समाचार

    Showing 6,281-6,290 of 8,627 items.
  • ग्रामथानका ५० वर्षीय कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

    धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ ग्रामथानका ५ का ५० वर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १५ गते प्रतिष्ठानमा भर्ना भएका उनलाई १७ गते संक्रमण पुष्टि भएको थियो । उनका अनुसार संक्रमित पुरुषको शनिवार राति १०ः १५ मा मृत्यु भएको हो । मृतकको शव नियमअनुसार अन्त्यष्टीको तयारी भइरहेको उनले बताए ।  

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 813 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा कोरोना कहर : लक्षणसहितका संक्रमितले भरिए अस्पताल, आईसियू बेड पाईन छाड्यो

    विराटनगर । प्रदेश १ का अधिकांश अस्पताल संक्रमितले अस्पताल भरिएपछि बेड अभाव पाइन मुश्किल हुन थालेको छ । प्रदेशभर तीन सरकारीसहित बाँकी निजी अस्पतालहरुमा संक्रमितको उपचार हुँदै आएको छ । तर, पछिल्लो समय संख्या थपिएसंगै संक्रमितलाई आईसियू बेड भेट्न कठिन हुन थालेको छ । अस्पतालमा भर्ना हुन बिरामीले पालो कुर्नुपर्ने अवस्थाम आएको विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालले जनाएको छ । अस्पतालका संयोजक वैजनाथ साहले भने,“आईसीयू र एचडीयू बेड भरिएकोले हामीले गम्भीर प्रकृतिका बिरामीलाई पनि भर्ना गर्न सकेका छैनौं । पालो पर्खनु पर्ने अवस्था आएको छ ।” उनले पछिल्लो समय लक्ष्यणसहितका संक्रमितको संख्या बढेक

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 1,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महामारीमा पनि प्रयोगमा आउन सकेन भेन्टिलेटर

    इलाम/ एकवर्ष अघि इलाम जिल्ला अस्पताल न्युनतम सेवा प्रवाहमै कमजोर रहेको पाइएको थियो । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले अस्पतालको न्युनतम सेवा मापदण्ड लेखाजोखा गर्दा इलाम अस्पताल न्यूनतम सेवा प्रवाहमा कमजोर पाईएको हो । न्युनतम सेवाको मूल्यांकनमा इलाम अस्पताले ६४ अंक प्राप्त गरेको थियो । महाशाखाले अस्पतालको सुशासन, क्लिनिकल सर्भिस र सहयोगी कुराको व्यवस्थापनको लेखाजोखा गर्दा सुशासन र सहयोगी कुराको लेखाजोखामा राम्रो अंक पाएपनि अस्पतालको क्लिनिकल सर्भिसमा थोरै अंक पाएको थियो । सुशासनमा ७८ अंक, सहयोगी कुरामा ७२ अंक र क्लिनिकल सर्भिसमा ५७ अंकमात्रै प्राप्त गरेको अनुगमनमा संलग्न महाशाख

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • 691 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रदेश १ मा आज ५ सय ७८ जना संक्रमित थपिए

    विराटनगर । प्रदेश १ मा शनिबार ५ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ८७ महिला र ९८ पुरुष सहित १८५, बेलबारीमा ८, सुन्दरहरैचामा ७, बुढीगंगामा ५, केराबारीमा २, सुनबर्षी, जहदा ग्रामथान र कटहरीमा १–१, झापाको विर्तामोडमा ३१, भद्रपुरमा ३०, दमकमा २५, कनकाईमा १८, मेचीनगरमा १७, अर्जुनधारामा १६, गौरादहमा ८, बुद्धशान्तिमा ७, शिवसताक्षीमा ५, गौरीगञ्ज र हल्द

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,199 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड विरुद्धको खोप उपलब्ध गराउन अद्योगीहरुद्वारा सरकारसँग माग

    विराटनगर । कोभिड १९ र यसको नयाँ भेरिएन्टबाट आर्थिक क्षेत्र तहस नहस हुन सक्ने भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले कामदार, श्रमिक र कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयष प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष सुजन थापा र नेपाल उद्योग परिसंघका १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिरेले शनिबार संयुक्त विज्ञप्ति प्रकासित गरी यस्तो माग गरेका हुन । कोभिड १९ को दोश्रो लहरसंगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको अवस्थामा औद्योगिक क्षेत्र प्रभावित बनेको विज्ञप्तिमा जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,074 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान १६ का ४१ वर्षीय संक्रमितको वीपी प्रतिष्ठानमा मृत्यु

    धरान : धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिवार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १६ का ४१ वर्षीय पुरुष रहेको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरले जनाएका छन् । उनका अनुसार संक्रमित शनिवार विहान ९ः३० बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । डा. पोखरलेलका अनुसार गत वैशाख २० गते प्रतिष्ठानमा भर्ति भएका उनलाई गत वैशाख २१ गते संक्रमण पु्ष्टि भएको थियो । मृतक संक्रमितको शव नियमअनुसार अन्त्यष्टी गरिने प्रतिषठानले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मानव वस्ती नजिकै कोरोना संक्रमतिको दाह संस्कार गरेको भन्दै स्थानियको आपत्ति

    धरान/ धरान–१४ र १५ को संगम स्थलमा रहेको खत्री धारा दाह संस्कार स्थलमा कोरोना संक्रमणबाट मृत्यु भएकाको दाह संस्कार गरिएकोमा स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका छन । २०७८ बैसाख २३ गते धरान–३ की एक महिला कोरोना संक्रमणबाट मृत्यु भए पछि खत्री धारामा अन्तिम दाह संस्कार गरिएको थियो । कोरोना संक्रमित महिलाको शव जलाएर दाह संस्कार गरेको कुरा थाहा पाए पछि स्थानिय बासिन्दाहरुले आपत्ति जनाएका हुन् । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्तिम संस्कार आÏनो जातीय परम्परा धर्म, संस्कार अनुसार गर्न पाउनु पर्ने भएता पनि मावन वस्ती नभएको स्थानमा चार कोशे झाडीमै शव जलाउने व्यवस्था हुनु पर्न

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रहेनन् धरानका उद्योगी सोनी

    धरानः धरानका उद्योगी रोशन सोनीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको शुक्राबार राति बिराटनगर स्थित बिराट मेडिकल कलेजमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि उनि १ साता अघि अस्पताल भर्ना भएका थिए । सुनसरी उद्योगा वाणिज्य संघका अध्यक्ष गिरिधर सापकोटाले धरानकै एक सञ्चार माध्यम सग कुरा गर्दै सोनीको शुक्रबार राति नै मृत्यु भएको पुष्टि गरेका हुन् । सोनीले धरान तिनकुने स्थित अद्योगिक क्षेत्र भित्र उनले सौर्य कत्था उद्योग सञ्चालन गर्दै आएका थिए ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,167 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेह्रथुमकी २० वषर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

    धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमकी २० वर्र्षीय महिलाको मृत्यु भएको छ । तेह्रथुम पञ्चकन्या १, की संक्रमित महिलाको आज (शनिवार) विहान ५ बजे कोभिड अस्पातलमा मृत्यु भएको हो । प्रतिषठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार गत वैशाख १७ गते प्रतिष्ठानमा भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । मृतक संक्रमित महिलाको शव नियमअनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।  

    • प्रकाशित मितिः वैशाख २५, २०७८
    • 1,380 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का पहाडी र हिमाली जिल्लामा न्यून संक्रमण

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण र मृत्यु नभएको हिसाबले चार वटा जिल्ला सुरक्षित देखिएका छन । प्रदेश १ का ओखलढुंगा, खोटाङ, भोजपुर र सोलखुम्बुमा कोरोनाबाट हालसम्म कसैको पनि मृत्यु भएको छैन । दोस्रो लहरको तथ्यांक हेर्दा पनि यी जिल्लामा कम संक्रमण देखिन्छ । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको दोस्रो लहरबाट कोही पनि संक्रमित भएका छैनन् । अघिल्लो लहरमा सोलुखुम्बुमा जम्मा ३७ जनामा कोरोना देखिएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार संक्रमणको पहिलो लहरका बेला हिमाली ताप्लेजुङमा न्यून संक्रमण थियो । तर, दोस्रो लहरले भने यो जिल्लालाई गाँजेको छ । ताप्लेजुङमा ४१ म्हिला र ३६ पुरुष संक्रमित

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • 1,083 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved