । गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो धरान

    • प्रकाशित मितिः पुस ७, २०७७
    • 1,462 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved