समाचार

    Showing 6,111-6,120 of 8,619 items.
  • प्रदेश १ सरकारबारे विपक्षीको टिप्पणी : ‘अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको भद्दा नक्कल हुन थाल्यो’

    विराटनगर । अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर गराउने प्रि–बजेट छलफल कर्मकाण्डीमात्र हुने प्रदेश १ का विपक्षी दलले टिप्पणी गरेका छन् । सरकार संविधान प्रति गैर जिम्मेवार नभएको र बजेट जस्तो सरकारको मुख्य कार्यक्रमलाई समेत निक्कै हलुका ढंगले लिएको उसको व्यवहारबाट पुष्टि भएको भन्दै विपक्षीले आलोचना गरेका हुन । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने बुधबार निर्णय गरेसंगै विपक्षीको यस्तो टिप्पणी आएको हो । ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दि

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,295 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • सवारी दुर्घटना गरि फरार मोटरसाइकल चालक पक्राउ

    धरान। पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका धरान १५ का मिङ्मा शेर्पालाइ प्रहरीले पक्राउ गरेको छ ।   गत वैशाख २० गते धरान उपमहानगरपालिका वडा नं। ८ स्थित कोशी राजमार्ग सडक खण्डमा पैदलयात्री सहल मान राईलाई ठक्कर दिई फरार भएका थिए । मोटरसाइकल तथा चालक खोजतलास गर्ने क्रमममा जेठ १८ उनलाइ प्रहरीले पक्राउ गरेको हो ।   शेर्पा लाई पक्राउ गरी निजले दुर्घटना गराउँदा चलाएको मे ७ प ५९९१ नम्बर को १५० सिसि को पल्सर मोटरसाइकल थान(१ समेत नियन्त्रणमा लिएको छ । शेर्पालाई आजै सुनसरी जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा म्याद थप गरी ईलाका प्रहरी कार्यालय धरान सुनसरीबाट थप अ

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जबरजस्ती करणीको आरोपमा धरानबाट एकजना पक्राउ

    धरान।  जबर्जस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यलय धरानले एक जनालाइ पक्राउ गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ११ आँपगाछी चौक बस्ने एक ५६ वर्षिय सुस्त मनस्थितिकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वर्ष ५२ को बले भन्ने बल बहादुर थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । थापालाइ सुनसरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी आवस्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 987 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आर्थिक कार्यविधि ऐन संशोधन गरेर पूर्व बजेट छलफल

    विराटनगर । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको छ । प्रदेश १ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेश गरेको र ऐन संशोधन गरी १५ दिन अगावै पूर्व बजेट छलफल गराउने पर्नेमा अब अध्यादेशमार्फत त्यो अवधि घटाएर पाँच दिन बनाईने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिएका छन । उनले भने,“रेगुलर बैठकलाई लामो गर्न नसक्ने भएकोले । पाँच दिन अगावै छलफल सक्ने गरी अध्यादेश मार्फत गर्ने निर्णय भएको छ ।&rdquo

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 568 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ३ जना पक्राउ

    धरान । सुनसरीको हरिनगर गाउँपालिकाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगरको वडा नम्बर ५ स्थित बसन्तपुरबाट ट्रामाडोल ५० एमजिको ३ सय ४८ पत्तामा ३ हजार ४ सय ८० पिस क्याप्सुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । सुनसरीको घुस्कीबाट संखुवासभाको चैनपुरका लागि कामदार लिएर जादै गरेको प्र १–०२–००२ च ४७२७ नम्बरको बोलेरो गाडिमा चेकजाँच गर्दा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका बस्ने परिक्षण कुवँर, सवारी चालक विजय अधिकारी र हरिनगर ६ बस्ने नसिम अन्सारी रहेका छन् । उनीहरुलाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्थापनको कार्यालय विराट

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 655 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरीद्वारा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै कोसी अस्पतालमा विरोध प्रदर्शन

    विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,519 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन अवधिमा इटहरीमा २५ अपराध

    इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज ३५ दिन पुरा भएको छ । यस अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको छ । बैशाख १७ गते यता प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ती करणी ४ वटा दर्ता भएका छन् । घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ । त्यसैगरी अभद्र ब्यवहार सम्बन्धी ३ वटा घट

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 718 पटक पढिएको
    • "तेजबहादुर बन"
  • संवादहीनता अन्त्य गर्दै विपक्षीसंग मुख्यमन्त्री राईले गरे छलफल

    विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेशन शुरु भएयता शुरु भएको सरकार र प्रमुख विपक्षी दलबीचको संवादहिनता अन्त्य भएको छ । सरकारविरुद्ध परेको अविश्वास प्रस्ताव छल्न सरकार पक्षीय सांसदले संसद अवरोध गर्नेदेखि विपक्षीको प्रस्तावलाई सभामुखले बैठकमा पेस गर्न भएको आलटालबीच विवाद शुरु भएको थियो । तर, मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रम सदनमार्फत ल्याउन र पूर्व बजेट छलफल चलाउनसमेत वास्ता नगरेको, खोप पहुँचवालालाई मात्र वितरण गरेको अनि संक्रमितको उपचार तथा व्यवस्थापन गर्न सरकार चुकेको भन्दै विपक्षीले चर्को विरोध गरिरहेका थिए । तर, सरकार र विपक्षी दलको संवादहीनतालाई तोड्दै मुख्यमन्त्री शे

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 728 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • करिब डेढ अर्बको बजेट बनाउँदै धरान

    धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था रहेकाले राजस्व परामर्श समितीले बजेटको तयारी गरिसकेको छ । समितीकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एक दम न्युन रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताईन् । उनका अनुसार चालु वर्ष ५४ करोडको

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा सत्र दिनदेखि कांग्रेस संक्रमितको सहयोगमा

    वराहक्षेत्र । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् । उनीहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने, निशुल्क औषधी वितरण गर्दैछन् । राज्यको साधन, स्रोत भएको निकायहरुबाट सक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो आउन थाले पछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्रले समिती नै गठन गरेर अभियानमा सक्रिय भएका हुन् । अभियानले हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका संक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी, हौसला बढाउने

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved